English

महिनावारीका बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा



हिजोआज धेरै महिलाले महिनावारीको बेलामा कपडाको सट्टामा स्यानिटरी प्याड प्रयोग गर्छन् । यद्यपि, गाउँस्तरसम्म भने अझै पनि स्यानिटरी प्याड पुग्न सकेको अवस्था छैन । त्यसैले महिलाहरु कपडा नै प्रयोग गर्न बाध्य छन् ।

प्याड तथा कपडाको प्रयोगले महिनावारीको बेला सहज बनाउँछ । यद्यपि, यसलाई सही तरिकाले प्रयोग गर्न सकिएन भने ठूूलो समस्या पनि निम्त्याउन सक्छ । त्यसैले महिनावारीको बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण शाहको सुझाव यस्तो छ :

–महिनावारी भएको बेला पाठेघरको भित्रितह टुक्रिएर रगतसंगै योनीमार्गबाट बाहिर निष्कासन हुन्छ । यस अवस्थामा निष्कासन भएको रगत लुगा र खुट्टाहरुमा लाग्न नदिन केहि न केहि प्रयोग गर्नै पर्छ । यसका लागि प्याड वा कपडा प्रयोग गर्ने गरिन्छ । यस अवस्थामा पाठेघरको मुख अलिकती खुकुलो हुने भएकोले सरसफाईमा ध्यान पु¥याउनु पर्छ ।

–सफा सुती वा फलाटिनको कपडाको रुमाललाई प्याड बनाउन सके संक्रमण हुने सम्भावना धेरै कम हुन्छ । यस्ता रुमाललाई प्रयोग गरिसके पछि साबुन पानीले धोएर, घाममा राम्ररी सुकाएर पुनः प्रयोग गर्न सकिन्छ ।

–लामो समय सम्म एउटै प्याड वा कपडाको प्रयोग गर्नु हुँदैन यसले इन्फेक्सन हुन सक्छ । शरीरबाट रगतबाहिर निस्किएपछि त्यो दुषित हुन्छ । त्यसैले रगत बगेको बेलामात्र नभई रगत बग्न कम भएको बेला पनि प्याड परिर्वतन गरिरहनु पर्छ ।

–महिनावारी हुँदा देखा पर्ने रगत किटाणूलाई संक्रमण हुन सजिलो हुन्छ । त्यसैले धेरै रगत बगेमा र प्याड तथा कपडा भिजेको अनुभव हुने बित्तिकै फेर्नुपर्छ ।

यो पनि पढ्नुहोस् ।
यी हुन् मृगौलामा पत्थरी हुनुको कारण, कसरी बच्ने ?
यस्ता हुन्छन् दम रोगका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
उमेर नपुग्दै किन फुल्छ कपाल ? कसरी बच्ने ?



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०