English

वि विल राइज फाउन्डेसनद्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण



वि विल राइज फाउन्डेसनले नेपाल सरकारलाई सहयोग स्वरुप ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वि विल राइजको सहकार्यमा करिब ५० लाख रुपैयाँ बराबरको उक्त सामाग्री प्रदान गरिएको हो ।

फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ र संचालन निर्देशक अनुप कुमार बरालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । एकपछि अर्को कोरोनाको लहरबाट ग्रुजिरहेको नेपाललाई त्यससँग जुध्न सहयोग पुगोस् भन्ने हेतुले अक्सिजन कन्सन्ट्रेटर सहयोगका लागि पहल गरिएको फाउन्डेसनका संस्थापक तुलसी कुमार गुरुङले बताए ।

‘ज्यान जहाँ रहेपनि मन त नेपालमै छ,’ हाल हङकङमा रहेका गुरुङले भने, ‘कुनैपनि कोरोना संक्रमित नेपालीले अक्सिजन अभावमा मृत्युवरण गर्नु नपरोस् भन्ने सोचले कन्सन्ट्रेटर सहयोगको पहल गरेका हौं ।’ हङकङेलीहरुले नेपाललाई आइपर्ने प्रत्येक आपतबिपतमा सहयोग गरिरहेको स्मरण गर्दै पछिल्लो सहयोगका लागि हातेमालो गर्ने सिल्क रोड इन्टरनेसनल फाउन्डेसनप्रति पनि आभार व्यक्त गरे ।

भिडियाे हेर्न माथि क्लिक गर्नुहोस् ।

‘वि विल राइज फाउन्डेसन जस्ता संस्थाहरुको सहयोगले कोरोनालाई परास्त गर्न सहयोग पुग्नेछ,’ सहायता सामग्री ग्रहण गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सिंहले भने, ‘यो सहयोगका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दछु ।’ भूकम्पपछि स्थापित फाउन्डेसनले स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको छ ।

स्थापना वर्षमै यसले सिन्धुपाल्चोकमा भूकम्पले ढलाएका घर र विद्यालयको पुनःनिर्माण गरेको थियो । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका पर्यटकीय थलोहरुको प्रर्वद्धनका निम्ति पछिल्लो समय यसले ‘मेरो गाउँ, मेरो ठाउँ’ शिर्षकमा भिडियो च्यालेन्ज समेत गर्दै आएको छ । यद्यपि, कोरोना महामारीका कारण यसले निरन्तरता पाउन नसकेको फाउण्डेसनका निर्देशक एवं कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

यो पनि पढ्नुहोस् ।
राइज मिडियाको पहलमा मेलम्ची बाढी पीडितलाई सहयोग
राइज मिडियाका अध्यक्ष गुरुङ ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट सम्मानित
राइज मिडियाकर्मी निमा ल्हामु शेर्पाद्वारा सगरमाथाको सफल आरोहण
राइज मिडिया नेटवर्कको झन्डा सगरमाथामा फहरिने



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।