English

युवा लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ आउँदै



युवा लेखक तथा पत्रकार कृष्ण आचार्यको दोस्रो उपन्यास ब्लु डायरी आउने भएको छ । पहिलो उपन्यास अप्रिल फुलबाट युवा पाठकको मनमा बस्न सफल आचार्यले केही दिन अघि ब्लु डायरीको कभर सार्वजनिक गरेका हुन् ।

अक्षरका माध्यमबाट प्रेमलाई बुलन्द पस्कन सक्ने खुबी भएका आचार्यको नयाँ उपन्यासलाई बिएन पुस्तक संसारले बजारमा ल्याउन लागेको हो । यो पुस्तक भदौ अन्तिम साता बजारमा आउने पक्कापक्की जस्तै भइसकेको छ । केही समयअघि नै बजारमा ल्याउने तयारी भएतापनि कोरोना महामारीले गर्दा ल्याउन नसकिएको आचार्य बताउँछन् ।

ब्लु डायरीमा प्रेम, सामाजिक परिवेश र यूवायूवतीका सवाललाई पस्किएको आचार्य सुनाउँछन् । ‘उपन्यासमा यूवा मनोविज्ञान, सोच, समाजका विकृति विसंगती लगायतका प्रसंगलाई समेट्ने प्रयास गरेको छु,’ इन्जिनियर्स पोष्ट डटकमको सम्पादक समेत रहेका आचार्य भन्छन्, ‘त्यसैले यूवापुस्ताले लामो समयपछि एउटा प्रेमिल उपन्यास पढ्ने अवसर प्राप्त गर्नेछन् भन्ने विश्वास लिएको छु ।’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested