English

सामान्य खाले स्वास्थ्य समस्यालाई निको पार्ने घरेलु विधि



धेरै मानिसहरु साना–साना रोगबाट आजित हुन्छन् । केहि व्यक्तिमा सामान्य रुघाखोकी, ज्वरो र सामान्य चोटपटक लाग्दा पनि आत्तिएर औषधि सेवन गरी हाल्ने बानी हुन्छ । भने, केहीले हेल्चेक्राईँ गरेर समस्यालाई अझै बढाएको पनि देखिन्छ । सामान्य बिरामीले पनि मानिसलाई प्रशस्तै दुःख दिइरहेको हुन्छ । यस्ता सामान्य स्वास्थ्य समस्याबाट जोगिनका लागि घरेल औषधिको प्रयोग गर्न सकिन्छ । घरेलु औषधि हामीले प्रयोग गरे पनि कसरी प्रयोग गर्ने तरिका जानेको हुँदैनौं । त्यसो त स्वासथ्यमा सामान्य समस्या देखिँदा के गर्ने भन्ने बारे वरिष्ठ आयुर्वेद विज्ञ डा.श्यामबाबु यादवको सुझाव यस्तो छ :

रुघाखोकी

सामान्य रुघाखोकी लागेको बेलामा तुलसी, बेसार, अदुवा, मरिच मिसायर पकाउने र अन्तिममा मह मिसायर यसको सेवन गर्दा रुघाखोकी कम हुन्छ । तुलसी र अदुवाको रस निकालेर त्यसको सेवन पनि लाभदायक हुन्छ ।

हातखुट्टा पोलेमा

अलि–अलि पोलेको बेलामा, घामले छाला डढेको बेलामा घिउकुमारीको लेदो लगाउनाले पोलेको ठाउँमा फोका उठ्दैन र घामले डढेपछि पोलेको दुखाई पनि कम हुन्छ । घिउकुमारीको गुदी सुख्खा छालामा दल्दा छाला नरम हुन्छ ।

घाँटी दुख्दा

घाँटी दुखेको बेलामा तुलसीको पातलाई उमालेर त्यसमा मह हालेर खानाले पनि धेरै फाइदा गर्छ ।

ज्वरो

सामान्य ज्वरो आएको बेला ज्वानो पानी र जीरा पानीको सेवन गर्न सकिन्छ । यसले शरीरबाट तापक्रमलाई बाहिर निकाल्ने काम गर्छ ।

चोटपटक

सामान्य चोटपटकमा बेसारको प्रयोग एकदमै लाभदायक हुन्छ । चोटपटक लागेको ठाउँमा बेसारको लेप बनाएर लगाउने र बेसार पानी पकाएर खाने गर्नाले घाउ बिस्तारै भरिदै जान्छ ।

पेट दुख्दा

ग्यास्ट्रिकको कारणले हुने पेट दुखाईमा ज्वानोको धुलोको सेवन लाभदायक हुन्छ । ज्वानो पानी पकाएर पनि सेवन गर्न सकिन्छ । सामान्य पेट दुखाईमा एलोभेरा जुसको सेवन गर्दा पनि हुन्छ ।

जोर्नी दुखाई

जोर्नीको दुखाईमा लसुनको प्रयोग गर्न सकिन्छ । तेलमा लसुन पकाएर त्यस तेलले जोर्नी दुखेको ठाउँमा मालिस गर्दा दुखाई कम हुन्छ । खानामा लसुनको प्रयोग गरेर वा लसुन चपाएर पनि खान सकिन्छ ।

यो पनि पढ्नुहोस् :
के हो ब्यालेन्स डाइट ? के–के समाबेस गर्ने ?
सामान्य दुखाईमा पनि पेनकिलर खानु हानिकारक ! यस्ता हुन्छन् साइड इफेक्ट
युरिक एसिडको बिरामीले के खाने, के नखाने ?
बालबालिका किन रिसाउँछन् ? कसरी गर्ने नियन्त्रण ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।