English

देशभरका मालपोत कार्यालय अनलाइन प्रणालीमा, जग्गासम्बन्धि सबै काम घरबाटै

कसरी लिने सेवा ?


जग्गा पास, किनबेच, नामसारी लगायतका काममा मालपोत कार्यालयहरुमा भीडभाड लाग्थ्यो । यद्यपि, अब देशभरका मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा गएसँगै अब यो भीडभाड र अनियमितता घट्ने देखिएको छ । जमिनको लेखाजोखा राख्न सरकारले देशभर भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (ल्याण्ड रेकर्ड इन्फरमेसन म्यानेजमेन्ट सिस्टम–एलआरआईएमएस) ल्याएको छ । यस प्रणालीलाई मालपोतका कार्यालयहरुमा अनलाइन सेवाको रुपमा प्रचलित छ ।

जग्गा सम्बन्धी लेखाजोखा राख्ने व्यवस्थित भएपनि तत्कालै जनताले अनलाइन सेवाको अनुभूति गर्न सकेका छैनन्,’ सुवेदीले भने, ‘आउँदो वर्षमा सेवाग्राही कार्यालयमा आउन नपर्ने गरी काम गर्दैछौँ, उहाँहरु जग्गासम्बन्धी सम्पूर्ण कामहरु घरबाट गर्न सक्नु हुन्छ ।’

नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि विकास आयोजनाअन्र्तगत एसियाली विकास बैंकको अनुदानमा २०७२ सालमा १४ वटा मालपोत कार्यालयमा यो प्रणाली परीक्षण गरिएको थियो । सो परीक्षण सफल भएपछि गत वर्षसम्म १ सय ८ वटा कार्यालयबाट अनलाइन प्रणालीबाट सेवा दिइयो । यही साउनबाट देशभरका १ सय २६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली विस्तार भएको भूमी व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक तथा प्रवक्ता गुरुदत्त सुवेदीले बताए ।

उनकाअनुसार देशभरका मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा गएपनि सेवाग्राही कार्यालयमा नै सेवा लिन आउनुपर्ने बध्यता छ । ‘जग्गा सम्बन्धी लेखाजोखा राख्ने व्यवस्थित भएपनि तत्कालै जनताले अनलाइन सेवाको अनुभूति गर्न सकेका छैनन्,’ सुवेदीले भने, ‘आउँदो वर्षमा सेवाग्राही कार्यालयमा आउन नपर्ने गरी काम गर्दैछौँ, उहाँहरु जग्गासम्बन्धी सम्पूर्ण कामहरु घरबाट गर्न सक्नु हुन्छ ।’

घर जग्गाको स्वामित्व हस्तान्तरण हुँदा जग्गाधनीको औँठाछाप, दस्तखत तथा फोटो विद्युतीय उपकरणहरुका माध्यमबाट प्रणालीमा हुने भएकाले घर, जग्गा किनबेच गर्दा परीक्षण गर्ने व्यवस्था रहेको तथा घर जग्गाको स्वामित्व हस्तान्तरण हुँदा लिखत स्वीकृत हुनु भन्दा अगावै सो सम्बन्धमा जग्गाधनीलाई एसएमएस र ईमेलमार्फत जनकारी हुने भएकाले किर्ते कारोबार कम हुने सुवेदीको विश्वास छ ।

अनलाइन प्रणालीमा के छ सुविधा ?

देशभरका जग्गा तथा जग्गाधनीको विवरण विभागको एउटै सर्भरमा केन्द्रिकृतरुपमा भण्डारण भई विभाग तथा सरोकारवालाहरुलाई आवश्यक पर्ने तथ्यांक–विवरण सजिलैसँग प्राप्त गर्न सकिने सुवेदीले जानकारी दिए । यसैगरी देशको जुनसुकै ठाउँबाट पनि हरेक व्यक्तिले आफ्नो नाममा भएको जग्गा अनलाइनबाटै हेर्न सक्छन् । जस्तै, नागरिक एपबाट । उनका अनुसार घर जग्गाको स्वामित्व हस्तान्तरण हुँदा निवेदकले आफ्नो निवेदनको स्थिति तथा जग्गाधनीले आफ्नो नाममा रहेको जग्गाको विवरण भविष्यमा अनलाइन हेर्न पाउनेछन् ।

‘कर्मचारीहरु प्रविधिमैत्री नभएकाले पनि चुनौति थपिएको छ जसले काममा ढिलाई हुन्छ,’ उनले भने, ‘अर्को मुख्य समस्या भनेको जनताले अनलाइन प्रणाली बुझेका छैनन्, जसकारणले परम्परागत प्रक्रिया र पद्धति प्रोत्साहन पाएको परिस्थिति छ ।’

घर जग्गाको स्वामित्व हस्तान्तरण हुँदा जग्गाधनीको औँठाछाप, दस्तखत तथा फोटो विद्युतीय उपकरणहरुका माध्यमबाट प्रणालीमा हुने भएकाले घर, जग्गा किनबेच गर्दा परीक्षण गर्ने व्यवस्था रहेको तथा घर जग्गाको स्वामित्व हस्तान्तरण हुँदा लिखत स्वीकृत हुनु भन्दा अगावै सो सम्बन्धमा जग्गाधनीलाई एसएमएस र ईमेलमार्फत जनकारी हुने भएकाले किर्ते कारोबार कम हुने सुवेदीको विश्वास छ ।

के छ चुनौति ?

प्रभावकारी सर्भर नरहेकोले अनलाइनमा लेखाजोखा राख्न समस्या आएको सुवेदीले बताए । यसका साथै समय–समयमा इन्टरनेटको समस्या, सिस्टममा गडबडी आउने जस्ता चुनौति पनि रहेको छ ।

‘कर्मचारीहरु प्रविधिमैत्री नभएकाले पनि चुनौति थपिएको छ जसले काममा ढिलाई हुन्छ,’ उनले भने, ‘अर्को मुख्य समस्या भनेको जनताले अनलाइन प्रणाली बुझेका छैनन्, जसकारणले परम्परागत प्रक्रिया र पद्धति प्रोत्साहन पाएको परिस्थिति छ ।’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।