English

शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन खानुहोस् यस्ता खानेकुरा



शरीरमा कुनै बाह्य रोगको संक्रमण वा भित्री अंगको खराबीसँग लड्न तन्दुरुस्त बनाउने प्रणालीलाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ । इम्युनिटी पावर एवं रोग प्रतिरोधात्मक क्षमताले शरीरमा सम्भावित रोगको संक्रमणबाट रक्षा गर्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने विभिन्न खालका रोगले सजिलैसँग असर गर्छ । त्यसैले यसलाई कम्जोर हुन नदिनका लागि खानपान र जीवनशैलीमा धेरै ध्यान पुर्याउनुपर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बलियो नहुइन्जेलसम्म हाम्रो शरीरको विकास राम्रोसँग हुन पाउँदैन । कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा कुनैपनि रोगले छिटो आक्रमण गर्छ । त्यसैले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन प्राकृतिक आहार र दैनिक ध्यान तथा योगाभ्यास गर्नु पर्छ । साथै, शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खानुपर्ने वनस्पति र खानाका बारेमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायको सुझाव यस्तो छ :

बेसार

तरकारीमा बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ । बेसारमा शरीरको किटाणु मार्ने शक्ति हुन्छ । बेसारले हड्डीको कमजोरी, ब्लड प्रेसरजस्ता विभिन्न रोगबाट बचाउँछ । नियमित खानामा बेसार प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

लसुन

लसुन संसारभर नै प्रचलित छ । लसुनमा जिंक तत्व हुन्छ । पहिलेका मानिसले लसुनलाई संक्रमणबाट बच्ने औषधिका रूपमा लिन्थे । यसकारण दैनिक भोजनमा लसुन समावेश गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

चोकरसहित अन्न

गहुँ, कोदो, मकै जस्ता अन्नहरुको सेवन चोकरसहित गर्नु राम्रो हुन्छ । यसबाट कब्जियत हुँदैन र प्रतिरोधि क्षमता चुस्त–दुरुस्त रहन्छ ।

तुलसी

तुलसीमा विभिन्न किसिमको औषधिय गुण पनि छ । यसमा पर्याप्त मात्रामा एन्टीबायोटिक गुण रहेको हुन्छ । जसले दुखाई कम गर्न, शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउन सहायता प्रदान गर्छ । तुलसीका यी गुण प्राप्त गर्नका लागि प्रत्येक तीनदेखि पाँच वटा पत्ता तुलसीको सेवन गर्नुपर्छ । यसलाई पानीमा हालेर तथा चियाको रुपमा पनि सेवन गर्न सकिन्छ भने काँचै पनि खान सकिन्छ ।

अमला

यसमा विभिन्न किसिमका भिटामिन र मिनरल पाइन्छन् । यो भिटामिन सी को राम्रो स्रोत हो । आयुर्वेद चिकित्सामा यसलाई उत्तम रसायन मानिन्छ । यसको दैनिक सेवनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

हर्रो र बर्रो

आयुर्वेदिक औषधीय पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको हर्रो र वर्रो पनि महत्वपुर्ण जडबुटी हो । हर्रो र बर्रोमा धेरै औषधिय गुण हुन्छन् । एक स्वस्थ व्यक्तिले हर्रो, वर्रो र अमलाको धुलो दैनिक एक चम्चा सेवन गर्दा फाइदाजनक हुन्छ । यसको दैनिक प्रयोगले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।