English

बालबालिका किन रिसाउँछन् ? कसरी गर्ने नियन्त्रण ?



रिस उठ्नु मानवीय स्वभाव नै हो । तर, यसलाई व्यवस्थापन गर्न नसक्दा गम्भीर समस्या निम्तिन सक्छ । अझै कतिपय बालबालिकाहरु रिसालु स्वभावका हुन्छन् । बालबालिका केही अनावश्यक मागहरु राख्छन् । ती मागलाई अभिभावकले पूरा गरेनन् भने उनीहरु अचानक रिसाउँछन थाल्छन् । त्यसैगरी भोकै हुँदा अथवा निन्द्रा पूरा नभएको अवस्थामा समेत उनीहरुमा अनियन्त्रित रिस देखिन्छ । बच्चाहरुको रिस बढी हुँदा प्राय अभिभावकहरुको तनाव, चिन्ता अथवा निराशाको कारण बन्न पुग्छ । बच्चाहरुको रिसलाई नियन्त्रणमा ल्याउनु त्यति सजिलो कार्य होइन । बालबालिकाहरु रिसाहा किन हुन्छन् ? त्यो रिसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कान्ति बाल अस्पतालका वरिष्ठ बालमनोचिकित्सक डा. गुन्जन ध्वजुको सुझाव यस्तो छ :

बालबालिका रिसाउनुका कारण

– मानसिक समस्या भएमा (जस्तो डिप्रेशन तथा एन्जाइटि)
– बच्चाहरुको वातावरणमा केही समस्या या असहज वातावरण सिर्जना भएको खण्डमा
– पर्याप्त निद्राको अभावमा
– साथीहरु बीचको असहजता या साथीहरुले गिज्याउने तथा हेप्ने गरेमा
– वंशाणुगत गुणका कारण
– असन्तुलित पारिवारिक वातावरणका कारण
– अहिले कोरोनाको समयमा घर भित्रै बसिरहनु पर्ने भएको कारण पनि बच्चाहरु रिसाहा हुन सक्छन्
– धेरै रिसाहा भएको वातावरणमा हुर्केमा वरिपरिका व्यक्तिहरु रिसाइरहने वा झर्किरहने भएमा

रोकथाम र उपचार

– सर्वप्रथम उनीहरु के कारणले रिसाई रहेका छन् भन्ने कुरा पत्ता लगाउनु पर्छ यदि उनीहरु लगातार रिसाई रहने झकर्ने गर्छन् भने मानसिक समस्याको कारणले पनि हुन सक्छ । त्यसैले कारण पत्ता लगाएर मनोचिकित्सकको सल्लाह लिनुपर्छ ।
– बालबालिकाको यस्तो समस्या निराकरणको लागि सर्वप्रथम उनीहरुलाई सहज वातावरणको सिर्जना गराइदिनु पर्छ ।
– पारिवारिक होस् या सामाजिक रुपमा उनीहरुको चाहना बुझेर सोही अनुरुपको व्यवहार गर्नुपर्छ ।
– उनीहरुको व्यवहारमा केही परिवर्तन आएको छ भने सहज वातावरणमा उनीहरुलाई त्यस परिवर्तित व्यवहारबारे सोध्नुपर्छ ।
– कुनै पनि कुराले उनीहरुलाई तनाव भइरहेको छ भने त्यो पाटोहरुलाई निक्र्यौल गरी तनावरहित वातावरण सिर्जना गर्नुपर्दछ ।
– अशान्त पारिवारिक स्थितीका कारण पनि बच्चा अटेरी हुने तथा बढी रिसाहा हुने गर्दछन् । त्यसैले हामीले घरमा शान्त एवं पारस्परिक वातावरण बनाइराख्नुपर्छ ।
– उनीहरुको पढाई र अन्य गतिविधिहरुसँगै उनीहरुको निम्ति खेलकूद तथा मनोरञ्जनको निमित्त पनि समय छुट्याउनुपर्ने हुन्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।