English

अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दै



कोरोना महामारीको सङ्कटबीच विद्यालयद्वारा अनलाइनमार्फत भइरहेको पठनपाठनको सिकाइ अपेक्षा अनुसार नदेखिएको गुनासो आउन थालेको छ । अनलाइनमार्फत भइरहेको पठनपाठन अपेक्षा अनुसार नभइरहँदा खासगरी सानो कक्षाका बालबालिकाको पढाइ बिग्रिएको गुनासो अभिभावकको छ ।

धनगढी उपमहानगरपालिकाका अभिभावक टिआर बिनाडीले भने, ‘अनलाइनको सिकाइ कक्षा कोठामा पढाएको जस्तो देखिएन, बालबालिका पहिले सिकेका कुरा पनि बिर्सिन थाले ।’ कोरोना भाइरसको जोखिम फैलिएसँगै बालबालिकालाई विद्यालयमा भौतिक उपस्थिति गराएर पढाउने कार्य लामो समयदेखि ठप्प छ ।

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा कोरोना सङ्क्रमण नफैलिँदै गएको चैत महिनामा लिइएको पहिलो त्रैमासिक परीक्षा र सम्बन्धित विषय शिक्षकले गरेको मूल्याङ्कनका आधारमा विद्यालयले विद्यार्थीको यस वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेका थिए ।

कोरोनाको जोखिमकाबीच सहरी क्षेत्रका धेरै विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको भए पनि अनलाइनको पहुँचमा पुग्न नसकेका विकट र ग्रामीण क्षेत्रका बालाबालिकाको पढाइ यो विधिबाट हुन सकिरहेको छैन । कोरोना जोखिमका कारण लामो समयदेखि विद्यालय बन्द छन् । यद्यपि कोरोना सङ्क्रमण घटेको ग्रामीण क्षेत्रका कतिपय विद्यालयमा भने पछिल्लो केही हप्तायता विद्यार्थीलाई विद्यालयमै भौतिक उपस्थिति गराएर पठनपाठन शुरु गर्न थालिएको छ ।

अनलाइन कक्षा माथिल्लो कक्षाका विद्यार्थीको सिकाइका लागि केही उपयुक्त देखिएको भए पनि सानो कक्षाका बालबालिकाका निम्ति सहज नभइरहेको अनुभव शिक्षकले पनि गरेका छन् । अनलाइनबाट कक्षा सञ्चालन गर्दा शिक्षण गराउने शिक्षक र सिक्ने विद्यार्थीको घरमा अनिवार्य रुपमा मोबाइल वा कम्युटरमध्ये कुनै एक साधन र इन्टरनेटको सुविधा आवश्यक हुन्छ ।

‘कोरोनाको जोखिम देखिँदा अनलाइनमार्फत् पढाउन शुरु गर्यौ’, एक शिक्षकले भने, ‘‘तर अभिभावकबाट पढाइ राम्रो भएन भन्ने गुनासो आउन थाल्यो ।’ अनलाइनमार्फत पढ्ने बालबालिकामा विभिन्न खालका मानसिक र स्वास्थ्यसम्बन्धी समस्या पनि देखिन थालको छ । ‘लामो समयसम्म घरमै बसेर मोबाइल अथवा कम्प्युटर हेरेर अनलाइन कक्षा पढ्नुपर्दा बालबालिकामा आँखासम्बन्धी समस्या देखिको छ,’ धनगढीका अर्का अभिभावक प्रकाश पाण्डेले भने, ‘धेरै बालबालिकाले मोबाइलमा विभिन्न गेम खेल्ने, अनावश्यक साइट हेरेर समय बेथित गर्दा उनीहरुमा मानसिक समस्या देखिने जोखिम बढेको छ ।’

अनलाइन कक्षा माथिल्लो कक्षाका विद्यार्थीको सिकाइका लागि केही उपयुक्त देखिएको भए पनि सानो कक्षाका बालबालिकाका निम्ति सहज नभइरहेको अनुभव शिक्षकले पनि गरेका छन् । अनलाइनबाट कक्षा सञ्चालन गर्दा शिक्षण गराउने शिक्षक र सिक्ने विद्यार्थीको घरमा अनिवार्य रुपमा मोबाइल वा कम्युटरमध्ये कुनै एक साधन र इन्टरनेटको सुविधा आवश्यक हुन्छ । तर धेरै अभिभावक आफ्नो कमजोर आर्थिक अवस्थाका कारण मोबाइल र इन्टरनेटको पहुँच बाहिर रहेका छन् ।

कोरोना फैलिएको शुरुको चरणमा आफ्नै घरका अभिभावकको निगरानीमा बसेर अनलाइन विधिबाट बालबालिकाले सिक्नुपर्ने हुँदा यस्तो सिकाइ प्रभावकारी हुने अपेक्षा गरिएको थियो । बालबालिकाले आफ्नै घरमा अनलाइन कक्षा लिँदा भने प्रविधि बारेको जानकारी नभएका कतिपय अभिभावकलाई भने प्रविधि बारेको सिकाइ भइरहेको छ । ‘शिक्षकले अनलाइन कक्षा कसरी पढाउँदा रहेछन् भन्ने कुरा सिकियो,’ धनगढीकी एक महिला अभिभावकले भने, ‘‘तर छोराछोरीले अनलाइन कक्षामा ध्यान दिएर नपढ्दा उनीको पढाइ बिग्रिदै छ कि भन्ने अनुभव भएको छ ।’ कोरोनाको सङ्क्रमण हुने दर उच्च रहेकोे वैशाख र जेठ महिनामा शिक्षकका साथै बालबालिकामा कोरोना सङ्क्रमण भएपछि विद्यालयद्वारा अनलाइन कक्षासमेत बन्द गर्नुपरेको थियो ।

कैलालीसहितका कतिपय जिल्लामा कोरोना भाइरसको रोकथामका लागि जारी निषेधाज्ञा पछिल्ला हप्तामा केही खुकुलो पारिएको भए पनि कोरोनाको जोखिम हुने भन्दै धेरै जिल्लामा विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्ने अनुमति दिइएको छैन । निजी विद्यालयको सङ्गठन ‘प्याब्सन’ कैलालीका वरिष्ठ उपाध्यक्ष टोपेन्द्र शाह अनलाइनमा कक्षा ७,८,९,१० सम्मका विद्यार्थीको सिकाइ केही सहज हुने भए पनि नर्सरीदेखि ६ कक्षा सम्मका नानीहरुलाई सिकाइ गर्न निकै कठिन भएको अनुभव सुनाए ।

‘‘यो विधिमा सबै विद्यार्थी समेटिएका छैनन्, साना बालाबालिकाको सिकाइ राम्रो भएन भन्ने गुनासो पनि आइरहेको छ ।’ उनले भने, ‘कोरोना भाइरसको समस्यासँगै शिक्षा क्षेत्र अन्योल र अस्तव्यस्त भएको छ, यो समस्या समाधान नभएमा धेरै निजी विद्यालय बन्द हुने अवस्था छन् ।’

यो पनि पढ्नुहोस्
लाइसेन्सको परीक्षा भदौ पहिलो साताबाट गर्ने विभागको तयारी
यी हुन् उत्कृष्ट मावि, कुन कलेजमा कति छ शुल्क ?
बोर्ड भन्छ, ‘कक्षा १२ को परीक्षा हुन्छ तर, टुंगो लागेको छैन’
परीक्षा दिँदै सात दिनकी सुत्केरी
खुट्टाले लेखेर कक्षा ११ को परीक्षा दिँदै याम



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested