English

तीन जनालाई मात्रै थाहा थियो कर्णको रहस्य !



महाभारतमा कुन्ती पुत्र कर्णलाई अधिरथ र राधाले पालनपोषण गरेका थिए । गङ्गा नदीमा बगिरहेका बालकलाई उनीहरूले आफ्नो घर लगेका थिए । अधिरथकी श्रीमतीको नाम राधा थियो । उनले कर्णलाई आफ्नै पुत्रवत व्यवहार गरेर पालनपोषण गरेकी थिइन् ।

कर्णको कान निकै सुन्दर थियो, त्यसैले उनको नाम कर्ण राखिएको थियो । अधि रथ निःसन्तान थिए । अधिरथ र राधा एक सूत थिए । त्यसैले कर्णलाई पछि सूत पुत्र र राधे पुत्रका नामले बोलाउन थालियो ।

कर्णलाई आफ्नो वास्तविक आमा को हुन् भन्ने थाहा थिएन । तर उनले आफ्नो पिता भने सूर्यदेव रहेको थाहा पाइसकेका थिए ।

भीष्मलाई कर्ण, पाण्डवकै भाइ भएको थाहा थियो तर उनले कहिल्यै कर्णलाई यो सत्य पनि सुनाएनन् । यो कुरा भीष्मले मात्रै होइन, भगवान् श्रीकृष्णले पनि कर्णलाई भनेका थिएनन् । माता कुन्तीले पनि यो कुरा कर्णलाई भनेकी थिइनन् ।

जब कौरव र पाण्डवबिचमा युद्ध हुने निश्चित भयो तब, कुन्तीले यो कुरा कर्णलाई भनेकी थिइन्, साथै कृष्णले पनि पाण्डवका लागि पाँच गाउँ माग्न जाँदा कर्णलाई कुन्ती पुत्र भनेका थिए । कर्णले आफ्नी आमाको वचनले गर्दा अर्जुन बाहेक अन्य भाईहरुविरुद्ध शस्त्र नउठाउने प्रण गरेका थिए । जब कर्णको मृत्युपछि सबैले कर्ण कुन्ती पुत्र भएको थाहा पाए तब दुर्योधनसहित सबै जना अचम्मित बनेका थिए ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०