English

सविन श्रेष्ठ भन्छन् – ‘अमेरिका घुम्न जान मन छ’



अभिनेता सविन श्रेष्ठको घुमघाममा निकै रुचि छ । फुर्सद हुने बित्तिकै उनले देश तथा विदेशका घुमघाम योजना बनाइ हाल्छन् । त्यसो त उनले अहिलेसम्म ८ देखि १० वटा देश घुमिसकेका छन् । कोरोना अगावै सातामा एक दिन घुम्ने गरेका उनी अहिले महिनामा एकपटक साथीसँग घुम्ने गरेका छन् । तिनै घुमन्ते अभिनेतासँग मेरोलाइफस्टाइलले गरेको घुमघाम वार्ता :

अहिलेसम्म कति ठाउँ घुम्नु भयो ?

नेपालका अधिकांश ठाउँ पुगेको छु । नेपाल बाहिर ८ देखि १० वटा देश घुमिसकेँ ।

तपाईंको घुमघाम गन्तव्य कहाँ–कहाँ हुन् ?

देश बाहिर धेरै घुम्ने भनेको बैंकक र दुबई हो । देशभित्र पोखरा र धुलिखेल गई रहन्छु ।

घुमघामका लागि कसरी समय मिलाउनु हुन्छ ?

घुमघामका लागि मेरो साथीहरूको समुह छ । कोरोना अगावै साताको हरेक शनिबार उपत्यकाका र उपत्यका बाहिर घुम्न जान्थें । तर, अहिले महिनामा एक दिन घुम्न जान्छु ।

अहिलेसम्मको अविस्मरणीय घुमघाम कहाँको हो ?

सन् २०१६ सालतिर हो जस्तो लाग्छ । बैंककमा नाइट लाइफमा रमाइरहेका थियौँ । रङ्गीविरङ्गी लाइटहरू अचानक बन्द भयो, किन रहेछ ? बुझ्दै जाँदा त्यहाँको राजाको निधन भएकोरहेछ । त्यो मेरो लागि अविस्मरणीय घुमघाम हो ।

घुमघामको योजना कसरी बनाउनु हुन्छ ?

साथीहरूसँग उपत्यकामा नै घुम्न परेमा कुनै योजना हुँदैन । तर, बाहिर देशको लागि कति जना जाने, कहिले जाने र कुन–कुन ठाउँ घुम्ने महिना दिन अगाडि नै योजना बनाउँछु ।

घुमघाम गर्दा के–के बोक्नुहुन्छ ?

पहिला एक–दुई जोडी कपडा मात्र बोक्थ्ये । तर अहिले युट्युबमा ब्लकिङ गर्न थालेपछि क्यामेरा, पावरबैंक, गोप्रो, मोबाइल र चार्जर अनिवार्य बोक्छु ।

अरुलाई घुम्न जानका लागि कुन–कुन ठाउँ सिफारिस गर्नुहुन्छ ?

मलाई मनपर्ने घुम्ने ठाउँ दुबई, बैंकक र अस्ट्रेलिया हो यी ठाउँहरू नै सिफारिस गर्छु ।

घुमघामलाई कसरी रमाइलो बनाउन सकिन्छ ?

साथीहरूसँग घुम्न जाँदा यतिकै पनि रमाइलो हुन्छ । नयाँ–नयाँ ठाउँमा घुम्न रुचाउँछु । स्थानीय खाना खान र भाषा बोल्न रमाइलो लाग्छ । त्यसरी नै घुम्ने माहोल रमाइलो बनाउने गर्छु ।

घुम्न मन लागेको तर जान नसकेको ठाउँ कुन हो ?

अमेरिका जान एकदमै मन छ तर, पाएको छैन ।

नेपालमा घुमघामलाई प्रवर्द्धन गर्न के–के गर्नुपर्ला ?

नेपाललाई केही गर्न पर्दैन । यहाँ घुम्न लायक ठाउँहरू छ भनेर सबैलाई थाहा भएकै कुरा हो । सगरमाथादेखि लिएर सुन्दर वनजंगल यहीँ छ । बाहिरको पर्यटक आउनु भएमा उहाँहरूसँग मिठो बोल्ने र सव्य व्यवहार हामीले गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्
कैलाश मानसरोवर पुग्ने इच्छा छ
मन मिल्ने साथीसँग घुम्दा रमाइलो हुन्छ
रुकुम, रोल्पा घुम्ने रहर छ : वर्षा राउत
गाउँले वातावरणमा छोराछोरीसँग घुम्न मन छ तर, जुरेको छैन –सञ्चिता लुइटेल



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested