English

तीजमा चिटिक्क बन्न चाहनुहुन्छ ? यसरी छान्नुहोस् पहिरन



भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज महिला दिदीबहिनीले धुमधामका साथ मनाउँछन् । यो दिन अरुभन्दा अलि फरक देखिनेमा महिलाहरु केन्द्रित हुन्छन् । त्यसैले तीजको दिन चिटिक्क देखिनका लागि फेसन डिजाइनर दिलमाया मगरले दिएको सुझाव यस्तो छ ः

विवाहितका लागि

– सिफन र जर्जेटको प्लेन कपडामा बोर्डर प्रयोग भएको सारी लगाउने ।
– सारीको रङ रातो र कलेजी भएमा एकदम राम्रो हुन्छ । किनकी अहिले कलेजी रङको सरी ट्रेन्ड चलिरहेको छ ।
– आधा बाहुला भएको हेभी ब्लाउज प्रयोग गर्दा प्लेन सारीमा राम्रो देखिन्छ ।
– गहनाहरू धेरै नलगाएको राम्रो हुन्छ । रातो मोटो पोतेकोे तिलहरी लगाउने । त्यसमा छड्के तिलहरी पनि लगाउन सकिन्छ । र, कानमा टप लगाउने ।
– मेटल र काँचमा भेलवेटकोे चुरा ट्रेन्डमा छ, त्यो प्रयोग गर्न सकिन्छ । काँचको चुरामा बाला प्रयोग गर्ने ।
– सकेसम्म बिचबाट सिउँदो निकालेर कपालको जुरो बनाउने ।
– अहिले पोतेको धागो ट्रेन्डमा छ, त्यो प्रयोग गर्न सकिन्छ ।
– प्लेन टिका रातो र कलेजी रङ्गको प्रयोग गर्न सकिन्छ ।
– हल्का मेकअप गर्ने ।
– सारी लगाउँदा आँचलको प्लेट बनाउने भए कम्मरमा बेल्ट लगाउने । त्यो भेलवेट वा सारीकै सेटबाट पनि बनाउन सकिन्छ ।
– आँचल छोड्ने भए बेल्ट नलगाउने ।
– पाउजु लगाउने ।
– भेलवेटकै फ्ल्याट चप्पल प्रयोग गर्ने ।
– भेलवेटको थैली (पोट्ली) प्रयोग गर्ने । यो सुरक्षित र बोक्न सजिलो हुन्छ ।

अविवाहितका लागि

– जर्जेटको कुर्र्ता र सुरुवाल ट्रेन्डमा छ, यो पहिरन लगाउन सक्नुहुन्छ ।
– कुर्ता, सुरुवालमा प्लेन सलमा बोर्डर राखेर प्रयोग गर्ने ।
– पुरै बाहुला कुर्ता राम्रो देखिन्छ ।
– चुरा प्रयोग नगर्ने ।
– कपाल खोलेको राम्रो देखिन्छ ।
– सिम्पल मेटलको टप र झुम्का प्रयोग गर्ने ।
– टिका मन पराउने भए स्टोनको टिका लगाउने ।
– रातो रङको लिपस्टिक लगाउने
– लिपस्टिकसँग म्याच हुने नङपालिस लगाउने ।
– हिल प्रयोग गर्ने ।
– पोटली झोला प्रयोग गर्ने । यो प्रयोग गर्दा सुरक्षित र सजिलो हुन्छ ।



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन