English

जनैपूर्णिमामा जनै लगाउनु र क्वाँटी खानुको यस्तो छ महत्व



श्रावणको शुक्ल पक्षको पूर्णिमाका दिन मनाइने पर्वलाई जनैपूर्णिमा भनिन्छ । जनैलाई ब्रह्माले आफैले अभिमन्त्रण गरेर लगाएकोमा ब्रह्मासूत्र, ब्रह्माकी पत्नी सावित्रीले विधिपूर्वक कपासद्वारा काटेको धागो निर्माण गर्ने भएकाले सवित्री सूत्र पनि भनिन्छ । आजको दिन हिन्दु धर्म र संस्कृतिमा आस्था राख्नेले वर्षको एकपटक विधि पूर्वक पवित्र नदी, तलाउ, पोखरी, कुवामा जान्छन् । गोमय (गोबर), मृत्तिका (माटो), भस्म (खरानी) जस्ता द्रव्यहरू शिरदेखि पाउँमा लेपन गर्दै मन्त्रहरू पढ्दै स्नान गर्छन् ।

वनस्पतिका रुपमा ‘अपमर्ग’ महिलाले पञ्चमीमा प्रयोग गरे जस्तै यस पर्वमा प्रयोग हुन्छ । ‘अपमर्ग’ भन्नाले दुबो वा कुश जलमा चोपेर शिरदेखि पाउसम्म पवित्र पार्ने कामलाई बुझिन्छ । यसरी स्नान गर्दा वर्षभरीको त्रुटिहरू पखालिने हुन्छ । शब्दलाई धर्मसँग तुलना गरिने भएकाले वर्ष भरीको अध्ययनमा उच्चारण भएको शब्द गल्ति भएको र बोली, व्यवहार र कामद्वारा कसैको हानी नोक्सानी गरेको भए त्योबाट मुक्ति पाउनका लागि ‘अपमर्ग’ कर्म गरिन्छ । वर्षभरी अन्जानमा गरिएका त्रुटीहरूलाई प्रायश्चित गरिन्छ । स्नान पछि गुरु शिष्य सहित समाजमा रहेका व्यक्तिहरूको सामूहिक सहभागितामा यज्ञोपवीत तथा रक्षाबन्धनको विधिपूर्वक वैदिक तथा पौराणिक मन्त्रहरूद्वारा पूजा गर्छन् ।

जनैको लम्बाईका बारेमा बायाँ काँधदेखि नाभि/नाइटो हुँदै कटि–कम्मरसम्मको हुनु पर्दछ । लामोमा कम्मर भन्दा तल र छोटोमा नाभि भन्दा माथि हुनु हुँदैन ।

१५ देखि २० मिटर लामो कपासको एक सुते उक्त धागोलाई पुनः तीन डोरामा परिणत गरी बाट्नु पर्ने हुन्छ । यसरी बाटिएको धागोलाई तेब्बर पारी बाट्दा ९ डोराको हुन पुग्दछ । त्यसमा नौ देवताको पूजा गरिन्छ । ओमकार, अग्नि, नाग, सोम, पितृ, प्रजापति, वायु, सूर्य र सर्वदेव गरी तन्तु देवतालाई पुजिन्छ । जनैको धागोमा तीन वटा गाँठो पारिन्छ ।

त्यसमा हरी, ब्रह्मा र शिवको पूजा गरिन्छ । यसरी धागो संकलन गर्दा हातको चार औँलाको मूल भागमा दुई डोराले ९६ फन्का बेरिन्छ । १५ तिथि, ७ बार, २७ नक्षेत्र, २५ तत्व, ४ वेद, ३ गुण, ३ काल र १२ महिना गरेर ९६ नामको उच्चारण गर्नु पर्दछ । यसैगरी अर्को तरिकाले पनि व्याख्या गर्न सकिन्छ,४ वेदलाई २४ वटा अक्षरले युद्ध भएको गायत्री नाम गरेको वैद्धिक छन्द जुन छ, यो गरेर ९६ पुग्ने भएकाले वेद र गायत्रीको प्रतिकात्मक तरिकाले पनि लिएको छ । जनैको लम्बाईका बारेमा बायाँ काँधदेखि नाभि/नाइटो हुँदै कटि–कम्मरसम्मको हुनु पर्दछ । लामोमा कम्मर भन्दा तल र छोटोमा नाभि भन्दा माथि हुनु हुँदैन ।

जनै लगाउँदा स्नानको विधिमा गोमय अर्थात गोबर लेपनको अर्थ वर्षा मौसममा ताजा जडिबुटीलाई गाईले खाएर प्राप्ता हुने गौत र दूधलाई अमृत सम्मान मनिएको छ । शरीर भित्र रहेको विकार वस्तुबाट गौतले प्रतिरक्षा गर्ने कार्य गर्दछ ।

यसरी माथिका प्रक्रियाहरूलाई आत्मसात गर्दै निर्माण गरिएको जनै नै शुद्ध र परिष्कृत हुन पुग्दछ । सबै शक्तिहरूले बास गर्ने परम पवित्र यज्ञोपवित आफैंमा सिद्ध छ । देवताहरूले पनि धारणा गर्ने सर्व शक्तिमान जनै र डोराको अभिमन्त्रण जनै पूर्णिमाका दिन अरुन्धती सहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, र वशिष्ठ गरिएका सप्त ऋषिहरूको पूजा, रुद्राभिषेक, ऋषिहरूको नाममा श्राद्धतर्पण पूर्वक वंश विस्तारको क्रममा आएका ऋषिहरूलाई स्मरण गरिन्छ । यसरी सिद्ध भएको जनै देवता, गुरु र स्वपितृहरूलाई दान गर्दै धारण गरिन्छ ।

किन लगाइन्छ जनै ?

यस दिन तागाधारीले जनै लगाउँछन् । जनै लगाउन नमिल्ने समुदायले रक्षा बन्धन वा डोरो बाँध्न सकिन्छ । यसरी डोरो लगाउँदा जनै लगाए बराबरको मान्न सकिन्छ । धागो बाँध्नाले सबैलाई एक सुत्रमा जोेड्ने जनविश्वास छ । भौतिक शरीर निमार्णका पृथ्वि, तेज, वायुको व्याख्या गरिएको छ र गोमय, मृत्तिका र भष्म लेपन गर्नु त्यसको प्रतिक मान्न सकिन्छ ।

जनै लगाउँदा स्नानको विधिमा गोमय अर्थात गोबर लेपनको अर्थ वर्षा मौसममा ताजा जडिबुटीलाई गाईले खाएर प्राप्ता हुने गौत र दूधलाई अमृत सम्मान मनिएको छ । शरीर भित्र रहेको विकार वस्तुबाट गौतले प्रतिरक्षा गर्ने कार्य गर्दछ । त्यसैगरी शरीरमा गोबर लेपन गर्नाले औषधिय गुण रहेको हुन्छ र शरीरमा भएको विकार जिवाणुलाई मार्ने कार्य गर्दछ । छाला रोगसँग सम्बन्धित विभिन्न रोगलाई उपचार गर्न सकिन्छ ।

क्वाँटीमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । प्रोटिन मानव शरीरको लागि अति आवश्यक तत्व हो । यसले शरीरका कोसिकाको निर्माण र मर्मतमा महत्वपुर्ण भुमिका खेल्छ ।

मृत्तिका (शरीरमा माटोको लेपन) र भस्म (खारनी) लिनुको अर्थ पनि यसरी गरेर शरीरमा भएका विकार वस्तुलाई नष्ट पार्दछ । ब्रतबन्ध गरेकालाई शिक्षाको सुरुवात गर्ने दिनका रुपमा यस दिनलाई लिन सकिन्छ । नयाँ कर्मको अध्ययन सुरुवात गर्ने अर्थात श्रीगणेश गर्ने दिनको रुपमा लिइन्छ । सप्तऋषि र अरुणदतिको महिलाको ऋषि पञ्चमीमा पुजा गरे जस्तै पुरुषले पनि पुजा गर्ने दिन भनेर बुझिन्छ ।

किन खाइन्छ क्वाँटी ?

क्वाँटी भन्ने बित्तिकै टुसा उम्रेका गेडागुडी भन्ने बुझिन्छ । क्वाँटी नेवारी शब्दकोशबाट लिइएको हो । क्वाँटी शब्द नेपाली बृहत शब्दकोषमा र हाम्रो जिब्रोमा प्रिय छ । क्वाँटीमा नौ थरी गेडागुडीको मिश्रण हुन्छ । क्वाँटी बनाउनु अगाडि गेडागुडिलाई टुसा उम्रिने गरि भिजाउनु पर्छ । बर्षाको समयमा यस्ता खानेकुरा खाँदा शरीरमा आउने थकान, रुघाखोकी लगायतका विभिन्न रोगसँग लड्ने क्षमता बढाउँछ । यसैगरी हालको समयमा कोरोनाबाट बाँच्न वा रोग प्रतिरोधात्मक क्षमता बढाउन डाक्टरले पनि क्वाँटी खान सुझाव दिन्छन् ।

यसबाट शक्ति र स्वाद दुबै हुन्छ । क्वाँटीमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । प्रोटिन मानव शरीरको लागि अति आवश्यक तत्व हो । यसले शरीरका कोसिकाको निर्माण र मर्मतमा महत्वपुर्ण भुमिका खेल्छ । यसका साथै टुसा उम्रिएको क्वाँटीमा फाइबर पाइन्छ । नेपालमा परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । जनै पुर्णिमाको दिन अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ ।

(यो लेख विष्णुप्रसाद पोखरेलसँगको कुराकानीमा आधारित छ, उनी वेद विद्याश्रम गौशालाका प्राचार्य हुन् ।)

यो पनि पढ्नुहोस्
असार १५ मा दही चिउरा किन खाइन्छ ?
यसकारण खाइन्छ साउन १५ मा खीर



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन