English

जन्मदिन र वैवाहिक वर्षगाँठको उपहार :जीवन बीमा



पछिल्लो समय वैवाहिक वर्षगाँठ तथा जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर, यस्ता उत्सवमा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा गर्ने प्रचलन बढ्न थालेको छ ।

असारको अन्तिम साता पुस्तक व्यवसायी लेखराम/शिरिषा सापकोटा दम्पतीको वैवाहिक वर्षगाँठ थियो । वैवाहिक वर्षगाँठको अवसरमा लेखरामले आफ्नी श्रीमतीलाई उपहारस्वरुप बीमालेख (पोलिसी) प्रदान गरे । ‘विवाहोत्सवमा हुने अतिरिक्त खर्च कटाएर श्रीमतीलाई बीमा पोलिसी दिँदा श्रीमती पनि खुशी, कमाइको केही रकम बचत पनि हुने भयो’, सापकोटाले भने, ‘जीवन बीमा गरेपछि जीवनमा कुनै भवितव्य परेमा पनि बीमा कम्पनीबाट राहत मिल्छ ।’

पछिल्लो समय समाजमा विवाहोत्सव, जन्मोत्सवलगायतका शुभकार्यमा फजुल खर्च हुने प्रचलन बढ्दै गएको सापकोटाले बताउँछन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको गैँडाकोट–७ का स्थायी बासिन्दा सापकोटाको नारायणगढमा ‘सम्पूर्ण पुस्तक’ नामको पुस्तक पसल छ । सापकोटाले साहित्यिक तथा शैक्षिक पुस्तक बिक्री, वितरण गर्दै आएका छन् ।

‘हामीले मेहनत गरेर कमाइ गरेको पैसा थोरैथोरै गरी जम्मा गरेर बीमा गर्दा आर्थिक तथा अन्य क्षतिबाट हामी सुरक्षित हुन सक्छौँ’

यसैबाट भएको आम्दानीको केही रकम बचत गर्दै श्रीमतीका लागि बीमा पोलिसी उपहार प्रदान गरेको उनले बताए । ‘हामीले मेहनत गरेर कमाइ गरेको पैसा थोरैथोरै गरी जम्मा गरेर बीमा गर्दा आर्थिक तथा अन्य क्षतिबाट हामी सुरक्षित हुन सक्छौँ’, सापकोटाले भने, ‘भोलि पैसा आवश्यक परेको अवस्थामा बीमा रकमबाट ऋण निकाल्न पनि मिल्नेरहेछ त्यसैले श्रीमतीलाई बीमा पोलिसी उपहार दिएको हुँ ।’ सापकोटा शुभकार्यमा हुने फजुल खर्च कटाएर आफन्तको भविष्य सुरक्षित पार्नका लागि पनि बीमा गर्न सुझाव दिन्छन् । ‘बीमा गरिएको रकम आफ्नै लागि हो’, सापकोटाले भने, ‘जीवन रहँदा पनि काम लाग्छ, जीवनपछि विमितको आश्रित परिवारलाई पनि राहत मिल्छ ।’

साउन १४ गते परेको जन्मदिनको अवसरमा मध्यविन्दु नगरपालिका–३ कि आरती शर्माले पनि बीमा पोलिसी उपहार पाइन् । आरतीको जन्मदिनका अवसरमा उनका आफन्तले बीमा पोलिसी ‘सरप्राइज गिफ्ट’का रूपमा प्रदान गरेका थिए । ‘मेरो जन्मदिन रमाइलो मात्रै गरेर मनाउने भन्दै पारिवारिक जमघट राखेको थिएँ’, शर्माले भनिन्, ‘जन्मदिन मनाउन रमाइलो गरिरहेको अवस्थामा नै मलाई एक्कासि मेरा आफन्तले बीमा पोलिसी उपहार प्रदान गर्नुभयो ।’

गत आर्थिक वर्षको असारमा मात्रै १० भन्दा बढीले विवाहोत्सव तथा जन्मोत्सवमा आफ्नो शाखाबाट बीमा पोलिसी उपहार प्रदान गरेको थापाले जानकारी गराए ।

जन्मदिनमा बीमा पोलिसी उपहार पाउँदा खुशी लागेको शर्माको भनाइ छ । चौबिस वर्षीया शर्माको बीमा पोलिसीमा उनकी साढे तीनमहिने छोरीलाई समेत जोडेर ‘जीवन हेरचाह योजना’अन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी प्रदान गरिएको हो । शर्माको जन्मदिनको अवसरमा प्रदान गरिएको बीमा लेखको अवधि २० वर्षको रहेको छ भने कुनै कारण बीमा तिर्न नसक्ने अवस्था आएमा उनको छोरीलाई २० वर्षसम्म बीमा कम्पनीले जीवन हेरचाहस्वरुप रकम प्रदान गर्छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा प्रबन्धक राजु थापाले जीवन हेरचाह योजनामा संलग्न बीमितमाथि नसोचेको भवितव्य भएर बीमा रकम तिर्न नसक्ने अवस्था आएमा तत्काल बीमाङ्क रकम उहाँको लाभग्राहीलाई उपलब्ध गराइने बताए । त्यस्तै बीमा अवधिभर हरेक तीन महिनामा बीमाङ्कको २.५ प्रतिशत रकम लाभग्राहीलाई उपलब्ध गराइने र बीमा अवधि सकिएपछि बीमाङ्कको दोब्बर पैसा लाभग्राहीलाई फिर्ता गरिने थापाले बताए । ‘जीवन हेरचाह योजनामा बीमितमाथि नसोचेको घटना (पूर्ण अशक्त वा मृत्यु भएमा) भएमा सोही दिनदेखि बीमा रकम तिर्नु पर्दैन’, थापाले भने, ‘तर, घटना हुनेबित्तिकै बीमितको लाभग्राहीलाई बीमाङ्क रकम फिर्ता, बीमा अवधिसम्म हरेक तीन महिनामा बीमाङ्कको साढे दुई प्रतिशत जीवन हेरचाह खर्च प्रदान र बीमा पोलिसी सकिएपछि बीमाङ्कको दोब्बर रकम फिर्ता हुन्छ ।’

पछिल्लो समय विवाहोत्सव तथा जन्मोत्सवमा आफन्तलाई बीमा पोलिसी उपहार प्रदान गर्ने प्रचलन बढेको थापाले बताए । गत आर्थिक वर्षको असारमा मात्रै १० भन्दा बढीले विवाहोत्सव तथा जन्मोत्सवमा आफ्नो शाखाबाट बीमा पोलिसी उपहार प्रदान गरेको थापाले जानकारी गराए । बीमा पोलिसीका कारण जीवन सुरक्षाका साथै भविष्यमा हुनसक्ने आर्थिक क्षतिबाट समेत जोगिने भएकाले पछिल्लो समय बीमा गर्नतर्फ मानिसको आकर्षण बढेको उनले बताए ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।