English

मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ



मैले २०६४ सालमा काठमाडौँकोे जोरपाटीस्थित अरुण ज्योेति विद्या मन्दिरबाट एसएलसी दिएँ । ७४ प्रतिशत ल्याएर पहिलो श्रेणीमा एसएलसी उत्तिर्ण गरेँ । जोरपाटी माकलबारीमा रहेको जया मल्टिपल कलेजमा प्लस टु भर्ना भएँ ।

एसएलसी उत्तिर्ण भएपछि धेरैले अरुसँग के पढौं कसो पढौं भनेर सल्लाह लिन्छन् । तर, मैले कसैसँग पनि सल्लाह लिइनँ । समाजशास्त्र र अङ्ग्रेजीलाई मूल विषय लिएर अध्ययन गरेँ । कलेजमा मेरा साथीहरु खासै थिएनन् । स्कुल पढ्दादेखिको आत्मीय साथी जिया लामा हुनु हुन्थ्यो । उहाँसँगै कलेज आउने र जाने गर्थे । स्कुलदेखिको साथी स्नातक तहसम्म सँगै पढ्यौँ ।

प्लस टु पढ्दासम्म कलेज बङ्क भनेको के हो ? थाहा थिएन । पछि मैले साथीहरुलाई सोधे ‘यो कलेज बङ्क भन्छ के हो ?’ उनीहरुले भनेका थिए ‘कलेज ड्रेसमा कलेज नगएर अन्तै घुम्न जानुलाई कलेज बंक भनिँदो रहेछ ।’

कलेज पढ्दा साथीहरुसँग योजना बनाएर घुम्न जाने, कलेज बङ्क गर्ने, रमाइलो गर्ने हुन्छ । तर, म त्यस्तो थिइन । साथीहरुसँग कहीँ कतै घुम्न गएन । प्लस टु पढ्दासम्म कलेज बङ्क भनेको के हो ? थाहा थिएन । पछि मैले साथीहरुलाई सोधे ‘यो कलेज बङ्क भन्छ के हो ?’ उनीहरुले भनेका थिए ‘कलेज ड्रेसमा कलेज नगएर अन्तै घुम्न जानुलाई कलेज बंक भनिँदो रहेछ ।’

कलेज लाइफमा एकपटक कलेज बंक गरेकी थिएँ । म र जिया कलेजको गेट अगाडि पुगेर फर्केका थियौं । तर, कतै घुम्न नगई सीधै घर गएका थियौं । चिसो महिना थियो । एकदम धेरै हुस्सु लागेको थियो । पढ्न अल्छी लागेपछि घरतिर लागेका थियौं ।

कलेज लाइफमा एकपटक कलेज बंक गरेकी थिएँ । म र जिया कलेजको गेट अगाडि पुगेर फर्केका थियौं । तर, कतै घुम्न नगई सीधै घर गएका थियौं ।

कलेजको मूख्य आकर्षण क्यान्टिन पनि हो । त्यसैले धेरैजसो साथीहरुको खाजा आ–आफ्नै रोजाई हुन्थ्यो । यद्यपि, म भने जे पाइन्छ त्यही खान्थें । चाउमिन, पुरी–तरकारी, पकौडा, छोला–समोसा विषेश खाइन्थ्यो ।

प्लस टु पढ्दै स्कुलमा साना नानीहरुलाई डान्स सिकाउने पार्ट टाइम काम गर्थे । बिहान ६ बजेदेखि १० बजेसम्म कलेज हुन्थ्यो । त्यसपछि पुरै समय खाली नै हुन्थें । पार्ट टाइमबाट आएको तलब पढाईमै खर्च गर्थें । पढाईमै केन्द्रीत भएकाले प्लस टु पनि पहिलो श्रेणीमै पास गरें ।

बिहान ६ बजेदेखि १० बजेसम्म कलेज हुन्थ्यो । त्यसपछि पुरै समय खाली नै हुन्थें । पार्ट टाइमबाट आएको तलब पढाईमै खर्च गर्थें ।

कलेज पढ्दा त्यो चन्चले उमेरमा सायद प्रायको माया पिरती गासिन्छ । म स्कुलदेखि नै सोझी थिएँ । प्लस टु पढ्दा साँच्चै भन्ने हो भने कुनै छोरा मानिसलाई हेर्दा पनि हेरिन । प्लस टुपछि पद्माकन्या बहुमुखी क्याम्पसमा स्नातक पढें । त्यहाँ केटीहरुको मात्रा पढाई हुन्छ र माया प्रेमका कुराको चासो नै भएन । साथी भन्दा पनि म आफैंमा रमाउने मान्छे हो । अंग्रेजी र समाजशस्त्रमा नै स्नातक तह पढें । स्नातक तहमा पनि बिहान नै पढाई हुन्थ्यो । ६ देखि ११ बजेसम्म । कलेजको अध्ययन पुरा गरेपछि सांगीतिक क्षेत्रमा स्थापित भएँ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।