जिउँदा ओलम्पियन नामसिंह भन्छन्, ‘नेपालले एउटामात्र पदक जितेको भए मेरो मन शान्त हुन्थ्यो’
नेपालले सन् १९६४ मा पहिलोपटक अन्तर्राष्ट्रिय खेलको महासंग्राम ओलम्पिकमा सहभागिता जनाएको थियो । उबेला ६ नेपाली खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गरेका थिए । तिनै मध्येका एक हुन्– नामसिंह थापा ।
आइतबार टोकियोमा ३२ औं ग्रीष्मकालीन ओलम्पिक सम्पन्न भयो । ५७ वर्ष अघि जापानमै आयोजित १८ औं ओलम्पिकमा नामसिंहले बक्सिङमा प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिताले नामसिंहको ध्यान नखिच्ने कुरै भएन । उनको ठूलो अपेक्षा समेत थियो, ‘नेपालले एकमात्र पदक जितिदिए हुन्थ्यो,’ उनले भने, ‘मेरो सास रहुन्जेल नेपालले ओलम्पिकमा एकमात्र पदक जिते मन शान्त हुने थियो ।’ यद्यपि, यो ओलम्पिकले पनि उनको चाहना पुरा गर्न सकेन ।
केही वर्ष पहिले भुपेन्द्रको निधनसँगै ओलम्पिकमा सहभागि पहिलोपुस्ताको अन्त्य भएको खबर आयो । त्यो खबरले उनलाई निकै दुःखी बनायो ।
पहिलो ओलम्पिकमा सहभागि हुँदा नामसिंह थापा गोर्खा राइफल (बेलायती सेना) हङकङमा कार्यरत थिए । उनीसँगै बक्सर रामप्रसाद गुरुङ, ओमप्रसाद पुन, भीमबहादुर गुरुङले नेपालको तर्फबाट ओलम्पिकमा प्रतिनिधित्व गर्न हङकङबाटै जापान उडेका थिए । नेपालबाट म्याराथन धावक भुपेन्द्र सिलवाल र गंगाबहादुर थापा सहभागि थिए । यद्यपि, उनीहरुबीच कुनै चिनजान थिएन । मार्च पासका बेला नेपालको झण्डा बोकेर हिँडेको देखेपछि मात्र परिचय भएको नामसिंह सुनाउँछन् ।
रामप्रसादसँग भने उनको अहिले पनि कुराकानी भइरहन्छ । अहिले रामप्रसाद चितवनमा छन् । ओमप्रसादको निधन भइसक्यो भने भीमबहादुर कहाँ छन् कस्तो अवस्थामा छन् उनलाई पत्तो छैन । भुपेन्द्र र गंगाबहादुरको निधन भइसकेको छ । केही वर्ष पहिले भुपेन्द्रको निधनसँगै ओलम्पिकमा सहभागि पहिलोपुस्ताको अन्त्य भएको खबर आयो । त्यो खबरले उनलाई निकै दुःखी बनायो । ‘हामी जिउँदो इतिहास हुँदाहुँदै ओलम्पिकमा सहभागि पहिलो पुस्ता सकियो भन्दा निकै दुःख लागेको थियो,’ उनले भने, ‘पछि हामी जिउँदै छौं भन्ने थाहा पाएपछि राष्ट्रिय खेलकुद परिषद्ले सन् २०१३ मा प्रशंसा पत्र र २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो ।’
नामसिंहको बक्सिङ र ओलम्पिकसम्मको यात्रा
१४ वर्षको उमेरमै बिट्रिस ब्वाइज कम्पनीमा भर्ती भएका थापालाई बक्सिङप्रति रुची थिएन । उनी बक्सिङ खेल्नुपर्छ भनेपछि ट्वाइलेटमा लुक्थे । पल्टनका बक्सिङ गुरुले उनलाई रिङमा नदेखेपछि खोज्न थाल्थे । एकदिन ट्वाइलेटमा लुकिरहेकै बेला गुरुले फेला पारेर कान समाउँदै मैदानमा लगे । १४ वर्षीय केटाहरुको बीचमा भएको प्रतिस्पर्धामा उनलाई सहभागि गराए । तर, नामसिंहलाई बक्सिङको कुनै टेक्निक थाहा थिएन ।
त्यसैले सुरुमा धेरै पिटाइ खाए । त्यसपछि उनलाई रिस उठ्योे । अनि अन्धाधुन्द हान्न थाले । त्यो प्रतियोगिताको नामसिंह नै विजेता बने । अनिमात्र बक्सिङप्रति रुची बढेको उनी बताउँछन् । ‘यो प्रतियोगिता जितेपछि म पल्टनमा आएँ,’ उनी भन्छन्, ‘साहसिक तालिम लिन थालें धेरै दुःख पाएँ तर, थुप्र्रै पाठ सिकें ।’
हङकङमा चर्चित बक्सरको रुपमा स्थापित भए । यहीक्रममा जापानमा १८ औं ओलम्पिकको आयोजना भयो । उनलाई अष्ट्रेलियन बक्सिङ च्याम्पियन अर्थात पल्टनका बक्सिङ कोच बिली टिंगलले ओलम्पिकमा सहभागिता जनाउन हौंस्याए ।
१०–१० मिनेटको फरकमा भिलेजभित्र गाडी आउँथ्यो । ओलम्पिकको कार्ड देखाएपछि जापानको जुनसुकै ठाउँमा पनि गाडीले घुमाउन लगिदिन्थ्यो । यहीक्रममा एकदिन नामसिंह घुम्न निस्किए । एकैछिनमा उनीसँग अटोग्राफ लिन आउने जापनीजहरुको घुइँचो लाग्यो । त्यहाँ कसैले रुमाल त कसैले कपासको फूल चिनो दिए ।
उनले नै नेपालबाट स्विकृति लिनेदेखि पासपोर्ट बनाउनसम्म सहयोग गरे । त्यतिबेला उनी १८ वर्षका थिए । सबै प्रक्रिया पुरा गरेर उनीसँगै चार जना बक्सर ओलम्पिकमा सहभागि हुन जापान पुगे । त्यहाँ उनले ३३ वर्षीय अमेरिकी बक्सर रोबर्ट जोनसँग प्रतिस्पर्धा गर्नुपर्यो । ‘सुरुमै पाका उमेरका अनुभवी खेलाडीसँग भिड्नु परेकाले पहिलो चरणमै हारियो’, उनले भने, ‘आफु बराबरिकासँग परेको भए ढाल्छु नै भन्ने आँट थियो तर, भाग्यले साथ दिएन ।’
त्यतिबेला र अहिलेको ओलम्पिक
५७ वर्ष अघि मैदानमै उत्रिएका नामसिंहले यसपटक हङकङको एउटा कोठाबाट ओलम्पिक नियाले । अहिलेको ओलम्पिक निकै परिस्कृत र आधुनिक भइसकेको उनको अनुभव छ । नामसिंह भन्छन्, ‘अहिले सेफ्टी गियर्सहरु आएका छन् हाम्रो पालामा थिएनन्, ओलम्पिक भिलेज पनि त्यस्तै आधुनिक भइसकेछ ।’ उतिबेला ओलम्पिक खेलाडी भनेपछि जति सम्मान हुन्थ्यो त्यो भने घटेको उनी सुनाउँछन् ।
ओलम्पिक भिलेजमा खेलाडीहरुलाई साइकल राखिएको हुन्थ्यो । साथै, १०–१० मिनेटको फरकमा भिलेजभित्र गाडी आउँथ्यो । ओलम्पिकको कार्ड देखाएपछि जापानको जुनसुकै ठाउँमा पनि गाडीले घुमाउन लगिदिन्थ्यो । यहीक्रममा एकदिन नामसिंह घुम्न निस्किए । एकैछिनमा उनीसँग अटोग्राफ लिन आउने जापनीजहरुको घुइँचो लाग्यो । त्यहाँ कसैले रुमाल त कसैले कपासको फूल चिनो दिए ।
उनी दिनरात मातृभूमीलाई सम्झन्छन् । यहाँका पाखा पखेरा, छर–छिमेक, दौंतरीको यादले सधैं उनलाई पछ्याइरहन्छ । नामसिंह भन्छन्, ‘अन्तिम सास नेपालमै फेर्ने इच्छा छ ।’
त्यसैमध्येकी एकजना युवतीले उनको ठेगाना मागिन् । त्यसपछि ति युवतीले नियमित पत्राचार गर्न थालेको उनी सुनाउँछन् । ‘ओलम्पियन भनेपछि यति धेरै सम्मान हुन्थ्यो कि बाटोमा हिँड्दा पनि अटोग्राफ लिन आउने र गिफ्ट दिनेको घुँइचो लाग्थ्यो,’ उनी भन्छन्, ‘एकजना युवतीले मेरो ठेगाना मागिन् मैले दिएँ उनले मलाई लामो समयसम्म पत्र लेखिन् तर, वास्तै गरिनँ । त्यो उनको माया थियो । तर, हिजोआज ओलम्पियनको मतलब नै हुँदैन ।’
स्याङ्जामा जन्मिएका नामसिंह यतिबेला रिटायर्ड लाइफ बिताइरहेका छन् । उनले सन् १९८६ मा बेलायती गोर्खा सैनिकको क्याप्टेन पदबाट अवकाश लिएका हुन् । २ वर्ष अघि नेपाल आएका थापा १० महिना बसेर हङकङ फर्किए । फेरि पनि नेपाल आउने उनको योजना कोरोनाका कारण बिथोलिएको छ । यद्यपि, उनी दिनरात मातृभूमीलाई सम्झन्छन् । यहाँका पाखा पखेरा, छर–छिमेक, दौंतरीको यादले सधैं उनलाई पछ्याइरहन्छ । नामसिंह भन्छन्, ‘अन्तिम सास नेपालमै फेर्ने इच्छा छ ।’