English

लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)



लाखे नाच नेवार समुदायको धार्मिक तथा सांस्कृतिक गौरवको पर्याय हो । यो समुदायमा नाचिने मौलिक देवी देवताका नाचहरु मध्ये लाखे रोचक मानिन्छ ।

परापूर्वकालमा मनोरञ्जनका विकल्प सिमित थिए । उतिबेला देवी देवताको आकृति कुँदिएका मुखुन्डो लगाउने र चोक–चोकमा नाच देखाउने परम्परा थियो । सुरुमा मनोरञ्जनमा सिमित यस्ता कार्यक्रम कालान्तरमा पुजा गरेर मानवबस्तीलाई भुत प्रेतको दोहबाट जोगाउने पर्व जस्ता मनोविज्ञानसँग जोडिन्छ ।

लाखे विशेषगरी काठमाडौ आसपासको नेवार बस्तीमा बढी प्रचलित छ । उपत्यका बाहेक दोलखा, धुलिखेल, पनौती, भोजपुर, काँस्की, बाग्लुङ लगायत नेवार बसोबास रहेको जिल्लामा यो नाच प्रख्यात छ । नेवार समुदाय बीच सद्भावको प्रतिक बनिरहेको यो नाच अहिले आन्तरिक तथा बाह्य पर्यटक तान्ने सांस्कृतिक उत्सव समेत बनेको छ । टाउकोमा राक्षसको प्रतिक लगाएर देवी देवताका पहिरनमा परम्परागत बाजागाजा सहित नाच्दै टोल टोलमा परिक्रमा गर्नु यो नाचको विशेषता हो ।

पछिल्लोसमय यसप्रति युवापीढिको आकर्षण घट्दा लाखे लोप हुँदै गएको पाइन्छ । तर, शनिबार काठमाण्डौंस्थित गोंगबुको दृष्य भने विपरित थियो । लाखे बनेका दुई किशोर थिए– प्रज्वल शाही र रोहन श्रेष्ठ । बाद्यवानदमा सहभागी अधिकांश समेत किशोर र युवाहरु थिए । यहाँका स्थानीय युवाहरुकै सक्रियतामा उक्त कार्यक्रम आयोजित थियो । आफ्नो मौलिक परम्परा जोगिनुपर्छ भन्ने उद्देश्यले युवा समूह अघि सरेको स्थानीय निरेशलाल सिंहले बताए ।

नेवारी समुदायमा परापूर्वकालदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन र भाबी पुस्ताका लागि संरक्षण गर्नका लागि लाखे नाचको आयोजना गरिएको उनको भनाई थियो । ‘हाम्रो संस्कृतिलाई हामीले नै संरक्षण नगरे कसले गर्छ,’ राष्ट्रिय खेलकुद महासंघको उपाध्यक्ष समेत रहेका सिंहले भने, ‘त्यसैले यसपाली हामीले लाखे नाचको आयोजना गरेका हौं अब यसलाई निरन्तरता दिन्छौं ।’ गोंगबु चोकबाट सुरु भएको लाखे नाच गणेशस्थान, बानियाँटार हुँदै परिक्रमा गराइएको थियो । स्थानीयले लाखेलाई आ–आफ्नो घरमा भित्राई पुजाअर्चना समेत गरे ।

यो पनि पढ्नुहोस्
गाईजात्रा : थाकेको शरीरमा ऊर्जा भर्ने बागलुङको ‘लाखे नाच’
यस्तो छ भक्तपुरमा मनाइने ‘साँपारु’को महिमा
किन मनाइन्छ गाईजात्रा ? यस्तो छ कारण



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।