English

भरियाका भरमा नूनतेल



जैमिनी नगरपालिका– १ कुश्मीशेराका खाद्यान्न व्यवसायी अशोक आचार्यले तीन दिनयाता दिनभर कुश्मा–कैया झोलुङ्गे पुलको बाटो खाद्यान ओसारे । कैयातर्फ रहेको पिकअप भ्यान नभरिने बेलासम्म आचार्यले नूनतेल, चामल र दैनिक उपभोग्य वस्तु बोकेर पुलमा ओहोरदोहोर गरिरहे ।

आफूसँगै केही मजदुर लगाएर कुश्माबाट कैया पुर्याइएका सामान कैयादेखि भने सवारीले नै बोक्ने गरेका छन् । सडक सञ्जाल टुटेको जिल्लाको दक्षिणी बजार शेरा बजारमा भरियाको भरमा कालीगण्डकी तारेर केही दिनयता नूनतेल पुर्याइएको छ । असार १ गतेको भारी वर्षापछि बागलुङ नगरपालिका– १० को एक्लेसालमा गएको पहिरोले बागलुङ कुश्मीशेरा सडक बगायो । सोही दिन पहिरोको सिकार बनेको कालीगण्डकी करिडोर पनि राम्रोसँग मर्मत भएको छैन् ।

दक्षिण जोड्ने सबै सडक वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध भएपछि कुश्मा–कैया अग्लो झोलुङ्गे पुलमा भरिया लगाएर व्यवसायीले बजारमा खाद्यान्न पु¥याएका हुन् । आचार्य मात्रै होइन, दक्षिण क्षेत्रका बजारमा खाद्यान्न ढुवानी गर्ने सबै व्यवसायीले अग्लो पुल तारेर गाउँमा सामग्री पु¥यारहेका छन् । लामो समय सडक सुचारु नहुँदा व्यवसायी र उपभोक्ता सबैलाई मार परेको जैमिनी नगरपालिका– ९ का व्यवसायी राजु शर्मा बताउँछन् ।

करिडोरमा खसिरहने पहिरो र बागलुङ कुश्मीशेरा सडक बन्द हुँदा सदरमुकामसँग सडक सम्पर्क टुटेपनि पर्वतको मुकामसँग दक्षिणले सम्पर्क राख्ने गरेको छ । आफ्नै जिल्ला मुकाम जाने बाटो छैन, समयमा सडक मर्मत गर्न नसक्दा छिमेकी जिल्लाको घुमाउरो बाटो हुँदै मुकाम पुग्नु परेको जैमिनी चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु आचार्यले गुनासो सुनाए।

सडक नभएकै कारण यहाँका किसानले उत्पादन गर्ने दैनिक दुई हजार लिटर दूध महँगो भाडा तिरेर यान्त्रिक पुलको बाटो कुश्मा पु¥याउने गरिएको छ । पुल तारेर ल्याइएको खाद्यान्न र यान्त्रिक पुल तरेर बजार पुग्ने दूध दुवैको मूल्य महँगो पर्ने उपभोक्ताको गुनासो छ । बागलुङ कुश्मीशेरा सडकको बेसनै नरहने गरी पहिरोले बगाएकाले हिउँद लागेपछि मात्रै सडक मर्मत गर्न सकिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
यो पनि पढ्नुहोस् 
४ हजार ५ सय पर्यटक गाइड बेरोजगार : दैनिकी चलाउनै धौ–धौ



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।