English

पूर्ण स्तनपान गराउँदा आमा र बच्चालाई हुन्छ यस्तो फाइदा



पूर्ण स्तनपान जसलाई एक्सक्लुसिभ ब्रेस्ट फिडिङ पनि भनिन्छ । एक्सक्लुसिभ ब्रेस्ट फिडिङ भनेको बच्चाले जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र पिउनु हो । शिशु जन्मेदेखि ६ महिनासम्म आमाले पूर्ण स्तनपान गराउने र त्यसमा पानी समेत अतिरिक्त नदिने । स्तनपान शिशुको एकदम महत्वपूर्ण आहार हो ।

शिशु जन्मेपछि सुरुको २ दिन सम्म आउने दूधलाई बिगौती दूध भनिन्छ । त्यो दूधमा बच्चालाई चाहिने पौष्टिक आहार जस्तै ः प्रोटीन, काब्र्रोहाइड्रेट, फ्याट हुन्छ । जसले शिशुलाई रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।

त्यसले निमोनिया, झाडापखाला, कुपोषण जस्ता रोगहरुबाट शिशुलाई बचाउन सकिन्छ । पूर्ण स्तनपान गरेको शिशु अरु शिशुहरुको तुलनामा तीक्ष्ण पनि देखिन्छ । शिशु र आमाबीचको सम्बन्ध पनि प्रगाढ हुने भएकाले मानसिक तनाव पनि कम गर्छ । यसरी पूर्ण स्तनपान गराउँदा बच्चाका साथै आमालाई पनि उत्तिकै फाइदा गर्छ । त्यसैले पूर्ण स्तनपान गराउँदा आमालाई पुग्ने फाइदाका बारेमा बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीले दिएको सुझाव यस्तो छ :

– बच्चा जन्मिने बित्तिकै स्तनपान गराउँदा सुत्केरीपश्चात हुने रक्तस्रावहरु कम हुन्छ ।

– पूर्ण स्तनपान गराउँदा यसले परिवार नियोजनको साधनको पनि काम गर्छ ।

– यदि कुनै आमाले जन्मिने बित्तिकै शिशुलाई पूर्ण स्तनपान गराइरहनु भएको छ र राती उठेर पनि स्तनपान गराउनु हुन्छ भने शिशु जन्मेदेखि अर्को छ महिनासम्म अर्को गर्भ रहने सम्भावना कम हुन्छ ।

पूर्ण स्नतपान गराउँदा शिशुले चाहेअनुसार २ देखि ३ घन्टाको बीचमा स्तनपान गराउनुपर्छ । शिशु यदि धेरैसमय सुत्यो भने ४ घन्टासम्म सुत्न दिन सकिन्छ । तर, अरु कुनै कारणले शिशु धेरै नै सुतिरहेको छ भने उसको जिउमा ग्लुकोजको कमी नहोस् भनेर ४ घन्टापछि शिशुलाई उठाएर भए पनि दूध खुवाउनु पर्छ । त्यसैले दिनमा ८ देखि १२ पटकसम्म स्तनपान गराउँदा राम्रो हुन्छ ।

स्तनपान गराउने महिलाले पनि गेडागुडी, चामल, मकै, गहुँ लगायतका खानेकुरा खानुपर्छ । त्यसको साथै दुध, दही, फलफुल, हरियो सागपात र पानी यो सबैलाई मिलाएर सन्तुलित आहार बनाएर खाँदा प्रशस्त दूध आउँछ । अहिले कोरोना महामारीको समय छ । त्यसैले यस्तो बेलामा कुनै महिलालाई कोभिड संक्रमण भएको छ भनेर शिशुलाई दूध खुवाउन छोड्नु पर्दैन । संक्रमित आमाको दूधबाट कोरोना सर्दैन । यद्यपि, संक्रमण भएको छ भने स्तनपान गराउनु स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु पर्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।