English

निषेधाज्ञामा थप कडाई– पसल साँझ ७ बजेसम्म र सवारीसाधन बेलुका ८ बजेसम्म मात्र चलाउन पाइने



काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्बिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले निषेधाज्ञालाई केही कडाइ गर्दै लम्ब्याउने निर्णय गरेको हो ।

बिहिबारबाट लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन बेलुकी ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने र पसल साँझ ७ बजेसम्म मात्र खोल्न पाइने आदेशमा जनाइएको छ । यसैगरी, अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेव अवे वा होम डेलिभरी पनि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्ममात्र गर्न पाइने आदेशमा उल्लेछ । त्यस्तै, सभा सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, विद्यालय मनोरन्जन स्थल, संग्रहालय, रंगशालालाई खोल्न अझै प्रतिबन्ध लगाइएको छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested