English

बैंकबाट कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया



हरेक मानिसलाई आफ्नै घर बनाउने चाहना हुन्छ । तर, पर्याप्त लगानीको अभावमा कतिपयले चाहेर पनि घर बनाउन सकिरहेका हुँदैनन् । त्यसैले ऋण अर्थात कर्जा लिएर घर बनाउनु उत्तम विकल्प हुन सक्छ ।

बैंक तथा वित्तीय संस्थाले निश्चित मापदण्डभित्र रहेर घरजग्गा खरिद तथा निर्माणका लागि कर्जा प्रदान गर्छन् । यसका लागि निश्चित प्रक्रिया पुरा गर्नुपर्दछ । व्यक्तिगत प्रयोजनको घरजग्गा खरिद तथा निर्माणका लागि प्रवाह गरिने कर्जामा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले सीमा निर्धारण गरेको हुन्छ ।

यसअनुसार उपत्यकाभित्र घर कर्जा प्रवाह गर्दा धितो सम्पत्तिको मूल्यांकनमा मार्केट भ्यालुको ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् । कर्जा तिर्ने आधार राम्रो भए प्रिमियम ब्याजदरमा मोलमोलाई गर्न सकिन्छ भने सेवा शुल्कमा पनि मोलमोलाई गरेर खर्च घटाउन समेत सकिने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन् ।
यो पनि पढनुहोस् ।
भूकम्पपीडित : घर ठडियो, ऋणले पोल्यो


नेपालका बैंक तथा वित्तीय संस्थाहरुले सामन्यत ५ वर्षदेखि २५ वर्ष अवधिसम्मको घरकर्जा उपलब्ध गराउँछन् । कोरोना माहामारीले गर्दा आर्थिक कारोबारमा मन्दी आएकोले अहिले विभिन्न बैंकहरुले घर लोन सम्बन्धि विभिन्न अफरहरु लिएर आएका छन् । ग्लोबल आइएमई बैंकले पनि अहिले केही समयको लागि होम लोनमा विशेष अफर ल्याएको छ ।

ग्लोबल आईएमई बैंकले अहिले ७.९९ प्रतिशत ब्याजमा होम लोन अफर गरिरहेको ग्लोबल आईएमई बैंकका प्रमुख रिटेल नरहरी शिलवालले जानकारी दिए । बैंक मार्फत कर्जा लिनका लागि ग्राहकले आफ्नो अचल सम्पत्ति धितोबन्धक राख्नुपर्ने हुन्छ । त्यसका अतिरिक्त ऋणी तथा व्यक्तिगत जमानत बस्नेको नियमित आम्दानीको स्रोत हुन जरुरी छ भने एक वर्ष अवधिको बैंक स्टेटमेन्ट समेत पेश गर्नुपर्छ । त्यसपश्चात ऋण लिने ग्राहकले बैंकद्धारा तोकिएको कर्जाको माग आवेदन फारम भर्नुपर्ने हुन्छ ।

कर्जा माग आवेदनसँगै निम्न कागजातहरु आवश्यक पर्दछ

– कर्जा लिन चाहाने व्यक्तिको नागरिकता वा पासपोर्ट
– ऋणीको पासपोर्ट साइजको फोटो
– ऋण लिने व्यक्ति तथा व्यक्तिगत जमानत दिनेको समेत आयस्रोत सम्बन्धी विवरण
– बैंकबाट कर्जा लिनको लागि राखिने धितो बन्धक राख्ने सम्पत्तिको चार किल्ला प्रमाणित भएको लालपुर्जा
– सम्पत्तिको बाटो खुल्ने कागजात
– सम्पत्तिको तिरो तिरेको कागज धितो बन्धक राखिने सम्पत्तिमा घर भएमा घर निर्माणका लागि लिइएको इजाजत पत्र
– घरको स्थायी नक्सा पास र निर्माण सम्पन्न भएको प्रमाणपत्र
– कानूनी रुपमा दर्ता भएका संघसंस्थाहरुमा काम गरिरहेका कर्मचारी वा तलबी व्यक्ति भएमा उनीहरुको तलब सम्बन्धि कागजात
– घर भाडामार्फत आम्दानी गर्नेहरुको हकमा घरभाडाको सम्झौतापत्र र भाडा आउने घरको लालपुर्जाको प्रमाणपत्र
– वैदेशिक रोजगारीबाट आम्दानी गर्नेको हकमा भिसा लागेको पासपोर्टको प्रमाण, तलबी कागजात, विदेशमा तलब राखिने बैंकको स्टेटमेन्ट र विदेशबाट नेपालमा पैसा पठाएको कागजात

आवेदन बुझाईसकेपछि बैंकले सेवाग्राहीले राख्न चाहेको धितोको मूल्याङ्कन गर्छ । प्रचलित बजार मूल्य र सरकारी मूल्याङ्कनको भारित औसतका आधारमा धितो राख्न खोजेको सम्पत्ति अर्थात् घर र जग्गाको फेयर मार्केट भ्यालुु निकाल्छ । त्यसको ४० देखि ५० प्रतिशतसम्म मात्र ऋण दिन्छन् । अग्रिम ऋण तिर्दा बैंकले ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था छ ।

बैंकबाट होम लोन लिँदा ब्याज बाहेक लाग्ने अत्तिरिक्त शुल्क

सेवा शुल्क

बैंकबाट घरकर्जा लिँदा सेवा शुल्क तिर्नुपर्छ । बैंक तथा वित्तीय संस्था हेरिकन सेवा शुल्क फरक–फरक छ । तर, बैंकहरुले राष्ट्र बैंकले तोकेको भन्दा बढी सेवा शुल्क लिन पाउँदैनन् । बाणिज्य बैंकहरुले बढीमा ०.७५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउँछन् ।

सूचना शुल्क

बैंकमा ऋण लिन जाँदा सुरुमै कर्जा वापतको शुल्क तिर्नुपर्ने हुन्छ । कर्जा सूचना केन्द्रले जति शुल्क लिन्छन् बैंकले ग्राहकसँग त्यतिनै शुल्क लिन्छ । सामान्यतया कर्जा सूचना केन्द्रलाई ५ सय रुपैयाँ शूल्क बुझाउनु पर्छ ।

धितो मुल्यांकन शुल्क

धितो राख्ने सम्पत्तिको मुल्यांकन गराउँदा भ्यालुएटरलाई पनि फि तिर्नु पर्ने हुन्छ । बैंक तथा वित्तिय संस्थाहरुले धितो मुल्यांकनका लागि आ–आफ्नै इन्जिनियर छनौट गरेका हुन्छन् । उनीहरुले बैंकको आग्रहअनुसार फिल्डमा पुगेर धितो मूल्याकंन गरी कर्जा प्रवाह गर्न सक्ने सिमा तोकिदिन्छन् । घरजग्गाको धितो मुल्यांकन गरेवापत इन्जिनियरले ५ देखि १० हजारसम्म शुल्क लिन्छन् ।

दृष्टिबन्धक शुल्क

सम्पूर्ण डकुमेन्ट तयार भइसकेपछि बैंकले ऋण प्रवाह गर्नुभन्दा अगाडि मालपोत कार्यलयमा गएर सम्पत्ती धितो बन्धक राख्नु पर्छ । धितो बन्दक गर्न जाँदा मालपोत कार्यलयले निश्चित शुल्क लिने गर्छ ।

यो पनि पढनुहोस् ।
भूकम्पपीडित : घर ठडियो, ऋणले पोल्यो
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested