English

कम्प्लिट केयर नेपालद्वारा सानिमा बैंकका ग्राहकलाई स्वास्थ्य परीक्षणमा १० प्रतिशत छुट



कम्प्लिट केयर नेपालले सानिमा बैंकका ग्राहक सदस्यहरुको स्वास्थ्य परीक्षणमा १० प्रतिशतसम्म छुट दिने भएको छ । कम्प्लिट केयरले सानिमाको मोबाइल एप्लिकेसन अर्थात क्यु आर कोड प्रयोग गर्ने ग्राहकलाई उक्त छुट सुविधा दिएको हो ।

यस विषयमा कम्लिट केयर र बैंकबीच केही दिन अघि सम्झौता भएको हो । जसका लागि बैंकको तर्फबाट रिलेसनसिप म्यानेजर आरोग्य गुरागाईं र रिलेसनसिप अफिसर नीलम पौडेलले प्रस्ताव अघि सारेको कम्प्लिट केयरकी प्रबन्ध निर्देशक रत्ना महत बताउँछिन् ।

कम्प्लिट केयरले पछिल्लो समय घर–घरमै नर्सिङ केयर सेवा, फिजियोथेरापी डाक्टर सेवा, सम्पूर्ण प्याथोलोजी सेवा, हेल्थ प्याकेज, घरमै आएर रगतको नमुना संकलन गरी रिपोर्ट इमेल भाइबर, वाट्सएपमार्फत उपलब्ध गराउँदै आएको छ ।

अनलाइनमार्फन सेवा दिँदै आएको यस संस्थाले चिकित्सक परामर्श सेवा, पीसीआर परीक्षण, एन्टिबडी परीक्षण, घरमै आएर पीसीआरको नमुना संकलन लगायतका सुविधा दिएको प्रबन्ध निर्देशक महत बताउँछिन् । ‘अहिले कोरोना महामारीका कारण धेरैजसो मानिसहरु घरभित्रै हुनुहुन्छ, बाहिर निस्कन पनि जोखिम छ,’ उनले भनिन्, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले घर–घरमैै सेवा दिइरहेका छौं ।’



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

Latest










Popular
Suggested