English

बाढीपीडित सुकुम्बासीको गुनासो – नेताले कठपुतली मात्रै बनाए (भिडियोसहित)



बाग्मती नदीको तल्लो तटिय क्षेत्र बल्खु आसपासका सुकुम्बासी बस्तीमा सोमबार उर्लिएको बाग्मती पस्यो । त्यहाँका नागरिकको निद्रामै भागाभाग भयो । जब आकाश अध्यारो हुँदै मडारिन थाल्छ तब खोला किनारका सुकुम्बासीलाई निद्रा पर्दैन । कुनबेला खोला उर्लिने हो र थातथलो छोडेर भाग्नुपर्ने हो भन्दै उनीहरु अनिदो रहन्छन् ।

तर, गएराति अनपेक्षित रुपमा बाढी आएको स्थानीय तथा बाढीपीडित एक महिला बताउँछिन् । ‘अरुबेला त पानी पर्न थालेपछि निद्रा लाग्दैन थियो तर, आज यति ठूलो बाढी आउला भन्ने सोचेकी थिइनँ,’ उनी भन्छिन्, ‘बिहान झिसमिसेमै टोलमा हाहाकार मच्चियो, यसो हेर्दा मेरो घरमै बाग्मती छिरिसकेको रहेछ अनि केही नसोची परिवारसहित भागेँ ।’ बाढीले घरभित्रका खाने सामानदेखि ओछ्यानसम्म काम नलाग्ने बनाएको छ । ‘भोक लागेको खान केही पाएको छैन,’ विगत ४ वर्षयता यहाँ बसोबास गर्दै आएकी उनले भनिन्, ‘आजको रात कहाँ जाने हो टुंगो छैन ।’

सुकुम्बासी बस्तीमा विभिन्न राजनीतिक दलका नेताहरुले कब्जा जमाएका छन् । तर, विपद्का बेलामा कसैले वास्ता नगरेको खत्रीको गुनासो छ । ‘हामीलाई निर्वाचन होस् या पार्टीको कार्यक्रममा ठूलो जनमानस देखाउन प्रयोग गरे विभिन्न आश्वासन देखाए,’ उनी भन्छन्, ‘तर, हाम्रो मर्का कसैले बुझेनन् नेताले सुकुम्बासीलाई कठपुतलीमात्रै बनाए ।’

विगत १५ वर्षयता उक्त बस्तीमा बस्दै आएका टेकबहादुर खत्री यसअघि बाग्मतीले यतिबिघ्न दुःख नदिएको बताउँछन् । ‘म यो थलोमा बसेको १५ वर्ष बित्यो तर, हाम्रो बस्तीमा बाग्मती पसेको थिएन,’ उनले भने, ‘खोला किनारमै बसेकाले बाढी आउँछ कि भन्ने ड त लाग्थ्यो यद्यपि यति ठूलो बाढी आउला भन्ने सोचेका थिएनौं ।’

सुकुम्बासी बस्तीमा विभिन्न राजनीतिक दलका नेताहरुले कब्जा जमाएका छन् । तर, विपद्का बेलामा कसैले वास्ता नगरेको खत्रीको गुनासो छ । ‘हामीलाई निर्वाचन होस् या पार्टीको कार्यक्रममा ठूलो जनमानस देखाउन प्रयोग गरे विभिन्न आश्वासन देखाए,’ उनी भन्छन्, ‘तर, हाम्रो मर्का कसैले बुझेनन् नेताले सुकुम्बासीलाई कठपुतलीमात्रै बनाए ।’

बस्तीभन्दा पारी अर्थात सानेपातर्फ ठूलो पर्खाल लगाएकाले त्यतातर्फको बस्तीमा बाग्मती प्रवेश गर्न पाएन । सरकारले बस्तीतर्फ पनि त्यस्तै पर्खाल लगाइदिएको भए अहिले यो अवस्था नआउने खत्री बताउँछन् ।

यसै बस्तीकी रुनमाया लिम्बुले बंगुर पालन गर्दै आएकी थिइन् । सोमबारको बाढीका कारण उनको २ वटा बंगुर खोलाले बगायो भने २ वटा बंगुरका बच्चा पानीमा डुबेर मरे । साथै, ट्याक्सी समेत पानीमा डुबेका कारण नचल्ने अवस्थामा पुगेको उनी सुनाउँछिन् । ‘हामी सुकम्बासीमाथि नै बाढीले वितण्डा मच्चायो,’ उनले भनिन्, ‘मेरो एकैरातमा करिव १० लाखजति नोक्सान भयो ।’

यो बस्ती त प्रतिनिधि मात्र हो । गएरातीको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा पछिल्लो २४ घन्टामा १२१ दशमलव ५ मिमी वर्षा भएको छ ।

विगत ६ वर्षदेखि यही बस्तीमा बसोबास गर्दै आएका जितबहादुर बस्नेतको बल्खु पुल नजिकै साइकल पसल थियो । रातभर पानी परेकाले नदीमा बाढी आयो कि भनेर बिहान ४ बजे उठेर हेरे । खोला सामान्य देखे । अब बाढी आउँदैन होला भन्ने सोचेर फेरि सुते । भुसुक्कै निदाएछन् । केहीबेरमा त बाढी घरभित्रै छिरिसकेछ ।

त्यसपछि उनले टोलका सबैलाई बाढी पसेको जानकारी गराए । त्यसपछि सबै भाग्न सफल भएको उनले सुनाए । तर, त्यतिबेलासम्म उनको पसल अघि राखिएका १० वटा साइकल खोलाले बगाइसकेको थियो । साइकलबाटै गुजारा चलाउँदै आएका उनी अब बाँकी रहेको सामान बोकेर अर्कै ठाउँ सर्ने तयारीमा छन् ।

यो बस्ती त प्रतिनिधि मात्र हो । गएरातीको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा पछिल्लो २४ घन्टामा १२१ दशमलव ५ मिमी वर्षा भएको छ ।

विभागको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा यो अहिलेसम्मकै तेस्रो ठूलो वर्षा हो । यसअघि सन् २००२ जुलाई २३ मा १७७ मिमी वर्षा भएको थियो भने सन् १९८७ मा १२४ मिमी वर्षा भएको विभागकी मौसमविद् इन्दिरा कँडेल बताउँछिन् । उपत्यकाका नदी र खोला क्षेत्र मिचेर साँघुरा पारिएको र वर्षाको पानी सोस्ने जमिन कम भएका खोला किनारका बस्ती वर्षेनी डुबानमो खतरामा रहेको उनले बताइन् ।

भिडियो हेर्नुहोस्:

काठमाडौं उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २३२ जनाको नागरिकको उद्धार गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले मेरोलाइफस्टाइललाई जानकारी दिए । ‘काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, नरेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुल लगायतका क्षेत्र डुबानमा परेको छ,’ उनले भने ।

काठमाडौँ उपत्यकामा मुख्यगरी बाग्मती नदी र यसका सहायक तथा उपसहायक नदी विष्णुमती, मनोहरा, नख्खु, बल्खु, धोविखोला, टुकुचा, हनुमन्ते, महादेव खोला, गोदावरी बग्ने गर्छन् । निरन्तर वर्षाका कारण यी सहायक खोलाको बहाब बढेको थियो ।

अविरल वर्षाले बाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र समेत डुबानमा परेका छन् । रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परे । काठमाडौँ उपत्यकामा मुख्यगरी बाग्मती नदी र यसका सहायक तथा उपसहायक नदी विष्णुमती, मनोहरा, नख्खु, बल्खु, धोविखोला, टुकुचा, हनुमन्ते, महादेव खोला, गोदावरी बग्ने गर्छन् । निरन्तर वर्षाका कारण यी सहायक खोलाको बहाब बढेको थियो ।

उत्तर पश्चिमी बङ्गालको खाडीमा न्युनचापिय प्रणालीका कारण नेपालमा अझै २ दिन मनसुनी गतिविधि बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यसैले नदी तटिय क्षेत्रमा बासिन्दालाई सुरक्षित र संयमित रहन महाशाखाले अनुरोध गरेको छ ।


यो पनि पढ्नुहोस्:
उपत्यकाका विभिन्न स्थान डुबानमा
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)

मेलम्चीमा बाढीको बितण्डा : दर्जन बढी घर बगायो, ६ जना बेपत्ता
बेग घट्यो, घटेन मेलम्चीबासीको पीडा (फोटो फिचर)



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन