English

यी हुन् नियमित सेक्स गर्नुका ८ फाइदा



हाम्रो समाजमा यौनबारे कुराकानी गर्न संकोच मानिन्छ । यद्यपि, सेक्सले सम्बन्ध मजबुत बनाउनदेखि शारीरिक तथा मानसिक रुपमा फूर्तिलो बनाउन धेरै हदसम्म सहयोग गर्छ । विभिन्न अध्ययनका अनुसार नियमित यौनसम्पकले उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुरोगको सम्भावनालाई कम गर्छ । साथै, मानसिक तनाबमा पनि कमी ल्याउँछ । जो व्यक्ति नियमित यौन सम्पर्क गर्छ ऊ बिरामी हुने सम्भावना निकै कम हुन्छ । त्यसैले यहाँ सेक्स गर्नुका ८ वटा फाइदाका बारेमा चर्चा गरिएको छ ।

फिट रहन

नियमित यौन सम्पर्कले आनन्द मात्र दिँदैन यसले शरीरमा बेला रक्तसञ्चार बढाएर शारीरिक रुपमै फिट रहन मद्धत गर्छ ।

इम्युन पावर बढाउँछ

पछिल्लो एक अनुसन्धानका अनुसार यौनसम्पर्क गर्नुपूर्व व्यायाम गर्नाले सकारात्मक प्रभाव पर्छ । त्यसका साथै ताजा र स्वस्थ–स्फुर्त महशुस हुन्छ । यौनसम्पर्कले इम्युन सिस्टमलाई बढाउने भएकाले रोग लाग्ने सम्भावना कम रहन्छ ।

हृदयघातबाट बचाउँछ

यौन सम्पर्क गर्दै गर्दा तपाईको हृदय सम्पूर्ण रुपले प्रफुल्ल भए सबै कोष–कोषमा रक्तसञ्चार हुने भएकाले यसले हृदयघातको सम्भावना कम गर्दछ । प्राप्त जानकारी अनुसार हप्तामा दुईपटक यौनसम्पर्क गर्नाले हृदयघातको सम्भावना निकै कम हुन्छ ।

उच्च रक्तचाप नियन्त्रण

यौन सम्पर्क र रक्तचापमा आपसी सम्बन्ध हुने गरेको पाइएको छ । यसले रक्तचापलाई सन्तुलनमा ल्याउन ठुलो भूमिका खेल्छ । नियमित यौनसम्पर्कले शरीरका सबै अंगलाई पूर्ण रुपमा चलाउने हुँदा यो एउटा राम्रो शारीरिक कसरत सावित हुन्छ ।

प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ

पुरुषले महिनामा २१ पटक यौनसम्पर्क गर्नु उपयुक्त मानिन्छ । जसले प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ ।

दुखाई कम गर्छ

दुखाई कम गर्न हामी विभिन्न चक्की खाने गर्छौ तर अनुसन्धानले नियमित यौन सम्पर्कले पेन किलरको काम गर्ने समेत पाइएको छ ।

मानसिक तनाब कम गर्छ

यौन सम्पर्कका बेला चुम्बन गर्ने, अंगालो हाल्ने, शरीरका विभिन्न अंगमा छुने चलाउने गर्ने भएकाले सबैखाले मानसिक पीडा हट्छ ।

राम्रो निद्रा

यौन सम्पर्क गरेपछि प्रोलेक्टिन हार्मोन बढेर जान्छ र आरामको महसुस भइ गहिरो निद्रा आउँछ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्