English

स्वस्थ जीवनका लागि हप्तामा कतिपटक सेक्स गर्ने ?



यौनसम्पर्क गर्नुको अनेकौं फाइदा छन् । नियमित सेक्स गर्नाले विभिन्न रोगसँग लड्ने शक्ति बढाउँछ । अध्ययनका अनुसार नियमित यौन सम्पर्कले स्तन र प्रोस्टेट क्यान्सरको जोखिमलाई कम गर्छ । साथै, मुटु बलियो हुने र तनावको खतरालाई पनि कम गर्छ । आरकाइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार पछिल्लो दशकको तुलनामा अमेरिकाका मानिसमा सेक्सप्रतिको लगाव कम भएको छ ।

सन् २०१० देखि २०१४ सम्ममा अमेरिकाका मानिसले सन् २००० भन्दा २००४ को तुलनामा ९ गुणा कम सेक्स गरेका छन् । सेक्समा कमी विवाहितहरुमा धेरै भएको पाइयो, जो सँगै हुन्थे । तिनीहरुमा प्रत्येक वर्ष १६ पटकसम्म यौनसम्पर्क कम हुँदै गयो ।

कामलाई धेरै समय दिने र नियमित उत्तरदायित्वलाई सम्हाल्नु यसको मुख्य कारण भएको देखियो । साथै इन्टरनेटमा भएका मनोरञ्जनका साधनहरुका कारण पनि खालि समय नहुनाले कमी आएको भेटियो । यो तथ्यको मतलव यो पक्कै पनि होइन कि हामी यस्तो युगमा बाँचिरहेका छौं जहाँ यौन सम्पर्क हुँदैन ।

किनकी औसत एक व्यक्तिले वर्षमा ५४ पटकसम्म यौन सम्पर्कको आनन्द लिन्छन् । यसको मतलव हो कि हप्तामा एकपटक भन्दा केही बढी । त्यहि एक साथ रहने विवाहित जोडी सालमा ५१ पटकसम्म यौनसम्पर्क गर्छन् ।

सेक्स कति पटक गरिदैँछ । यसले त्यो बेलासम्म फरक पर्दैन जबसम्म तपाई र तपाईको पार्टनर यसले सन्तुष्ट हुन्छन् । अध्ययनकर्ताका अनुसार हप्तामा एक पटक यौनसम्पर्क गरेर पनि खुशी रहन सकिन्छ ।

हप्तामा कतिपटक यौन सम्पर्क गर्नाले सम्बन्धमा सन्तुष्टि र स्वास्थ्यको दृष्टिकोणले ठीक मानिन्छ ? हप्तामा एकपटक भन्दा धेरै सेक्स गर्नाले त्यति धेरै खुशी नमिल्न नि सक्छ जति एकपटकको यौन सम्पर्कले दिन्छ । यदि तपाईँ धेरैपटक यौन सम्पर्क गर्न चाहनुहुन्छ भने फ्रेशनेसका लागि तरिकामा परिवर्तन ल्याउनुपर्छ र नयाँ एक्सपेरिमेन्टहरु गरिरहनुपर्छ ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०