English

एकल आमा–२



अनिता लामा ।

भर्खरै भेटेको, देखेको मान्छेले फोन नम्बर माग्यो । पाल्मो बेस्सरी रिसाइन् तर, रिस देखाइन । उनले रिसलाई आफ्नो पारामिताभित्र सन्तुलित गराइन् । यस्तो मिचाहा स्वभावहरु पाल्मोका लागि नौलो थिएन । थाहा पाएदेखि झेलनामा परिरहेको आम स्वभाव हो केटीहरुका लागि ।

विशेषगरी नव परिचित पुरुष सहकर्मी, कोही मार्फत् परिचित पात्रहरु या कामका सिलसिलामा संगतमा परेकाहरुबाट हुने मिच्याई पाल्मोका लागि मात्र होइन कामकाजी आम छोरीचेलीहरुका लागि अनावश्यक झेलना नै हो । फोन नम्बर माग्नु मात्र होइन, अनावश्यक रुपमा सर्वश्व परिचय माग्नु, सम्बोधनमा तिमी भित्र पर्नु, सँगै बसाईहरुमा बुझिनेगरि लहसिन आउनु, हिँडाईहरुमा मनसाय सहित स्पर्शमा आउनु विवाहित हुन् वा एकल, अलिकति स्मार्ट केटीहरुका अनावश्यक झेलना नै हो ।

आज पाल्मोले एउडा बोल्ड निर्णयलाई सुनाई : म बच्चा पाउन चाहन्छु आमा तर अविवाहित भएर । के जिस्किने कुरा गर्छ यो केटी, आमाले ध्यान नै नदिई आफ्नै सुरमा जवाफ दिनुभयो । पाल्मोले फेरि बोलीरही : हो आमा, मलाई बिहे गर्नु छैन तर, बच्चा जन्माउनु छ । मलाई लोग्ने चाहिँदैन तर सन्तान चाहिन्छ । पाल्मोले आफू यसको लागि तयार रहेको र यस्तो प्रविधि पनि विकसित भइसकेर प्रयोगमा आएको कुरा बताइन् ।

साथीहरुले भने, ‘तिमी जस्तो अलग परिचय दिन चाहना राख्ने छोरीहरुका लागि राम्रो हुन्छ, अगाडि बढ ।’ केही सहकर्मीहरुका बिचमा राखिन्, उनीहरुले भने, ‘यो त उत्तम कुरा हो, तर अनुहार कसको आउँछ ? तपाइकै आए त ठिक छ, होइन भने फलाना फलानाको बिउ राख्नु । अझ सोचेर, रोजेर तपाईले चाहेका चर्चित मानिसहरुको राख्नु ।’ अर्को जनाले भन्यो ‘अहिले त अमेरिकी राष्ट्रपतिको बच्चा जन्माउने इच्छा गर्नुभयो भने पनि पाउनुहुन्छ, मिल्छ, यस्तो गर्ने हो ?’

यद्यपि, समाजले कसरी पचाउला भन्ने आमाको चिन्ता थियो । पाल्मोले भनिन् : समाजलाई त म बताउँला, यसरी पनि सुरक्षित आमा बन्न सकिने विषय । आमाले विषयलाई त्यति जिम्मेवारीपूर्ण ग्रहण गर्नुभएन ।

पाल्मोले साथीहरुका बिचमा राखिन्, ‘म आमा बन्न चाहन्छु ।’ अहिले त्यस्तो प्रविधि छ । जसरी निःसन्तान दम्पत्तिहरुले सन्तान प्राप्त गरिरहेका छन् । साथीहरुले भने, ‘तिमी जस्तो अलग परिचय दिन चाहना राख्ने छोरीहरुका लागि राम्रो हुन्छ, अगाडि बढ ।’ केही सहकर्मीहरुका बिचमा राखिन्, उनीहरुले भने, ‘यो त उत्तम कुरा हो, तर अनुहार कसको आउँछ ? तपाइकै आए त ठिक छ, होइन भने फलाना फलानाको बिउ राख्नु । अझ सोचेर, रोजेर तपाईले चाहेका चर्चित मानिसहरुको राख्नु ।’ अर्को जनाले भन्यो ‘अहिले त अमेरिकी राष्ट्रपतिको बच्चा जन्माउने इच्छा गर्नुभयो भने पनि पाउनुहुन्छ, मिल्छ, यस्तो गर्ने हो ?’ अनि केही प्रियजनहरुले भने, ‘जो पायो त्यहीको भन्दा त आफ्नो वंशज्भित्रकै राम्रो । अझ तिमीले माया गरेका मानिसहरुको राम्रो । केही नजिकका पुरुष साथीहरुले भने, ‘किन त्यस्तो रहर ? ओरिजिनल आमा नै बने भो नि । अब रहर नै छ भने त के गर्नु ? तर अस्पतालले गर्ने फर्टिलाइजेसनमा जसको पनि शुक्रकिट हुनसक्छ जस्तैः चोर, डाँका, लुटेरा आदि । बरु हामीले पनि योगदान गर्न मिल्छ होला नि । सिधासाधा भन्नुपर्दा मेरो शुक्रकिट दिन्छु राख ।’

पाल्मोले गरेको बोल्ड निर्णयमाथि फेरि मिच्याई भयो । तर, पाल्मोले अस्पतालको आइभिएफ सेन्टरमा दस्तखत गरिन् कि म जस्तोसुकै अवस्थामा पनि एकल आमा हुन चाहन्छु ।

अनिता लामाद्वारा लिखित अन्य सामाग्रीहरु
‘एकल आमा’
प्लीज पारमिता
‘पाङ्ग्रा’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।