English

यसकारण बस्नु हुँदैन गर्भवतीले व्रत, बस्नै परे के गर्ने ?



हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज सुरु भइसकेको छ । तीजको व्रतलाई महिलाले विशेष रुपमा लिन्छन् । श्रीमानको लामो आयूको कामना गर्दै पानी समेत नखाई उनीहरु व्रत बस्छन् । तर, कतिपय अवस्थामा भने व्रत बस्दा घातक पनि हुन सक्छ । जस्तै गर्भावस्था । यो अवस्थामा व्रत लिनु निकै कठिन कुरा हो । त्यसैले गर्भवती महिलाहरुले तीजको व्रत लिँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा डा.नितेश घिमिरेको सुझाव यस्तो छ :

गर्भवती महिलाहरुले व्रत बस्दा हुन सक्ने समस्याहरु

– सर्वप्रथम गर्भवतीले आफ्नो स्वस्थ्य अवस्था कस्तो छ भन्ने कुरा जान्नु अत्यन्त जरुरी हुन्छ । मधुमेह, थाइरोइड र रगतको कमी भएको महिलाहरुले त व्रत बस्नु नै हुँदैन ।

– गर्भवस्थामा व्रत बस्दा जलविनियोजन भई नाक, मुख आँखा सुक्छ ।

– बिहानदेखि बेलुकासम्म केही नखाई बस्दा एसिडिटि हुन्छ ।

– गर्भाअवस्थामा साधारणतया बमिट हुने, टाउको दुख्ने, रिँगटा लाग्ने भईरहेको हुन्छ । दिनभरी भोकै बस्दा यी समस्याहरु अझै बढेर जान्छन् ।

– गर्भाअवस्थामा सुगरको समस्या भएको ले व्रत बस्दा सुगरको लेबल झन् घटेर जान्छ । जसले गर्दा ज्वरो आउने रिंगटा लाग्ने जस्ता समस्या पनि हुन्छन् ।

गर्भमा रहेको बच्चामा हुन सक्ने समस्या

– व्रतको दिन दिउँसभरि पानी नपिउँदा पेटको बच्चाले मोस्चर प्राप्त गर्दैन । जस्ले गर्दा बच्चाको वृद्धि विकास राम्ररी हुन पाउँदैन ।

– समयभन्दा अघि नै बच्चाको डेलिभरी हुने समस्या हुनसक्छ ।

– आमाको पेटमा हुँदा उसको अंगहरुको विकास राम्ररी हुन पाउँदैन ।

– पछि गएर बच्चामा पनि मधुमेह, प्रेसर र मुुटुका समस्याहरु पनि हुन सक्छन् ।

बस्नै परे के गर्ने ?

– स्वस्थ्य अवस्था सामान्य छ भने डाक्टरको सल्लाह अनुसार व्रत बस्ने ।

– व्रत बस्ने भन्दा अघिल्लो दिन धेरै खाना खाने र भोलिपल्ट दिनभरी भोकै बस्ने नगर्ने ।

– अघिल्लो दिन नै व्रत बस्ने दिनको तयारी गर्ने ।

– निराहार व्रत बस्नु भन्दा पानी र फलफुलको सेवन गर्ने ।

– व्रत बसेको महिलाहरुले धेरै गाह्रो काम नगर्ने ।

– जलविनियोजन हुन दिनु हुँदैन, पानीको कमी हुने बित्तिकै पानी पिइ हाल्ने ।

– बच्चाको चाल याद गर्ने । यदि बच्चा चलेन भने व्रत त्यागेर खाना र पानी खाइ हाल्नुपर्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested