English

‘मैले यसरी जितेँ स्तन क्यान्सर !’




आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले भनिन्– ‘दाई तपाईको टि–सर्टमा त रगत लागेको छ ।’ नर्सको कुरा सुनेर ज्ञानबहादुरले छाती तिर हेर्दा रगतको टाटो देखे, सोचे ‘निन्द्रमा कन्याउँदा रगत लाग्यो होला ।’

नर्सको कुरालाई त्यति ध्यान नदिइ उनि घर फर्किए बेलुका टि–सर्ट खोलेर हेर्दा दिउँसको भन्दा बढी रगत टि–सर्टमा लागेको देखे । घाउ भएर रगत आएको शंकामा शरीरमा घाउ खोजे तर भेटेनन् ।
के भएको होला भनेर आत्तिएर, आफूलाई टि–सर्टमा रगत लागेको भन्दै सतर्क गराउने नर्सलाई भोलिपल्ट सोधे । नर्सले ज्ञानबहादुरलाई नआत्तिन भन्दै जँचाउन सल्लाह दिइन् ।

सन् २०१७ मा उनको दायाँ स्तनबाट पानीको थोपा निस्कने समस्या देखिएको थियो । त्यो बेला उनले चिरायू अस्पतालमा सबै चेकजाँच गराए । डाक्टरले सबै सामान्य भएको भन्दै औषधि लेखिदिए । औषधि लेख्दै गर्दा डाक्टरले ‘सबै सामान्य छ तर छाती नमिच्नु, नअठ्याउनु भनेका थिए’ । सोही कारणले कन्याउदा नङले कोतारिएर रगत आएको हुन सक्ने अनुमान गरे ।

नर्सले ज्ञान बहादुरलाई परिक्षण गर्ने सल्लाह दिएपछि टिचिङमा नै सबै परीक्षण गरे । परीक्षण पछि आएको नतिजा असामान्य थियो ।

परीक्षण पछि थाहा भयो उनलाई स्तन क्यान्सर भएको रहेछ । स्तन क्यान्सर भएको थाहा पाउने ज्ञानबहादुर नेपालका पहिलो पुरुष हुन् ।

पहिलो लकडाउनको बेला बिमारी परेको साथी कुरुवा बस्न शिक्षण अस्पताल गएको बेला ज्ञानबहादुरको रोग पत्ता लागेको थियो । उनले सोही अस्पतालकी क्यान्सर रोग बिशेषज्ञ डा. सुजिता हिराचनलाई भेटेर उपचार शुरु गरे ।

बायोप्सी लगायतका सबै परीक्षण गरेपछि उनको दायाँ स्तनमा क्यान्सर देखियो । आफूलाई स्तन क्यान्सर भएको कुरा उनलाई स्वीकार्न गाह्रो भयो । बिशेषतः महिलाहरुलाई स्तन क्यान्सर भएको उनले धेरै पटक सुनेका थिए तर पुरुषलाई स्तन क्यान्सर भएको समाचारमा मात्र पढेका थिए, आफू त्यही क्यान्सरको बिरामी हुँदा अचम्ममा परे ।

डा. सुजिताले रिपोर्ट हेरेर ज्ञानबहादुरलाई पहिलो स्टेजको क्यान्सर भएकोले अप्रेसन गर्नुपर्ने बताए । त्यो समय कोरोना भाइरस संक्रमण फैलिने संत्रासले गर्दा अस्पतालले पनि आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेका थिए । चाँडै पत्ता लागेको रोगको उपचार पनि चाँडै गर्न पाए छिटो निको हुन्छु भन्ने आत्मविश्वास उनमा थियो । असार ३० गते उनको शल्यक्रिया भयो ।

डा.सुजिताले अप्रेसन एक घण्टामा सकिन्छ आत्तिनु पर्दैन भन्नुभएको थियो तर उनको अप्रेसन सकिन लगभग ६ घण्टा लाग्यो । शल्यक्रिया पश्चात् उनी एक हप्ता अस्पतालमै बसेर डिस्चार्ज भए ।

अप्रेसन सकिएको एक महिना पछि उनको किमो थेरापी शुरु भयो । किमोको बेला औषधीले गरेको रियाक्सन सम्झँदै ज्ञानबहादुर भन्छन्– ‘पहिलो किमो दिएपछि धेरै गाह्रो भयो । किमो दिएर फर्किए पछि एक हप्तासम्म घरबाट बाहिर निस्किनै सकिन, खाना नरुच्ने, कसैले बोल्दा पनि झर्को लाग्ने गरेको थियो ।’

हालै उनको आठौं चरणको किमोे सकिएको छ । अप्रेसन र किमोको मात्रा सकिए पछि उनको रेडियो थेरापी भने बाँकी रहेको छ ।

उपचार

सरकारले क्यान्सर बिमारीहरुलाई उपचार खर्च बापत १ लाख रुपैया दिदै आईरहेको छ । उक्त १ लाखले क्यान्सरको उपचार खर्च प्रर्याप्त नहुने उनी बताउँछन् । क्यान्सरको उपचार खर्च महंगो छ त्यसैले सरकारले दिने उपचार खर्च बढाउनु पर्छ । शिक्षण अस्पतालमा अप्रेसन र किमो गरेका ज्ञानबहादुरका अनुसार सरकारी अस्पतालहरुले पनि नीजि अस्पतालहरुले भन्दा पनि राम्रो उपचार गर्न सक्छन् ।

आत्मविश्वास

ज्ञानबहादुर आफू जस्तै अन्य क्यान्सरका बिमारीहरु धेरै आत्तिएको, डराएको देखे, तर क्यान्सर रोग लाग्दैमा धेरै आत्तिनु र डराउनु पर्दैन । बेलैमा उपचार गर्यो भने यो रोग पनि अन्य रोगहरु जस्तै निको हुन्छ ।
आफूले आत्मविश्वास निकै दह्रो बनाएको कारण स्वास्थ्यमा चाँडो सुधार भएको बताउँछन् । क्यान्सर भन्ने बित्तिकै मानिसहरु धेरै आत्तिन्छन् तर आत्तिनु पर्दैन । क्यान्सरको उपचार सफल गरेर अहिले स्वस्थ जिवन बाच्नेहरु थुप्रै छन् ।

उनको सल्लाह के पनि छ भने जो कोहीले पनि वर्षमा कम्तिमा पनि एक पटक पूरै शरीरको परीक्षण भने गर्नुपर्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।