English

कोरोना अपडेट: नेपालमा एकैदिन १,७५६ मा संक्रमण, २,२७४ जना निको



नेपालमा थप १ हजार ७ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३ सय ३४ वटा नमूना परीक्षण गरिएको मध्ये सो संख्यामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ५१ हजार ९ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार २ सय ७४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुनेको संख्या ७ लाख २३ हजार ४ सय ५६ पुगेको छ । यो कुल संक्रमितको ९९.३ प्रतिशत हो ।

नेपालमा हाल ३३ हजार ६ जना सक्रिय संक्रमित छन् । जसमध्ये ३० हजार ६ सय ६२ जना होम आइसोलेसन, २ हजार ३ सय ४४ जना संस्थागत आइसोलेसन र २ सय ७४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । साथै, ५ सय ४० जनाको सघन उपचार कक्षा (आईसियू) र १ सय ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो समय थप २३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा १० हजार ८ सय ९ जना संक्रमितले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने दर १ दशमलव ५ प्रतिशत छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested