एकैदिन २२९५ जनामा सङ्क्रमण, १८०८ जना निको
पछिल्लो २४ घण्टामा २ हजार २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार २ सय ३३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा १ हजार ८ सय ८ जना सङ्क्रमण मुक्त भएका छन् । आज कोरोना सङ्क्रमणबाट १६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ८ सय ७४ छ । होम आइसोलेशनमा ३३ हजार ३ सय ३३, आइसीयूमा ५ सय ६८ र भेन्टिलेटरमा १ सय ६० जना रहेका छन् ।
नेपालमा हालसम्म ७ लाख ६१ हजार १ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ७ लाख १४ हजार ५२० जना निको भइसकेका छन् । पछिल्लो ३ दिनमा पाँच लाख ९७ हजार ५९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यो पनि पढ्नुहोस् ।
एकैदिन ३४८१ मा कोरोना, १८८५ जना निको
नेपालमा कोरोनाको तेस्रो लहर आउने आशंका ! के छ सरकारको तयारी ?
असोजसम्म थप १ करोड ५ लाख खोप आउने, असोजमै कोरोनाको तेस्रो लहर फैलिन सक्ने