English

नमूना परीक्षण गरिएका १५ प्रतिशतमा कोरोना सङ्क्रमण



कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र पिसिआर पद्धतिबाट तीन लाख पाँच हजार ८५७ को नमूना परीक्षण भइसकेको छ ।

नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशमा कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १५ प्रतिशत हो । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार सङ्क्रमितमध्ये ४५ हजार २१६ उपचारपछि घर फर्किएका छन् । निको हुने यो सङ्ख्या सङ्क्रमितको झण्डै ९८ प्रतिशत हो ।

एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि हुनेमध्ये आठ हजार ७८० र पिसिआर परीक्षणवाट सङ्क्रमित हुनेमध्ये ३६ हजार ४३६ उपचार व्यवस्थापनपछि घर फर्किएका हुन् । अहिलेसम्म पिसिआर पद्धतिबाट नमूना परीक्षण गर्दा ३६ हजार ७९८ र एन्टिजेन परीक्षणबाट नौ हजार १६३ व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

केरोनाबाट हालसम्म ५८० व्यक्तिको मृत्यु भएको छ । प्रदेशका नौ जिल्लामध्ये पहाडी क्षेत्रका जिल्लाको तुलनामा तराईका जिल्ला कैलाली र कञ्चनपुर सङ्क्रमणबाट बढी प्रभावित भइरहेका छन् । पछिल्लो दुई हप्तायता प्रदेशमा ५६४ नयाँ सङ्क्रमित थपिँदा ४९५ जना उपचारपछि घर फर्किएका छन् । दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । तथ्याङ्कमा यस अवधिमा सक्रिय सङ्क्रमित भने घटेको देखिएको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमित बिरामी ४०८ जना छन् । दुई हप्ताअघि यो सङ्ख्या ५०२ थियो ।

नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशमा कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १५ प्रतिशत हो । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार सङ्क्रमितमध्ये ४५ हजार २१६ उपचारपछि घर फर्किएका छन् । निको हुने यो सङ्ख्या सङ्क्रमितको झण्डै ९८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ९६९ को नमूना परीक्षण हुँदा १५ मा सङ्क्रमण देखिएको छ । यस अवधिमा उपचारपछि ४६ जना डिस्चार्ज भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गत वैशाख, जेठमा यो रोगको सङ्क्रमण र मृत्युदर उच्च थियो । असार सुरु भएसँगै केही घटेको थियो । हाल नमूना परीक्षण गराउन आउनेको सङ्ख्या पनि कम हुँदै गएको छ ।

तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । रोगको रोकथामका लागि गत वैशाखदेखि जारी निषेधाज्ञा हाल खुकुलो पारिएसँगै बढेको सर्वसाधारणको चहलपहलले रोग फैलिने जोखिम यथावत रहेको स्वास्थ्यकर्मी बताउँछन् । कैलालीसहितका जिल्लामा हाल निषेधाज्ञा खुकुलो पारिएको छ ।

सर्वसाधारणबाट तोकिएअनुसार मास्क प्रयोग नगरी जथाभावीरूपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी कमजोरी देखिएको छ ।

यो पनि पढ्नुहोस्
यी हुन् अल्सर हुनुका कारण, कसरी बच्ने ?
आँखामा देखिने समस्याबाट कसरी बच्ने ?
यी हुन् नियमित घ्युकुमारी प्रयोग गर्नुका फाइदा
आँखाबाट बारम्बार आँशु बगिरहने समस्या छ ? यी हुन् रोकथामका उपाय




सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested