English

ज्योती भन्छिन्– ‘साथी भए नाइट गाउन लगाउँछु नत्र निर्बस्त्र सुत्छु’



नेपाली सांगीतिक बजारकी चर्चित गायिका हुन्– ज्योती मगर । उनका दर्जनौं गीत हिटको सुचीमा छन् । मगरको असामान्य गतिविधिले बेला–बेला चर्चामा आइरहन्छिन् । सयौं लोकदोहोरी गीतमा स्वर भरिसकेकी मगरसँग मेरोलाइफस्टाइलले गरेको गुड नाइट वार्ता यस्तो छ :

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

९ देखि १० बजे भित्र खाइसक्छु ।

के खानुहुन्छ ?

दाल, भात, तरकारी त हो नि ।

कति बजे सुत्नुहुन्छ ?

ढिलै सुत्छु । बिहानीको २ देखि ४ बजेको समयमा मीठो निद्रा पर्छ । त्यसैले १ बजे हाराहारमिा सुत्छु ।

त्यतिबेलासम्म ब्वाइफ्रेण्डसँग कुरा गरेर बस्ने त होला नि ?

अहिले त ब्वाइफ्रेण्ड नै छैन । को सँग कुरा गर्नु ! तर, हुँदा पनि बेलुका कुरा हुँदैन थियो ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

घर हुँदा नुहाउँछु । फ्रेस हुन्छु । तर, बाहिर हुँदा मौसम हेरेर नुहाउँछु ।

सिरानी कता पार्नुुहुन्छ ?

मेरो सिरानी पश्चिम छ तर, म पूर्व तिर गराएर पनि सुत्छु ।

के लगाएर सुत्नुहुन्छ ?

साथीहरु भएमा नाइट गाउन लगाउँछु । नत्र मेरो बेड र वासरुम सँगै भएकाले नाङ्गै अर्थात निर्बस्त्र सुत्छु ।

बेलुका रक्सी खानुहुन्छ कि ?

कहिलेकाँही खान्छु । त्यो बानी पनि छोड्ने कोशिस गर्दै छु । तर, निदाउनकै लागि खाँदिन ।

सुत्नुअघि अन्तिम पटक के खानुहुन्छ ?

पानी खान्छु । खानापछि केही खान मन पर्दैन तर, खाना खाएको छैन भने ड्राईफुड खान्छु ।

सुत्नु अघि नियमित गर्ने काम के हो ?

युट्युब हेर्छु ।

सपना देख्नु कि देख्नुहुन्न ?

सपना एकदमै देख्छु । गहिरो निन्द्रा छैन त्यसैले धेरै सपना देख्छु ।

निन्द्रा लागेन भने के गर्नुहुन्छ ?

युट्युबमा गीतहरु खोज्छु, सेन्टिमेन्टल गीतहरु सुन्छु । कहिलेकहीँ अति नै भएमा चुरोट खान्छु । छतमा जान्छु, तारा हेर्छु ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०