English

किन बग्छ नाकबाट रगत ? कसरी बच्ने ?



कहिलेकहीँ एक्कासी नाकबाट रगत बग्ने समस्या धेरैलाई हुन सक्छ । यस्तो अवस्थामा सामान्यतः नाथ्री फुटेको भनेर सोच्न पुग्छौँ । शरीर खरो भएर नाथ्री फुटेको अनुमान लगाउँछौ । माथि हेरेर हातले नाक केही बेर छोपेपछि रगत आउन छोड्छ । तर, कसैकसैलाई समस्या भई नै रहन्छ । आखिर किन आउँछ नाकबाट रगत ? यसका पछाडि के–के कारण होलान् ? यस्ता समस्याबाट बच्न के गर्ने ? भन्ने बारे नाक कान घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेलको सुझाव यस्तो छ :

करिव ७० प्रतिशतमा नाकमा कुनै बाधा नपुगेको अवस्थामा पनि एक्कासी नाकबाट रगत बग्छ । त्यसैले शरीरको अन्य स्वास्थ्य अवस्थातर्फ समेत संकेत गरिरहेको हुन्छ । जसकारण हामीले यसलाई बेवास्ता गर्ने गल्ती गर्नुहुँदैन ।

कारण
– सवारी दुर्घटना, नाक ठोक्किदा, बाह्य वस्तुले ठेस लाग्दा वा नाक कोट्याउनेजस्ता बानीले नाकको नशामा असर पुगेमा नाकबाट रगत बग्छ ।
– गर्मी समयमा तातोपनाका कारण नाकमा रहेका रक्तनलीहरू फुल्छन् । कतिपय साना नलीहरू आफै फुट्छन् र त्यहाँबाट रगत आउँछ ।
– ब्याक्टेरियल, भाइरस, रुघाखोकी, पिनास, एलर्जी, ट्युमर, धेरै हाछ्यँु आएमा र मतिष्कको अगाडिको भागमा ट्युमर भएमा ।
– अन्य कुनै किरा नाकभित्र प्रवेश गरेमा वा केटाकेटीले नाकभित्र केही बाह्य वस्तुहरु पसाएमा ।
– शरीरमा रगत जम्ने तत्व (भिटामिन ए, सी, के र रक्तकोष) को अभाव हुनु
– रगत बन्ने प्रकृयामा अवरुद्धता रक्तअल्पता भएमा
– ब्लड क्यान्सर मुटुरोग मिर्गाैलासम्बन्धि रोग कलेजोको खराबी भएमा
– वातावरणीय सुख्खापन रुघाखोकीको कारणले नाक सिँ–सिँ गरिरहेको खण्डमा पनि नाकबाट रगत बग्ने हुन्छ ।

रोक्ने उपाय
– नाकबाट रगत आएमा बुढीऔँला र अर्को औँलाले बेस्सरी नाकलाई च्यापेर १० मिनेटसम्म अगाडिपट्टि निहुरिनुपर्छ । योबेला मुखबाट श्वास फेर्नुपर्छ ।
– १० मिनेटसम्म थिच्दा पनि रगत आउन नछोडे तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर जँचाउनुपर्छ । प्राथमिक उपचारले रगत नरोकिए कारण गम्भीर हुनसक्छ ।
– विभिन्न रोगको असरका कारण रगत आएको हो भने दीर्घकालीन रोकथामका लागि मूल रोगकै उपचार गर्नुपर्छ ।
– एकपटक नाकबाट रगत आइसकेको छ भने त्यस्ता व्यक्तिले घामबाट बाहिर निस्कँदा होस पु¥याउनुपर्छ ।
– रुघाखोकीले नाकमा संक्रमण गराउने हुँदा यो अवस्थामा पनि ख्याल गर्नुपर्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।