English

पर्यटक पर्खदै बुद्ध जन्मस्थल लुम्बिनी



कोरोनाको महामारी नभइदिएको भए यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक अटाई–नअटाई हुने थिए । एक त लुम्बिनी विश्वका बौद्धमार्गीहरूको आस्थाको केन्द्र, अर्को कुरा नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले नेपाल आएका विदेशी पर्यटकमध्ये अधिकांश त कम्तीमा एकपटक लुम्बिनी पुग्ने चाहना राख्थे नै । यी सबै सम्भावनाहरुलाई विश्वभर फैलिएको महामारीले असम्भव बनाइदिएको छ ।

त्यसैले यतिखेर विश्वप्रसिद्ध यो पवित्रस्थल पर्यटक पर्खिएरै बस्न बाध्य छ । नेपाल करिब डेढ वर्षयता देखि ठप्प प्रायः नै छ । कोरोना महामारीको पहिलो लहर सुरु भएदेखि बन्दाबन्दीमा पुगेको देश अझै पूर्ण रुपमा खुल्न सकेको छैन । महामारी फैलिएसँगै बन्द भएको लुम्बिनी पनि पूर्ण रुपमा खुल्न नपाई फेरि बन्द हुन पुगेको छ । महामारीको दोस्रो लहरपछि साउन २७ गते बिहीबारदेखि लुम्बिनी पुनः खुलेको छ । लुम्बिनी खुले पनि यहाँ आउने विदेशी पर्यटकका उडान या अरू पहुँचहरु भने बन्द नै छन् । 

कोरोना महामारी फैलिएसँगै आन्तरिक तथा बाह्य पर्यटक आवागमन बन्द भएपछि लुम्बिनी सुनसान जस्तै रह्यो । महामारीअघि लुम्बिनी आउने पर्यटकको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको थियो । सन् २०१२ मा सात लाख पर्यटक आएको लुम्बिनीमा सन् २०१९ सम्म आइपुग्दा १६ लाख पर्यटक आएका थिए । 

जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर प्रवेश गर्न दिइने भएपछि मन्दिर खुल्ला गरिएको हो । कोरोना महामारीलाई ध्यानमा राखेर बिस्तारै अन्य विहारसमेत खोल्नका लागि अनुरोध गरिने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।

मायादेवी मन्दिर पूर्णरुपमा खुलेपछि यहाँका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । मायादेवी मन्दिर खुल्ला भएसँगै आन्तरिक पर्यटकहरु लुम्बिनी आउने क्रम सुरु भएको लुम्बिनी होटेल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए ।  पर्यटकहरूको आवागमनलाई ध्यानमा राख्दै पर्यटन व्यवसायीले पनि आफ्ना व्यवसायलाई पुनः व्यवस्थित तरिकाले सञ्चालन गरेको उनको भनाइ छ । ‘कोरोना महामारीलाई ध्यान दिएर स्वास्थ्य मापदण्ड पालन गरी पर्यटकलाई सेवा दिएका छौँ ’ उनले भने । होटेल सङ्घका अनुसार लुम्बिनीमा सानाठूला गरी ८० भन्दा बढी होटेल छन् ।

कोरोना महामारी फैलिएसँगै आन्तरिक तथा बाह्य पर्यटक आवागमन बन्द भएपछि लुम्बिनी सुनसान जस्तै रह्यो । महामारीअघि लुम्बिनी आउने पर्यटकको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको थियो । सन् २०१२ मा सात लाख पर्यटक आएको लुम्बिनीमा सन् २०१९ सम्म आइपुग्दा १६ लाख पर्यटक आएका थिए । 

पर्यटक आवागमनको रफ्तार बढिरहेका बेला कोरोना महामारीले लुम्बिनी पछिल्लो डेढ वर्ष करिब सुनसान जस्तै रह्यो । यद्यपि, कोरोनाको पहिलो लहर सकिएर दोस्रो लहर सुरु हुनुअघिको बीचको समयमा स्वदेशीसहित करिब तीन लाख पर्यटकले लुम्बिनी घुमे । त्यही बीचमा दुई सय ५३ जना विदेशी पर्यटक आए भने ५० हजारको हाराहारीमा भारतीय पर्यटकले लुम्बिनी घुमे । बाँकी स्वदेशी पर्यटक थिए ।

लुम्बिनी विकास कोषले भने लकडाउनकोे सदुपयोग गर्दै केही सौन्दर्यसम्बन्धी काम सम्पन्न गरेको छ भने केहीलाई निरन्तरता दिएको छ । लामो समयपछि पर्यटकहरु आउँदा उनीहरुलाई केही नौलो अनुभूति होस् भन्नका लागि सौन्दर्यसम्बन्धी काम गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी )ले बताए । 

नेपालमा बन्दाबन्दी खुले पनि उक्त समय संसारका थुप्रै देशमा लकडाउन कायमै थियो भने कतिपय देशमा महामारीले अर्को रुप लिँदै थियो । त्यसका बाबजुद पनि यो वर्ष ब्राजिलका ५०, जर्मनीका १७, फ्रान्सका १६, रसियाका २३ र अमेरिकाका ३० जना विदेशी पर्यटकले लुम्बिनी घुमेका छन् । महामारीबीच तीन लाख पर्यटकले लुम्बिनी घुम्नु सामान्य विषय होइन यसले लुम्बिनी घुम्न पर्यटकहरु लालायित छन् भन्ने देखाएको छ ।

दोस्रो लहरपछि लुम्बिनी खुले पनि भर्खरै विदेशी पर्यटकहरु आउने सम्भावना छैन । भारत र नेपालमा तेस्रो लहरका सङ्केतहरु देखिएका छन् । युरोप, अमेरिका लगायतका मुलुकमा सङक्रमणले नयाँ लहर देखिन थालेको छ । लुम्बिनी आउने पर्यटकको ठूलो स्रोत मानिने  श्रीलङ्कामा पनि सङ्क्रमण कायमै छ । 

लुम्बिनी आउने पर्यटकको ठूलो स्रोत मानिने चीन, म्यान्मा, श्रीलङ्का र थाइल्यान्ड जस्ता बौद्ध मुलुकहरुले भ्रमणका लागि आफ्ना नागरिकलाई बाहिर जान अनुमति दिएका छैनन् । दोस्रो लहरले नेपाललाई आक्रान्त पारेको खबर संसारभर फैलिएका कारण पनि तत्काल पर्यटकहरु घुम्न आउने सम्भावना निकै कम रहेको विश्लेषण गर्नुहुन्छ कोषका सूचना अघिकृत राजन बस्नेत । रुपन्देही, नवलपरासी र कपिलवस्तुका पर्यटकबाहेक बाहिरी जिल्लाका पर्यटकहरु निकै कम आएको उनको भनाइ छ । यद्यपि, कोरोनाविरुद्धकोे खोप अभियान चलिरहेकाले तेस्रो लहरले उग्ररुप नलिए भारतीय र स्वदेशी पर्यटक आउने आशा व्यवसायीलाई छ ।

अब लुम्बिनी घुम्ने यामसमेत सुरु हुने बेला भएकाले तयारी गरिएको व्यवसायीहरु बताउँछन् । पर्यटक आउने आशामा कोरोना सङ्क्रमणको रोकथामका लागि होटेलहरुलाई पटकपटक स्यानिटाइजेशन गर्ने, पहिलाको तुलनामा सरसफाइलाई बढी जोड दिने, कोठा तथा हातको प्रयोग हुने सामग्रीमा स्यानिटाइजेशन गर्ने काम भइरहेको छ । राम्रो सरसफाइ गरी होटेल, माला, पसल तथा अन्य व्यवसायलार्ई चिटिक्क पारेर पर्यटकहरुलाई स्वागत गरिएको लुम्बिनी पर्यटन व्यवसायी सङ्घका सचिव पिन्टु बनियाले बताए ।

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि ट्राभल एजेन्सीहरु पनि प्रभावित छन् । छोटो दूरीका सवारी साधन तथा होटेलमा सामान्य बुकिङ भए पनि तेस्रो चरणको कोरोनाको प्रभाव यकिन गर्न नसक्दा व्यवसाय प्रभावित भएको छ भन्नुहुन्छ, नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्ट लुम्बिनी प्रदेश उपाध्यक्ष रचना पन्त । सरकारले पर्यटन प्रवद्र्धनका लागि कर्मचारीलाई १० दिन बराबरको पारिश्रमिक रकमसहित पर्यटन काज बिदा दिने निर्णयले पर्यटन व्यवसायी हौसिए पनि कोरोनाको प्रभाव नहराएका कारण व्यवसाय लयमा फर्कन नसकेको उपाध्यक्ष पन्तको भनाइ छ । उनका अनुसार लुम्बिनी प्रदेशमा झन्डै दुई सय टुर एन्ड ट्राभल्स एजेन्सी छन् ।

केन्द्रीय नहरमाथि बनाइएका आर्क ब्रिज र छेउमा निर्मित मण्डलाहरुको पनि सफाइ गरिएको छ । केन्द्रीय नहरको दुवैतर्फ लहरै रहेका कदमको रुखमुनि फूल फुलाएर सिङ्गारिएको छ । बगैँचाहरु सफा गरिएको छ भने पैदलमार्गहरु मर्मत गरिएको छ । नयाँ लुम्बिनीग्राम क्षेत्रमा सारस लगायतका पक्षी र जनावरहरुको संरक्षणका लागि पोखरी बनाएर सिमसार क्षेत्रको विकास गरिएको छ । जहाँ सारसका बच्चा हुर्किरहेका छन् । 

लुम्बिनी विकास कोषले भने लकडाउनकोे सदुपयोग गर्दै केही सौन्दर्यसम्बन्धी काम सम्पन्न गरेको छ भने केहीलाई निरन्तरता दिएको छ । लामो समयपछि पर्यटकहरु आउँदा उनीहरुलाई केही नौलो अनुभूति होस् भन्नका लागि सौन्दर्यसम्बन्धी काम गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी )ले बताए । 

उपाध्यक्ष मेत्तेयका अनुसार लुम्बिनी परिसरबाहिर रहेको महिलवारस्थित ५ नं प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रङ्गीन इँटा बिछ्याइएको छ । यसअघिको कालोपत्र सडक भत्काएर रङ्गीन इँटा बिछ्याउँदा मायादेवी मन्दिरतर्फ जाने यो सडक निकै सुन्दर देखिएको छ । पर्सा चौराहादेखि महिलासम्मको सडक चार लेन बनाएर रङ्गरोगन गरिएको छ । यसअघि साँघुरो रहेको उक्त सडक फराकिलो भएपछि अहिले लुम्बिनीको बाहिरी रुप परिवर्तन भएको आभास हुन्छ । ५ नं प्रवेशद्वारबाट मायादेवी मन्दिर जाने सडकको दुवैतिर लहरै राखिएका इटालियन पोलमा बालिएका बत्ती रातिको समयमा मनमोहक देखिन थालेका छन् ।

यसअघि रातिको समयमा लुम्बिनी भ्रमण असहज रहेकामा बत्तीको व्यवस्थाले लुम्बिनी भ्रमण निकै सहज भएको छ । मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर विभिन्न ठाउँमा फूल फुलाइएको छ । पवित्र कुण्ड सफा गरिएको छ । माटो भरेर प्राचीन बोधी वृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पुरातात्विक संरचनाहरुको मर्मतसम्भार गरिएको छ ।

यो पनि पढ्नुहोस्
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)

मायादेवी मन्दिरदेखि शान्तिदीप जाने सडकका दुवै किनारामा पनि इटालियन पोलसहितका सडक बत्ती जडान गरेर आकर्षक बनाइएको छ । केन्द्रीय नहरको पानी सफा बनाइएको छ भने दुवैतिर टुटेफुटेका इँटा मर्मत गरेर चिटिक्क पारिएको छ । इँटा छापेर बनाइएका सडक, बत्ती, फूल र सफा गरिएको पानीमा त्यसको प्रतिबिम्ब निकै मनमोहक देखिन थालेको छ । सफा गरिएका सम्पदाहरु निकै आकर्षक देखिएका छन् । शान्ति दीपबाट केन्द्रीय नहरतिर फर्केर तस्वीर खिच्दा डेढ किलोमिटर टाढा रहेको शान्ति स्तूपा प्रस्ट देखिन थालेको छ । 

केन्द्रीय नहरमाथि बनाइएका आर्क ब्रिज र छेउमा निर्मित मण्डलाहरुको पनि सफाइ गरिएको छ । केन्द्रीय नहरको दुवैतर्फ लहरै रहेका कदमको रुखमुनि फूल फुलाएर सिङ्गारिएको छ । बगैँचाहरु सफा गरिएको छ भने पैदलमार्गहरु मर्मत गरिएको छ । नयाँ लुम्बिनीग्राम क्षेत्रमा सारस लगायतका पक्षी र जनावरहरुको संरक्षणका लागि पोखरी बनाएर सिमसार क्षेत्रको विकास गरिएको छ । जहाँ सारसका बच्चा हुर्किरहेका छन् । 

यस्तै गुरुयोजनको लुम्बिनी ग्राम क्षेत्रभित्र फलफूलका बिरुवा रोपेर हुर्काइएको छ । करिब सम्पन्न हुन थालेको पाँच हजार अट्ने सभाहलले लुम्बिनीको आकर्षण थपेको छ । पर्सादेखि लोखडिया चोकसम्मको सडकको दुवैतिर बगैँचा निर्माण गरेर सिङ्गार्न थालिएको उपाध्यक्ष मेत्तेयले बताए । यसले पर्यटकलाई थप आकर्षण गर्ने छ । पवित्र उद्यान क्षेत्र घेर्ने परिक्रमा पोखरी सफा गरेर सौन्दर्यसम्बन्धी कामसमेत भइरहेको छ । 

सौन्दर्यसम्बन्धी कामसँगै अन्य पूर्वाधार निर्माणका कामसमेत अहिले भइरहेका छन् । महामारी पूर्ण रुपमा अन्त्य भएपछि आउने स्वदेशी विदेशी पर्यटकले लुम्बिनीमा फरक अनुभूति गर्ने गरी लुम्बिनी सिङ्गार्ने काम भइरहेको विकास कोषले जनाएको छ । 

यो पनि पढ्नुहोस्
अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन