English

गाउँले वातावरणमा छोराछोरीसँग घुम्न मन छ तर, जुरेको छैन –सञ्चिता लुइटेल



नेपाली चलचित्र जगतकी चर्चित अभिनेत्री हुन्– सञ्चिता लुईँटेल । घुमघाममा निकै रुचि राख्ने लुइटेल फूर्सद हुने बित्तिकै परिवारसँग घुमघामको योजना बनाई हाल्छिन् । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली र विभिन्न राष्ट्रमा घुमिसकेकी अभिनेत्री लुईँटेलसँग मेरोलाइफस्टाइलले गरेको घुमघाम वार्ताः

अहिलेसम्म कहाँ–कहाँ घुम्नु भयो ?

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली टुर गरेकी छु । चार–पाँच वर्ष अगाडि एक–एक महिना पूर्व झापा र पश्चिम (रुकुम, रोल्पा, सल्यान, दाङ, सुर्खेत) गएको थिएँ । भारत, भुटान, चीज, मलेसिया, दुबई, कतार, जापान, बेल्जियम, थाइल्याण्ड लगायत देश घुमेकी छु ।

तपाईंको घुमघाम गन्तव्य कहाँ–कहाँ हुन् ?

पोखराजति गए पनि जाउँ–जाउँ लाग्छ । भारत, भुटान, चीन, मलेसिया, दुबई, कतार, जापान, बेलजियम, थाइलेन्ड लगायतका राष्ट्रहरु मेरो घुमघाम गन्तव्य हुन् । तर, अहिले त कोरोनाले गर्दा घरभित्रै थुनिनुपरेको छ । बसिरहिएको छ ।

घुमघामका लागि कसरी समय मिलाउनुहुन्छ ?

नयाँ वर्ष, परिवार र साथीहरुको जन्मदिनको मौका पारेर घुम्न जान्छु । कामबाट फूर्सद निस्कियो भने पनि पोखरा वा नजिकको ठाउँ परिवारसँग गइहाल्छु ।

अहिलेसम्मको अविस्मरणीय घुमघाम कहाँको हो ?

सल्यान जाँदा आँगनमा सुकुल बिछ्याएर गाउँभरका मान्छेहरुसँग बसेर टेलिभिजन हेरेको एकदमै रमाइलो लागेको थियो । त्यो समयमा साँधेको गुन्द्रुक, भोगटे र मकै एउटै भाँडाबाट खाँदै टेलिभिजन हेरेको कुरा मेरो लागि अविस्मरणीय छ ।

घुमघामको योजना कसरी बनाउनु हुन्छ ?

परिवारका सबै सदस्य काममै व्यस्त हुनुुहुन्छ । परिवारका सबैसँगै बस्दा महिनाको एक दिन घुम्न जाने योजना बनाइथ्यो । तर कोरोना आएपछि खासै योजना बनाइँदैन । कुनैदिन विशेष परिकार बनाएर घरको छतमा परिवार बसेर खाने र रमाइलो गर्ने गर्छौँ ।

घुमघाममा निस्कँदा के–के बोक्नुहुन्छ ?

पिक्नीक जाँदा घरमै बनाएको खानेकुरा, टेन्ट, म्याट, ब्याडमिन्टन, बल, खेलाउनाहरु, पानी र गिटर जस्ता सामानले मेरो परिवारलाई पुग्छ । साथै, लामो यात्राको लागि निस्कँदै छु भने आफूलाई आवश्यक पर्ने सामानहरु बोक्छु ।

तपाईंले अरुलाई घुम्न जानका लागि सिफारिस गर्नुपर्यो भने कुन–कुन ठाउँ गर्नुहुन्छ ।

अहिलेको समयमा यो ठाउँ घुम्नुस् भन्न चाहन्न । तर, काठमाडौँ उपत्यकामा नै भएकाहरु परिवारसँग रमाइलोका निम्ति नगरकोट, धुलिखेल, हात्तीवन र कुनै खुल्लाचौरमा जान सक्नुहुन्छ । यसैगरी कसैलाई मन्दिर मनपर्छ भने मनकामना, चन्द्रागिरी, दक्षिणकाली जान सक्नुहुन्छ । यसका साथै जनकपुर, पोखरा र हिमाली क्षेत्रका ठाउँहरु पनि रमाइलो छ ।

घुमघामलाई कसरी रमाइलो बनाउन सकिन्छ ?

रुची केमा छ, के गर्दा रमाइलो लाग्छ त्यो आफूमा भर पर्ने कुरा हो । प्रकृतिसँग, होटल, रिसोर्ट, पौडी र खेलहरु के गर्दा आनन्द आउँछ त्यही अनुसार घुम्नुपर्छ । हालको समयमा परिवार के कुरामा रमाउँछ त्यसमा ध्यान दिनुपर्छ । बाहिर जाँदा जसले जे आउँछ त्यही सुनाउने, चित्त दुखेका कुराहरु खोल्ने, परिवारिक गफगाफ गर्ने गर्दा रमाइलो हुन्छ ।

घुम्न मन लागेको तर जान नसकेको ठाउँ चाहिँ कुन–कुन हुन् ?

नेपालमै भएका हिमाली क्षेत्र, विगट ठाउँहरु रुकुम, रोल्पा र गाउँले वातावरणमा छोराछोरीसँगै घुम्ने मन छ तर, जुरेको छैन ।

नेपालमा घुमघामलाई प्रवर्द्धन गर्न के–के गर्नुपर्ला ?

नेपालको राजनीतिक पाटो अस्थिर भएको कारणले पर्यटन वा घुमघामको विकास कम भएको जस्तो लाग्छ । जबसम्म देशको राजनीति स्थिर हुँदैन तबसम्म यस क्षेत्रको प्रवद्र्धन हुन गाह्रो छ । अहिले कोरोनाका कारण सबै होटेल व्यवसायहरु बन्द छन् । ती ठाउँहरु स्वास्थ्य सुरक्षाका निम्ती सरकारले व्यवस्थापन गर्नुपर्छ । घुमघामका लागि सहज वातावरण बनाउनु पर्छ ।

यो पनि पढ्नुहोस्
कैलाश मानसरोवर पुग्ने इच्छा छ
मन मिल्ने साथीसँग घुम्दा रमाइलो हुन्छ
रुकुम, रोल्पा घुम्ने रहर छ : वर्षा राउत



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।