English

नयाँ कम्पनी दर्ता गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया र लाग्ने शुल्क



कुनै निश्चित उद्देश्य प्राप्तिको लागि प्रचलित कानुनअनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ । उद्योग व्यवसाय गर्न चाहने व्यक्ति वा समूहले कम्पनी ऐन, २०६३ अनुसार कम्पनी दर्ता गर्नुपर्ने हुन्छ । यो ऐन अनुसार प्राइभेट, पब्लिक र मुनाफा वितरण नगर्ने कम्पनी गरि तीन प्रकारका हुन्छन् । तिनै कम्पनी दर्ता गर्ने प्रक्रिया थाहा नहुँदा धेरै युवा उद्यमीहरु अलमलमा परेका छन् । त्यसो यहाँ कम्पनी दर्ता गर्ने प्रक्रिया र लाग्ने शुल्कका बारेमा चर्चा गरिएको छ ।

प्राइभेट कम्पनी

प्राइभेट कम्पनीमा कम्तिमा २ जना र बढीमा १०१ जना संचालक हुनुपर्छ । यस कम्पनीको पुँजी कम्तिमा १ लाख रुपैयाँसम्म हुनुपर्छ । यो कम्पनी दर्ता गर्न कम्पनीको रकममा भर पर्ने हुन्छ ।

पब्लिक कम्पनी

पब्लिक कम्पनीमा संस्थापित कम्पनीमध्ये प्राइभेट कम्पनी बाहेकको कम्पनी हो । जसमा कम्तीमा ७ जना संस्थापक हुन्छन् । यस कम्पनी दर्ताका लागि चुक्ता पूँजी कम्तीमा १ करोड रुपैयाँ हुनुपर्छ । यस कम्पनीले कम्तिमा पनि ३० प्रतिशत सेयर पब्लिकको लागि छुट्याएको हुनुपर्छ । यो कम्पनी दर्ता गर्न कम्पनीको रकममा भर पर्ने हुन्छ ।

मुनाफा वितरण नगर्ने कम्पनी

कुनै उद्देश्य प्राप्तीको लागि बचत गरेको रकमबाट लाभांश वा अन्य कुनै रकम सदस्यहरुलाई वितरण वा भुक्तानी गर्न नपाउने गरी कम्पनी ऐन, २०६३ बमोजिम संस्थापित कम्पनीलाई मुनाफा वितरण नगर्ने कम्पनी भनिन्छ । यस कम्पनीमा कम्तिमा ५ जनासम्म संस्थापक हुन्छन् । यस्तो कम्पनीले नामको पछाडि सामान्यतया कम्पनी लिमिटेड वा प्रा.लि.जस्ता शब्द लेखिरहनु पर्दैन । यो कम्पनी समाज कल्याण परिषद्मा दर्ता हुन्छ । यसको पुँजी हुँदैन ।

कम्पनी दर्ता गर्दा आवश्यक कागजात

१) प्रबन्धपत्र

२) नियमावली

३) निवेदक÷निवेदन

४) अख्तियारी (आफू अनुपस्थित भएको खण्डमा)

५) नागरिकता

कम्पनी दर्ता गर्ने प्रक्रिया

– कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनीको नाम र उद्धेश्य अरुसँग मेल नखाने गरी कम्पनी रजिष्ट्रारको कार्यालय (ओसिआर) को धधध।यअच।नयख।लउ वेइबसाइटमा गएर अनलाइन सबमिसन गर्ने । (आफू नभएको खण्डमा आख्तियारी दिएर अरुलाई दर्ता गर्न दिने)

– यसरी सबमिसन गरेको नाम १४ दिनमा स्वीकृत हुन्छ ।

– नाम स्वीकृत भएपछि नाम र उद्धेश्य मिल्ने गरी प्रबन्धपत्र, नियमावली र निवेदन तयार गर्ने ।

– नागरिकताको प्रतिलिपी नोटरी गर्ने ।

– यी कागजात तयार गरेपछि फेरि अनलाइन सबमिसन गर्ने र सदर भएपछि ओसिआरमा गएर कम्पनी दर्ता प्रमाणपत्र लिने ।
कम्पनी दर्ता गर्दा कति लाग्छ शुल्क ?

कम्पनी दर्ता गर्दा १ लाख पुँजीको कम्पनी भएमा १ हजार रुपैयाँ दर्ता शुल्क लाग्छ । त्यसैगरी ९ लाखको पुँजी भएमा ४ हजार ५ सय रुपैयाँ, २५ लाखकोे पुँजी भएमा ९ हजार ५ सय रुपैयाँ र १ करोड रुपैयाँ पुँजी भएमा १६ हजार रुपैयाँ दर्ता शुल्क लाग्छ । यसरी रकम बढी भएमा प्रत्येक एक करोडमा ३ हजार रुपैयाँ दर्ता शुल्क थपिन्छ । तर, मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गर्दा १५ हजार रुपैयाँ मात्र दर्ता शुल्क लाग्छ ।

कम्पनी दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरु

– प्राइभेट लिमिटेड कम्पनीको हकमा कम्तीमा एकजना र बढीमा ५० जनासम्म र प्रा.लि. कम्पनीको हकमा कम्तीमा ७ जना संस्थापक शेयरधनीहरु हुनु आवश्यक छ । तर, कुनै पब्लिक लिमिटेड कम्पनी संस्थापक भई अर्को पब्लिक लिमिटेड कम्पनी स्थापना गर्दा ७ जना संस्थापकहरुको आवश्यकता पर्दैन ।

– प्रवन्धपत्र र नियमावली यथासक्य नेपाली कागजमा अथवा टिकाउ खालको कागजमा एकातर्फमात्र टाइप भएको हुर्नुपर्दछ ।

– प्रबन्धपत्र र नियमावली शुद्ध तथा स्पष्ट नेपाली भाषामा तयार गरिएको हुर्नुपर्दछ । विदेशी लगानी हुने कम्पनीको हकमा प्रवन्धपत्र र नियमावली शुद्ध तथा स्पष्ट अंग्रेजी भाषामा तयार गरिएको हुर्नुपर्छ तर, ती दुवैको नेपाली रुपान्तरण पनि पेश गर्नु पर्छ ।

– प्रबन्ध पत्र र नियमावलीको प्रत्येक पानामा तलतिर सबै संस्थापक शेयरवालाहरुले दस्तखत गरेको हुनुपर्दछ ।

– प्रवन्धपत्र र नियमावलीको अन्तिम प्रकरणमा संस्थापक शेयरवालाहरुको पूरा नाम, ठेगाना, लिन कवुल गरेको शेयर संख्या र दस्तखतको साथ साथै प्रत्येक संस्थापकको दस्तखत मुनि स्पष्ट बुझिने गरी ल्याप्चे सहि छाप हुर्नुपर्दछ ।

– संस्थापक शेयरवाला पिच्छे एकजना साक्षीको पूरा नाम, ठेगाना र दस्तखत हुनु आवश्यक छ ।

– नयाँ कम्पनी दर्ता हुँदा त्यस्तो कम्पनीको शेयर पुरानो कम्पनीले खरीद गर्ने प्रावधान राखिएम पुरानो कम्पनीको आर्थिक अवस्था चित्रण भएको प्रमाण पेश गर्नुपर्छ ।

– कम्पनी दर्ता गर्न आउँदा संस्थापक शेयर धनीहरु मध्ये कम्तीमा १ जना कार्यालयमा स्वयम् उपस्थित भइ सनाखत गर्नु पर्दछ ।
(अधिवक्ता गीता चौधरीसँग गरिएको कुराकानीमा आधारित)

यो पनि पढनुहोस् ।

आफैं व्यवसायी बन्न चाहनुहुन्छ ? यी हुन् थोरै लगानीमा सुरु गर्न सकिने ५ व्यवसाय
बैंकबाट कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया
भूकम्पपीडित : घर ठडियो, ऋणले पोल्यो
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।