अधुरो प्रेम
अकेला
मान्छेको मन न हो, कुनबेला कोसँग ठोक्किन्छ । थाहै नहुने । प्रेमको अंकुरण पलाउन, मायाको सानो झिल्को नै काफी हुँदोरहेछ । प्रेमले कति आवाद त कति बर्बाद पनि भएका छन् । विश्वमा वियोगान्त प्रेमका अनगिन्ति गाथा सुन्न, पढ्न पाईन्छ । आपसी विश्वासबाट सिंचित प्रेम सफल छन् । जो अभावग्रस्त जिन्दगीमा पनि रमाउँछन् । यसका विपरित जानेले अमूल्य जिन्दगीको बलिदानै पनि दिएका छन् । यस्तै एउटा कथा हो ‘अधुरो प्रेम’ ।
हाँसीखुसी जिवन गुजारिरहेका थिए केन । उनको जिन्दगीमा कुनैदिन एक यस्तो अप्रत्याशित घटना घट्छ भन्ने भनकै थिएन । इमिगे्रसन पार गरेपछि केन बुर्कुसी मार्दै प्रस्थान कक्षतिर गए । विदेशी एअरपोर्ट न भए, लामो समय हिडेरै प्रस्थान कक्ष पुग्नुपर्ने । यस्तै अवस्था मनिला एअरपोर्टमा पनि थियो । जब केन प्रस्थान कक्षमा पुगे । यात्रुहरु कमै थिए । विस्तारै यात्रुहरुको आगमन सँगै हल भरिदै गयो । अधिकांश विदेशी यात्रुहरुको भिडमा केनले चिन्ने कोही थिएनन् । न त कसैसँग कुरा गर्ने माहौंल नै थियो ।
नयाँ सहरमा घुमफिर गराई दिने मित्र जो भेटिएका थिए । केहीसमय पछि भिमकाय ७४७ बिमान उड्यो । प्लेनमा खचाखच यात्रुहरु थिए । टेक अफ गरेको केही समयमै मनिला सहरको झकिझकाउलाई ओझेल पार्र्दै जहाज आफ्नो गन्तव्य तर्फ उड्न थाल्यो । निष्पट्ट अन्धकारमा ताराहरु चम्किरहेका थिए । धन्य थिए, भिमकाय हवाइ जहाज बनाउने मानव हात र त्यसलाई सुरक्षित उडाउने पाईलट ।
मोबाईलमा ब्याट्री सकिएकाले केन चार्जिङ स्टेसनमा गए । एक जना राम्री चुलबुले केटी पनि त्यही आइपुगिन । उमेर यस्तै २४/२५ की हुँदी हुन् । केनलाई हेल्लो गरिन । बस् यतिकैमा दुई जना बीच परिचय भैहाल्यो । उनको नाम ‘जुली’ थियो । फिलिपिन्सका केटीहरु अंगे्रजी राम्रो बोल्ने र मित्रवत् हुन्छन् । एकै छिनमा केन र जुलीको मित्रता गाँसियो । दुबैजनाले एकछिनमै अनेकन् व्यक्तिगत कुरा साटासाट गरेको पत्तै भएन । जुली सँगै उनका साथीहरु पनि पहिलोपटक बैंकक घुम्न लागेका रहेछन् । नयाँ ठाउँ भएकाले उनीहरु निकै कौतुहल थिए । केही बेरमा जुलीले केनलाई आफ्ना साथीहरुसँग पनि परिचय गराईन ।
अकष्मातको त्यो भेटघाट अनयासै मित्रतामा परिणत भयो । यो भेटले जुलीका साथीहरु पनि कम खुशी थिएनन । नयाँ सहरमा घुमफिर गराई दिने मित्र जो भेटिएका थिए । केहीसमय पछि भिमकाय ७४७ बिमान उड्यो । प्लेनमा खचाखच यात्रुहरु थिए । टेक अफ गरेको केही समयमै मनिला सहरको झकिझकाउलाई ओझेल पार्र्दै जहाज आफ्नो गन्तव्य तर्फ उड्न थाल्यो । निष्पट्ट अन्धकारमा ताराहरु चम्किरहेका थिए । धन्य थिए, भिमकाय हवाइ जहाज बनाउने मानव हात र त्यसलाई सुरक्षित उडाउने पाईलट ।
जहाजमा केनलाई अगाडिको सिट परेको थियो, जुली र साथीहरु पुछारमा थिए । डिनर सर्भ गरियो । प्लेनको खाना खासै मिठो थिएन तर खानै पर्ने । विकल्प अर्को थिएन । डिनरपछि कतिपय यात्रु सुतिसकेका र कति सुत्ने तरखरमा थिए ।
साँझपखको रमणीय वातावरणले भने दुबैलाई निकै रोमाञ्चित बनायो । केन र जुली अझ नजिकिदै गए । दुबैले राम्रो मन मिल्ने साथी पाएको अनुभव गरे । साथी मात्र के भन्नु, अब त यि प्रेमीमै रुपान्तरण भइसकेका थिए । राती सँगै डिनर खाएपछि दुबैजना केनको अपार्टमेन्टमा आए । वाईनको पेग सँगै बजिरहेको रोमान्टिक संगीतले यिनलाई अझ नजिक्यायो ।
केनको प्लेनमा सुत्नै नसक्ने बानी रहेछ । के मनमा आएर हो, उनी विस्तारै उठेर प्लेनको पछिल्लो भागमा गए । जुली सुत्न नसकेर बसी राखेकी थिई । साथीहरु भने सुतिसकेका रहेछन् । केनले सोधे, जुली के गरी राखेकी ? ‘हल्का ज्वरो आएजस्तो भएकाले केही असुविधा महसुस भएको छ ।’, जुलीले भनिन् । केन आफ्नो सिटमा फर्केर पारासिटामोल लिए अनि जुलीलाई दिए । उनले तुरुन्तै खाईन । केन आप्mनै सिटमै फर्के । लामो प्लेनको यात्रा साँच्चिकै पट्यार लाग्दो हुन्छ । केहीसमय पछि केन फेरी जुलीको सिटमा गएर भलाकुसारी गर्न थाले ।
जुलीलाई पहिला भन्दा अलि संञ्चो भएको रहेछ । उनी निकै खुशी भएर केनलाई धन्यवाद दिईन । यत्तिकैमा प्लेन पनि गन्तव्यमा पुग्नै लागेको उद्घोष भयो । सबै आ–आफ्नो सिटमा फर्के । प्लेन ल्याण्ड गर्यो । सबै यात्रुहरु सामान लिएर सहर तर्फ गए । केनले जुलीलाई आप्mनो सम्पर्क नम्बर दिएर अपार्टमेन्ट तर्फ लागे ।
अर्को विहान केन आफ्नो अपार्टमेन्टमा चिया पिउँदै थिए । मोबाईलमा घण्टी बज्यो । अपरिचित नम्बरवाट फोन आएको रहेछ, उनले उठाए । जुलीकै फोन रहेछ । उनले साथीहरु सबै घुमफिरमा जाने तर आफुले केनसँग भेट्न चाहेको बताईन । चिनजान भएको केही घण्टा मात्र भएको थियो तरपनि केनले यसमा सहमति जनाए । राम्रो स्वागत सत्कार सँगै उनले दिनभर जुलीलाई सहर घुमाए, संपिग गराए ।
मनैदेखि उठेको तिर्सना, उन्मुक्त वातावरण तथा समयानुकुल परिस्थिती । जुली पनि पग्लिइन । केन त पहिला देखिनै तयार थिए । जुलीले आफ्ना साथीहरु पनि बिर्सिईन । वातावरण यति प्रेमिल बनिसकेको थियो कि दुई प्रेमी बाहेक अरु सबै कुरा गौण थिए । दुबैमा यौंनको उन्माद चढ्दै गयो । लाजकाज केही बाँकी रहेन । दुबैले यौंनको भरपूर मज्जा लिए ।
साँझपखको रमणीय वातावरणले भने दुबैलाई निकै रोमाञ्चित बनायो । केन र जुली अझ नजिकिदै गए । दुबैले राम्रो मन मिल्ने साथी पाएको अनुभव गरे । साथी मात्र के भन्नु, अब त यि प्रेमीमै रुपान्तरण भइसकेका थिए । राती सँगै डिनर खाएपछि दुबैजना केनको अपार्टमेन्टमा आए । वाईनको पेग सँगै बजिरहेको रोमान्टिक संगीतले यिनलाई अझ नजिक्यायो ।
जुली एक छिन नाच्ने हो त ? अप्रत्याशित आएको केनको प्रश्नले जुली अलमलमा परिन् । यस्तो बेला नाच्नु भनेको एक आपसमा सम्माहित हुन आवश्यक वातावरण पैदा गर्नु पनि हो । दुबैले अंगालो हाली नाचे । एक आपसमा समर्पित हुन दुबैले मनमनै तयारी गरी सकेका थिए ।
मनैदेखि उठेको तिर्सना, उन्मुक्त वातावरण तथा समयानुकुल परिस्थिती । जुली पनि पग्लिइन । केन त पहिला देखिनै तयार थिए । जुलीले आफ्ना साथीहरु पनि बिर्सिईन । वातावरण यति प्रेमिल बनिसकेको थियो कि दुई प्रेमी बाहेक अरु सबै कुरा गौण थिए । दुबैमा यौंनको उन्माद चढ्दै गयो । लाजकाज केही बाँकी रहेन । दुबैले यौंनको भरपूर मज्जा लिए । एकले अर्कालाई तृप्त गरेपछि दुबै लखतरान भए । अनि जुलीलाई एक्कासी सम्झना आयो, उनी त होटल फर्कनु छ । वास्तवमा अघिल्लो दिन केनले जुलीप्रति देखाएको आत्मीयताले उनको मन पग्लेकोरहेछ । केनले पनि थाहा पाउने अवसर पाए, ‘स्त्री चरित्र पुरुष भाग्य दैव नजाने’, त्यसै बनेको रहेनछ ।
यो पनि पढ्नुहोस्
खेतालाको छोरो
भनिन्छ, प्रेमको नशा अरुको तुलनामा निकै गाढा हुन्छ । प्रेममा मानिस पागल हुन्छन् । केन र जुलीको प्रेम पनि झाँगिदै गयो । भलै देश परिवेश फरकै किन नहोस् । भेट छोटै सही, प्रेमको डोरी नराम्ररी जेलिसकेको थियो । पछिल्ला दिनहरुमा पनि केन र जुलीको भेटले निरन्तरता पाइरह्यो । केन आगो सरी थिए भने, जुली नौनी । हरेक कुराको आयु भएजस्तै, जस्तोसुकै गाढा प्रेमको पनि आयु हुँदोरहेछ । दिन वित्दै गएपछि दुबैले महसुस गरे कि यो प्रेमको गाडी अब रोकिनुपर्छ । किनकि दुबैको परिस्थिती अनुकुल थिएन । न कुनै अफसोस, न कुनै कुण्ठा, न कुनै प्रतिशोध । तर जिन्दगीमा एक बेग्लै किसिमको अप्रत्याशित प्रेमको अनुभव ।