English

अभिनेत्री गौरी मल्लका फ्यान : जन्मदिनमा केक काट्नेदेखि सुटिङ भाड्नेसम्म



नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन्– गौरी मल्ल । सशक्त अभिनयकी धनी मल्लको काँचको पर्दामा सामान्यतया सुन्दरताको व्याख्या र बयान हुन्छ । थुप्रै नेपाली तथा केही विदेशी चलचित्रमा समेत अभिनय गरेकी मल्लको फ्यान फलोइङ पनि उत्तिकै राम्रो छ । कतिपय फ्यान त मल्लको मस्तिष्कमा अझै पनि ताजा छन् । तिनै अनौठा फ्यानलाई मल्लले यसरी सम्झिन्छिन् ।

चिठी पठाउने फ्यान
पहिल–पहिले सामाजिक सञ्जालको प्रयोग गर्ने चलन थिएन । त्यसैले पत्रचार गर्ने चलन थियो । फ्यानहरुले चिठीमार्फत नै आफ्नो माया व्यक्त गर्नुहुन्थ्यो । फ्यानहरुको धेरै चिठीहरु प्राप्त भएका थिए । धेरै जनाले पठाएको चिठी पठाएको भएर ठ्याक्कै एक जना त मलाई याद छैन । तर, एकदमै राम्रो लागेका केही चिठीहरु अझै मसँग छन् । फ्यानहरुले एकदमै माया गरेर पठाएको चिठीमा उहाँहरुको माया र अर्शिवाद लुकेको हुन्छ ।

हरेक वर्ष मेरो जन्मदिनमा केक काट्ने फ्यान
धरानमा एकजना बहिनी छिन् । जसले हरेक वर्ष मेरो जन्मदिनको दिनमा केक काटेर, साथीभाईहरूसँग मिलेर रमाइलो गरी जन्मदिन मनाउँछिन् । मेरो जन्मदिनमा सधैँ शुभकामना म्यासेज पनि पठाउँछिन् । उनको यस्तो मायाले अझ धेरै हौसला प्राप्त हुन्छ । उनीसँग मेरो कुराकानी पनि भइरहन्छ । मैले चिन्दा उनी एउटा विद्यार्थी थिइन् अहिले विद्यालयको प्रिन्सिपल भइसकेकी छिन् ।

चितवनबाट म्यासेज गरिरहने बहिनी
एक जना बहिनी जो चितवनबाट हुनुहुन्छ उनले पनि मलाई सामाजिक सञ्जालमा लगातार म्यासेज गरिरहेकी हुन्छिन् । उनले मेरो प्राय सबै फोटोहरूमा कमेन्ट पनि गरिरन्छिन् । एकपटक भेट्न मन छ भनेर धेरै अनुरोध गरिरहेकी छिन् । तर, म धेरै व्यस्त हुन्छु । त्यसैले उनीसँग कुरा गरि रहन भ्याउदिन तर उनको धेरै पोष्टहरु र म्यासेजहरु मैले हेरेको छु । उनको यति धेरै मायाको लागि म आभारी छु र धन्यवाद पनि भन्न चाहन्छु ।

सुटिङ नै अवरोध गर्ने फ्यान
धेरै अघिको कुरा हो फिल्मको सुटिङ भइरहेको थियो । त्यहीक्रममा एकजना युवक म तपाईंको ठुलो फ्यान हुँ भन्दै अगाडि आएका थिए । धेरै भिडभाड नहोस् भनेर उनलाई रोक्न धेरै प्रयास गरियो तर, उनले मानेनन् । उनले गर्दा केही समयको लागि सुटिङ नै अवरुद्ध भएको थियो । उनलाई सम्झाई बुझाई गरि सेटबाट पठाउन खोजियो । तर, उनले मलाई नभेटी नजाने भनेर जिद्धि गरे । मलाई भेटे पछि मात्र उनी त्यहाँबाट गएका थिए ।
यो पनि पढ्नुहोस्
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested