English

एआईएनद्धारा स्वास्थ्य पत्रकार मञ्च नेपाललाई स्वास्थ्य सामग्री प्रदान



एसोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई साढे तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री (कोभिड किट) उपलब्ध गराएको छ ।

कोभिड महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै एआइएनले मञ्चलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । सर्जिकल तथा एन ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड स्यानिटाइजर लगायत गरी साढे तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको एआइएनका अध्यक्ष डा. सुशील कोइरालाले बताए । महामारीको समयमा जोखिम मोलेर काम गरेको भन्दै स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको उनले जानकारी दिए ।

एआइएनको समन्वयमा फेयर मेड, आइपास, आड्रा, वाटर एड, डामिएन फाउण्डेशन गरी ६ वटा गैरसरकारी संस्थाले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । ती स्वास्थ्य सामग्री सबै स्वास्थ्य पत्रकारलाई वितरण गरिने मञ्चले जनाएको छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested