English

जाहान्वी भन्छिन् – ‘कक्षा ११ पढ्दासम्म ४१ जना केटाले प्रेम प्रस्ताव राखे’



काठमाडौँको थानकोटस्थित ब्राइट एन्जल्स स्कूलबाट २०६८ सालमा एसएलसी दिएँ । ७८ प्रतिशत ल्याएर प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेँ । अझै थोरै मेहनत गरेको भए विशिष्ट श्रेणी नै आउने रहेछ भन्ने लागेको थियो । जे होस् रिजल्ट आएपछि एकदम खुसी थिएँ । त्यतिबेलासम्म परिवारमा एसएलसीमा धेरै अंक ल्याउने पहिलो सदस्य मै हुँ । तर, पछि भाई–बहिनीले रेकर्ड तोडे ।

एसएलसी पछि के पढ्ने भनेर धेरै सोचेँ । बफलस्थित राइजिङ्ग स्टार कलेजमा व्यवस्थापन संकायमा प्लस टु (कक्षा ११ र १२) मा भर्ना भएँ । मलाई चलचित्र क्षेत्रमा सानैबाट रुची थियो । यो सँगसँगै अन्य व्यवसाय गरेमा ज्ञान हुन्छ भनेर यो विषय छनोट गरेँ । प्लस टु पढ्दा कहिले पनि कलेज बंक गरिन तर स्नातक तहमा पढ्दा एकदमै बंक गर्थे । साथीहरुसँग नभएर एक्लै नै बंक गरेर आउट डे जान्थें ।

लबअफेयर्सलाई वास्ता नगरे पनि कलेजमा मात्र होइन कक्षा ८ पढ्दैदेखि नै प्रेम प्रस्ताव आउँथे । कसले प्रेम प्रस्ताव राख्यो भन्दा पनि अर्को थपियो भनेर रमाइलो लाग्थ्यो । कक्षा ११ पढ्दासम्म ४१ वटा प्रेम प्रस्ताव आएका थिए । पछि मैले गन्न छोडे र स्नातक पढ्दा पनि आएको थियो, मैले मतलब नै गरिनँ ।

प्लस टुमा कलेजको बसमा आउने जाने गर्थे तर स्नातक तहमा आफ्नै स्कुटी लिइसकेकी थिएँ । त्यही भएर स्नातक तहमा पहिलो वर्षको कक्षा रेगुलर लिएँ तर, दोस्रो वर्षको कक्षा लिइन । त्यो बेला कलेज नगएर अन्तै–अन्तै घुम्न जान्थे । पछि घरमा थाहा पाउनुभयो । म काम गर्न चाहान्छु र आफ्नै कमाईले पढ्न चाहन्छु भनेर मनाएँ । मैले पहिलो र दोस्रो वर्षको स्नातक तह राम्रो अंक ल्याएर पास पनि भएँ । तर, कोरोनाले गर्दा तेस्रो वर्षको पढाई रोकिएको छ ।

प्लस टु पढ्दा मेरो स्कुलका साथीहरु पनि सँगै पढे । क्यान्टिनमा एकदमै मिठो खाजा पाइन्थ्यो । त्यो खाजा खानका लागि ड्याडीसँग पकेट मनीभन्दा दुई–तीन गुणा धेरै रुपैयाँ ढाँटेर लैजान्थें ।

बिहानीको समयमा कलेज पढ्थेँ । पढाई हुने पहिलो कक्षामै खानेकुरा लगेर खाँदै, हल्ला गर्दै बस्थें । म र मेरो मिल्ने साथीहरु खाना लागि लस्ट बेच्नमा बस्थ्यौँ । साँच्चै भन्दा म लास्ट बेन्चर नै थिएँ । कति पटक त मेरो साथीहरुलाई डिसिप्लेन ईन्चार्ज (डिआई)ले पनि समात्नु भएको थियो । प्लस टुमा पढ्दा कलेजकै चकचके विद्यार्थीमा पर्थें । होमवर्क क्लासमै गर्ने, होमवर्कको कपि बुझाउँन परेमा लुक्ने गर्थें । कक्षामा जति हल्ला गरे पनि परीक्षामा मेरो राम्रो अंक आउँथ्यो, नियमित कलेज जाने, सबैसँग राम्रो व्यावहार गर्थें ।

धुलिखेलमा सुटिङ धेरै हुने सुनेको मात्र थिए तर कलेजबाट जाँदा ठ्याक्कै भएको देख्न पाएँ । कलेजका सबै जनाले डान्स गरेका थियौं । जसमध्ये मेरो डान्स राम्रो भनेर कलेज भरी चिनिने भएको थिएँ । प्लस टुमै एक जनासँग झगडा पनि परेको थियो । सानै देखि केही लगत भएमा म बोली हाल्छु त्यसैगरी बसको स्कुलमा नराम्रो शब्द लेखेर मेरो नाम लेखेका थिए । त्यही भएर उनीहरुलाई थर्काएको थिएँ ।

प्लस टु पढ्दा कलेजमा कडा नियम थियो । मेरो ग्रुपमा लबअफेयरर्सका कुरा भन्दा पनि खाने र हल्ला गर्ने बढी कुरा हुन्थ्यो । जसकारणले यस्ता कुरामा ध्यान गएन । म र मेरा साथी प्राय कलेजको क्यान्टिन र बिदा भएपछि आइसक्रिमको पसलमा भेटिन्थियौं । त्यो समयमा खानकै लागि कलेज भर्ना भए जस्तो पनि लाग्थ्यो । त्यही समयमा मेरो तौला ६५ किलो पुगेको थियो ।

लबअफेयर्सलाई वास्ता नगरे पनि कलेजमा मात्र होइन कक्षा ८ पढ्दैदेखि नै प्रेम प्रस्ताव आउँथे । कसले प्रेम प्रस्ताव राख्यो भन्दा पनि अर्को थपियो भनेर रमाइलो लाग्थ्यो । कक्षा ११ पढ्दासम्म ४१ वटा प्रेम प्रस्ताव आएका थिए । पछि मैले गन्न छोडे र स्नातक पढ्दा पनि आएको थियो, मैले मतलब नै गरिनँ ।

कलेजमा डान्स गर्न एकदमै मन पथ्यो । प्लस टु पढ्दा कलेजबाट धुलिखेल र ककनी पहिलो पटक भ्रमणमा गएको थिएँ । धुलिखेलमा सुटिङ धेरै हुने सुनेको मात्र थिए तर कलेजबाट जाँदा ठ्याक्कै भएको देख्न पाएँ । कलेजका सबै जनाले डान्स गरेका थियौं । जसमध्ये मेरो डान्स राम्रो भनेर कलेज भरी चिनिने भएको थिएँ । प्लस टुमै एक जनासँग झगडा पनि परेको थियो । सानै देखि केही लगत भएमा म बोली हाल्छु त्यसैगरी बसको स्कुलमा नराम्रो शब्द लेखेर मेरो नाम लेखेका थिए । त्यही भएर उनीहरुलाई थर्काएको थिएँ ।

प्लस टु पास गरेको ६–७ वर्ष भयो तर, त्यहाँको प्रिन्सिपलले मलाई सम्झिराख्नु हुन्छ । एकदम खुसी लाग्छ । मेरो अनुभव साट्नका लागि एउटा कक्षा पनि लिएँ । आफैंले पढेको कलेजमा यसरी अनुभव सनाउन पाउनु मेरा लागि एकदमै ठूलो कुरा थियो ।

प्लस टु पछि मैले इन्टरनेट प्रदायक संस्था वल्र्ड लिंकमा काम गर्न थालेँ । त्यहीबेला शरीरको तौल पनि घटाएँ । त्यसपछि मलाई ‘सुब्बा साब’ चलचित्रमा अभिनयका लागि अफर आएपछि त्यहाँ काम छोडें । त्यसपछि स्काई टेलिभिजनमा ‘रोडमाण्डु’ कार्यक्रम पनि सञ्चालन गरें । यसपछि चलचित्र तथा म्युजिक भिडियोहरुमा व्यस्त हुन थालेँ ।

स्नातक तहमा के विषय लिने भनेर अन्यौलमा थिएँ । कलाकारितामा पनि लागि सकेकी थिएँ । केही समय विश्राम गर्न चाहेकाले प्लस टुपछि मैले दुई वर्ष ग्याप गरें ।

सिद्धार्थ कलेजमा बिबिएस पढ्नका लागि भर्ना भएँ । तर, पछि त्यो विषय पढ्न रुची भएन । त्यहाँबाट ट्रान्सफर गरेर पत्रकारिता विषय लिएर एडमार्क कलेज कलंकीमा भर्ना भएँ । कलेजमा शिक्षकहरुले मलाई एकदमै सहयोग गर्नु भएको छ । अहिले स्नातक तह तेस्रो वर्षको परीक्षाको पर्खाइमा छु ।

यो पनि पढ्नुहोस्
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन
सलोन भन्छन् – कलेजमा ३ जना केटीले प्रेमप्रस्ताव राखे
आँचल भन्छिन् – ‘कलेजमा प्रेम प्रस्ताव थुप्रै आए, वास्तै गरिनँ’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।