English

नेपालमा कोभिड र हैजा विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ हुने



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्स कोभिड–२ र हैजा रोग विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ लाई सुरुवात गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ती रोगका क्रमशः ‘एमआरएनए’ र ‘कोलेरा’ खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गर्न लागेको हो ।

यही भदौ १० गते मन्त्रिपरिषद्को बैठकले ती रोगविरुद्धको खोपका लागि ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय गरेको थियो । परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले दुवै खोपको परीक्षण दुई हप्ताभित्र सुरु गरिने जानकारी दिए । उनले कोभ–२ विरुद्धको ‘एमआरएनए’ परिषद्ले धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा र हैजाको ‘कोलेरा’ को परीक्षण बीपीसहित, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा गर्ने बताए ।

खोप उत्पादक कम्पनीले खोप ‘एमआरएनए’ पहिलो र दोस्रो चरणको सफल परीक्षणपछि नेपालमा तेस्रो चरणको परीक्षण गर्न थालिएको हो । चीनको वालभ्याक्स कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ‘एमआरएनए’ खोप नेपालमा परीक्षण गर्न थालिएको उनले बताए । उक्त कम्पनीले २८ हजार जनामा परीक्षण गर्ने र नेपालमा तीन हजार जनामा परीक्षण गर्ने ज्ञवालीले जानकारी दिए । सोहीअनुसार तेस्रो क्लिनिकल ट्रायल बीपी प्रतिष्ठान धरान हुनेछ ।

खोपको परीक्षण गर्नु अगाडि प्रयोगशाला र जनावरमा गरिन्छ । मानिसमा पहिलो र दोस्रो चरणको परीक्षण गर्दा थोरै जनसङ्ख्यामा गरिन्छ । ‘खोप परीक्षण गर्दा धेरैमा कति सुरक्षित छ भन्ने हेरिन्छ,’ कार्यकारी निर्देशक डा. ज्ञवालीले भने, ‘तेस्रो चरण परीक्षणमा धेरै सुरक्षित भए मात्र खोप लगाउन अनुमति दिइन्छ ।’ परीक्षणका क्रममा खोपको सुरक्षा, प्रभावकारिता र कुन उमेरसमूहका व्यक्तिलाई बढी प्रभावकारी हुन्छ भन्ने पनि अध्ययन गरिन्छ । उनले परीक्षण गर्दा कुनै व्यक्तिमा कुुनै समस्या परे त्यसको सम्पूर्ण जिम्मा खोप उत्पादक कम्पनीले लिने गर्ने बताए ।

‘परीक्षणका क्रममा खोप दिएकाहरुमा कुनै पनि असर देखिए उत्पादन कम्पनीले नै सम्पूर्ण जिम्मा लिने गरिन्छ,’ उनले भने, ‘कसैलाई जबर्जस्ती वा गुपचुप कसैलाई पनि खोप परीक्षण गरिँदैन ।’ परीक्षणका लागि चीनबाट खोप अझै आइसकेको छैन । परिषद्ले सुनसरी जिल्लाका स्थानीयवासीमा परीक्षण गर्ने जनाएको छ । अहिले नेपालमा प्रयोग गरिएका खोप कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनिका खोप बाहिरी मुलुकमा नै परीक्षण गरिएका हुन् । नेपालमा परीक्षण गर्दा नेपालीको वंशाणुगत गुणअनुसार कति प्रभावकारी हुन्छ भन्ने थाहा हुने परिषद्का कार्यकारी निर्देशक डा. ज्ञवालीले जानकारी दिए ।

साथै नेपालमा परीक्षण हुँदा कम्पनीले नेपाललाई सहुलियतमा प्राथमिकताका साथ खोप पनि उपलब्ध गराउने सहमति भएको छ । ‘परीक्षण भएपछि त्यो खोप सबभन्दा पहिलो हामीले पाउँछौँ,’ उनले भने, ‘हामीले खोप नदिईकन कम्पनीले अन्य देशलाई बेच्न पाउँदैन । हामी समय र उत्पादनमा लागेको खर्च मात्र दिएर खोप पाउन सक्छाँै ।’

परिषद्की अनुसन्धान अधिकृत नमिता घिमिरेले हैजाविरुद्धको खोप ‘कोलेरा’ १ देखि ४० वर्ष उमेर समूहका करिब दुई हजार पाँच सय व्यक्तिमा गरिने जानकारी दिइन् । हैजाविरुद्धको खोप कोरियन उत्पादक कम्पनीको सहयोगमा परीक्षण गरिन थालेको हो । कोलेरा खोप दुई हप्ताको बीचमा दुईपटक लगाउनुपर्ने हुन्छ ।

औषधि व्यवस्था विभागमा उक्त कम्पनीले आपत्कालीन प्रयोगका लागि ‘एमआरएन’ खोपको अनुमति अझै माग गरेको छैन । सूचना अधिकारी सन्तोष केसीले कम्पनीले परीक्षण प्रयोगका लागि अनुमति माग नगरेको बताए । ‘मन्त्रिपरिषद् र स्वास्थ्य परिषद्ले ट्रायलका लागि अनुमति प्रदान गरिसकेको छ,’ उनले भने, ‘हामीसँग कम्पनीले अझै अनुमति मागेको छैन । माग्न आएको खण्डमा हामीले तुरुन्तै अनुमति दिन्छाँै ।’ विभागले ‘एमआरएन’ खोप परीक्षणको अनुमति दिएपछि मात्र परीक्षण गरिनेछ ।

उनका अनुसार अहिलेसम्म विभागले कोभिड–१९ आपतकालिन प्रयोगका लागि भारतबाट उत्पादिक खोप कोभिसिल्ड र कोभ्याक्सिन, चीनबाट सिनोफार्मको कम्पनीको भेरोसेल र सिनोभ्याक्स, रसियन कम्पनी स्पुतनिक ‘भी’ र अमेरिकन खोप जोन्सन एन्ड जोन्सनलाई अनुमति प्रदान गरेको छ । नेपालमा अहिलेसम्म एक करोडभन्दा बढीले खोप लगाइसकेका छन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।