English

अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक



अभिनेत्री वर्षा शिवाकोटी पुस्तक पढ्न निकै रुचाउँछिन् । त्यसो त फूर्सद हुने बित्तिकै उनी पुस्तक पढ्नमा व्यस्त हुन्छिन् । उनले अहिलेसम्म थुप्रै पुस्तक पढिसकेकी छिन् । तिनै मध्ये उनको नजरमा पढ्नै पर्ने ३ पुस्तक यी हुन् ।

गुलाबी उमेर

अमर न्यौपानेद्वारा लिखित पुस्तक गुलाबी उमेर मैले पढेका मध्ये एकदमै मन परेको पुस्तक हो । यो पुस्तकमा महिलाको बालापनदेखि युवावस्थासम्मको कथालाई समेटिएको छ । यो पुस्तक पढिरहँदा मलाई आफैं किशोरावस्थामा फर्किएको अनुभूति भयो । मैले मात्र होइन यो पुस्तक पढ्ने प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाहरुले आफ्नो किशोरावस्थाका घटना परिघटना सम्झन्छन् । यस पुस्तकको लेखक एक पुरुष भएर पनि महिलाको भावनासँग जोडिएर पुस्तक लेख्नुभएको छ ।

कर्णाली ब्लुज

कर्णाली ब्लुज उपन्यास बुद्धिसागरद्वारा लेखिएको उपन्यास हो । यस पुस्तकमा एउटा बुवा र छोराको सम्बन्धलाई एकदमै राम्रोसँग प्रस्तुत गरिएको छ । बुबा गुमाएका व्यक्तिहरु यो पुस्तक पढेर भाबुक हुन्छन् । पुस्तकका पात्रहरु आफैं हो कि जस्तो लाग्छ । यो पुस्तकको लेखनशैली पनि एकदमै राम्रो लाग्छ । यो पुस्तक पनि मैले पढेका मध्ये उत्कृष्ट भित्र पर्छ ।

द सेक्रेट

द सिक्रेट रोन्डा बर्नले लेखेको पुस्तक हो । यो पुस्तक जति पटक पढे पनि नपुग्ने पुस्तक भित्र पर्छ । यो पुस्तक हरेक दिन पढ्दा पनि नयाँ कुरा सिक्न पाइन्छ । यसका हरेक पानामा जीवनका बारेमा, सफलताको विषयमा मज्जाले व्याख्या गरिएको छ । यो पुस्तक पढेपछि बेग्लै उर्जा प्राप्त हुन्छ । यो एउटा प्रेरणा मुलक पुस्तक हो । यो पुस्तक मसँग सधैँ हुन्छ । पढ्नै पर्ने पुस्तकहरुको लिस्टमा यो पुस्तक पनि पर्छ ।

यो पनि पढ्नुहोस् ।

गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested