English

टेकुको ऋषेश्वर महादेव मन्दिर पञ्चमीमा खुला रहने



काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन खुला गरिने भएको छ । सप्तऋषिको पूजा आराधना गर्न आउने भक्तजनको आग्रहअनुसार मन्दिर खुला गर्न लागिएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला गरिने उक्त मन्दिर विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीका कारण गत वर्ष बन्द गरिएको थियो । दर्शनका लागि स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरेर भीड कम हुने गरी व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिका–१२ का वडाध्यक्ष विकास डङ्गोलले जानकारी दिए ।

हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीका दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने गर्छन् । सप्तऋषिमा कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्र पर्छन् । दर्शनार्थीको सहजताका लागि भीड व्यवस्थापन तथा भक्तजनलाई स्वास्थ्य समस्या परेमा सहयोग गर्न नगरपालिकाका कर्मचारी खटाइनाका साथै एम्बुलेन्स व्यवस्थापन गरिने छ ।

भीड हुन नदिनका लागि कुनै पनि सङ्घसंस्थाको प्रतिनिधिलाई स्वयंसेवक राखिने छैन । मन्दिर तथा त्यस वरपर क्षेत्रमा सफाइ गरिएको छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested