English

लाइसेन्सको परीक्षा भदौ पहिलो साताबाट गर्ने विभागको तयारी



कोरोनाको दोस्रो लहरपछि करिव चार महिनादेखि ठप्प रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा भदौ पहिलो सातादेखि सञ्चालन हुने भएको छ । कोरोनाको जोखिम कम हुँदै गयो भने भदौको पहिलो सातादेखि ट्रायल र अनलाइन फर्म खुलाउने तयारी गरिएको याताया व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

‘ट्रायल तथा लिखित परीक्षा दिने करिव ३ देखि ४ लाख छन्,’ महानिर्देशक घिमिरे भन्छन्, ‘अगाडि नै लिखित परीक्षा दिएर बसेकाहरूको हकमा पुरानै व्यवस्था लागू र अब लिखित परीक्षा दिनेका लागि नयाँ नियम लागू हुन्छ ।’

लिखितका लागि आवेदन दिएका र ट्रायल दिन बाँकी रहेकाहरुको लागि सार्वजनिक सूचना जारी गरिनेछ । सोही अनुसार परीक्षार्थीले लिखित र ट्रायलमा सहभागी हुन पाउने घिमिरेले बताए । सवारी चालक अनुमति पत्र परीक्षाका लागि विभागले नयाँ कार्यविधि निर्देशिकाको गत जेठ १ गतेबाट लागू हुनेगरी ल्याएको छ ।

कस्तो छ नयाँ नियममा ?

सवारी चालक अनुमति पत्र परीक्षाको लिखित परीक्षाका लागि ५ सय वटा प्रश्न तयार छ । जसलाई विभागको वेबसाइटमा राखि सकेको छ । त्यसैबाट २० प्रश्न परीक्षार्थीलाई सोधिने छ ।

ट्रायलमा यी कुरा बिगारे कति नम्बर काटिन्छ ?

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ, उभड खाबड (स्पिड ब्रेकर), यु टर्न, ट्राफिक सङ्केत, ¥याम्प (उकालो), ग्यारेज र परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कन गरी एक सय अंकबाट ७ चरणमा अंक दिइनेछ । जसबाट ७० अंक आएमा उत्तीर्ण गरिनेछ ।

घुमाउरो आठमा एकपटक अंकित रेखा छोएमा ५ अंक र एकपटक खुट्टाले जमिन टेकेमा ५ अंक गरी १० अंक कटिनेछ । युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक कटिनेछ । ट्राफिक सङ्केतको पालना नगरेमा १५ अंक कटिने छ । बम्प्स (उभड खाबड) मा एकपटक सवारीको स्टार्ट बन्द भएमा ५ र एक पटक खुट्टा टेकेमा ५ गरी १० अंक काटिने छ ।

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनमा सवारी चलाउनु पूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अंक, हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ अंक काटिने छ ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्