English

आँखामा देखिने समस्याबाट कसरी बच्ने ?



आँखा शरीरको संवेदनशिल अंग हो । पछिल्लो समय मोबाइल, टेलिभिजन, कम्प्युटर, ल्यापटप जस्ता ग्याजेट्सको प्रयोगले आममानिसमा आँखासम्बन्धि समस्या बढ्न थालेको छ । साथै, वातावरणीय प्रदूषण, अव्यस्थित सहरीकरण, धुवाँ धुलोले आँखालाई प्रत्यक्ष असर गरिरहेको हुन्छ । जसकारण आँखा पोल्ने, सुख्खा हुने, बिझाउने, दुख्ने र कमजोर हुने लगायतका थुप्रै समस्या निम्तिन सक्छ । त्यसो त यस्ता समस्याबाट आँखालाई कसरी जोगाउने ? भन्ने बारे तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. बेन लिम्बुको सुझाव यस्तो छ :

– साना बालबालिकादेखि वृद्धवृद्धासम्मले आँखालाई सुरक्षित राख्न सन्तुलित आहार खानुपर्छ । विशेषगरी भिटामिन ‘ए’ पाइने खानेकुरा जस्तै ः हरीयो सागसब्जी, फलफुल र माछामासु खाने ।

– व्यायाम र आँखाको स्वास्थ्य एकअर्कासँग सम्बन्धित छन् । त्यसैले सबै उमेरसमुहका व्यक्तिले नियमित व्यायाम गर्नाले पनि आँखाको समस्याबाट बच्न सकिन्छ ।

– धुलो धुवाँमा काम गर्ने व्यक्तिले आँखालाई सुरक्षित राख्न चस्माको प्रयोग गर्ने ।

– ट्राफिक प्रहरी, वाइल्डिङको काम गर्ने व्यक्ति वा अन्य कोही बाहीर धुवाँ धुलोमा काम गर्ने मानिसहरुले काम बाट फर्किएपछि सफा पानीले आँखा सफा गर्ने ।

– आँखाको वरपर मासुहरु पलाएको छ भने त्यसलाई हेल्चेक्राइँ नगरी समयमै अस्पताल गएर सम्बन्धित चिकित्सकको सल्लाह लिँदा क्यान्सर जस्ता जटिल रोगहरुबाट बच्न सकिन्छ ।

– मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल भएका व्यक्तिहरुले त्यसलाई नियन्त्रणमा राख्ने ।

– धेरै लामो समय मोबाइल तथा कम्प्युटरमा काम गर्ने व्यक्तिहरुले २० नियम लागू गर्ने । जसको अर्थ हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हेर्ने ।

– सुतेर मोबाइल तथा ल्यापटप चलाउँदा आँखा धेरै खुल्छ । जसले आँखा सुख्खा हुन्छ । त्यसैले आँखाको लेबल भन्दा तल ग्याजेटहरु हेर्दा आँखालाई त्यति असर गर्दैन ।

– आँखा सुख्खा हुने समस्या छ भने कृतिम आँसु आईड्रपको प्रयोग गर्ने ।

– कम्प्युटरबाट निस्कने ब्लु लाइटले पनि आँखालाई असर गर्छ । त्यसैले लामो समय कम्प्युटरमा काम गर्ने व्यक्तिहरुले ब्लुकट चस्मा लगाउने ।

– सकेसम्म ६ महिनादेखि १ वर्ष भित्रमा आँखा जाँच गराउनु पर्छ । यसले आँखामा केही समस्या छ भने समयमा पत्ता लाग्छ र समयमा नै उपचार हुन्छ ।

यो पनि पढ्नुहोस् ।
यी हुन् मृगौलामा पत्थरी हुनुको कारण, कसरी बच्ने ?
यस्ता हुन्छन् दम रोगका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
उमेर नपुग्दै किन फुल्छ कपाल ? कसरी बच्ने ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।