English

यसकारण खाइन्छ साउन १५ मा खीर



डा.वासुदेव कृष्ण शास्त्री

साउनमा दुध नखानु, भदौमा दही र माघ महिनामा मोही नखानु भन्ने एउटा मान्यता थियो । दूध खान नभए पनि दूधबाट बनेका परिकारहरु खान हुन्छ भन्ने चलन पनि थियो । त्यसैले, दूध, घिउ प्रशस्त पाइने साउन महिनामा जाडो र वर्षे कामको थकानबाट बच्न खीर खाने चलन पहिलेदेखि कै हो ।

प्राचीन कालमा धानलाई नै दुधमा मज्जाले पकाइन्थ्यो । धान राम्ररी पाकेपछि त्यसबाट रस र धानको छोक्रालाई छुट्टाएर त्यही रसलाई खाने गरिन्थ्यो । पछि त्यो चलन हटेर चामलको खीर खाने प्रचलन सुरु भयो ।

असार १५ मा दही चिउरा, माघे संक्रन्तीमा खिचडी तरुल जस्तै हरेक साउन १५ गते खीर खाने नेपाली संस्कारको चलन चल्ती छ । कृषि प्रधानदेश नेपालमा खीर चलनचल्तीमा रहेको एउटा मिष्ठान्न परिकार हो । धेरै जसो चाड पर्व र उत्सवमा खीर पकाएर भोज गर्ने चलन पनि छ ।

असार १५ मा दही चिउरा, माघे संक्रन्तीमा खिचडी तरुल जस्तै हरेक साउन १५ गते खीर खाने नेपाली संस्कारको चलन चल्ती छ ।

साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान् शिवको पूजा गर्ने गर्दछन् । वर्षाको समयमा विभिन्न सङ्क्रमण रोग हुन्छ र खीरले त्यसबाट बचाउन सहयोग गर्छ । खीरले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्दछ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोसिला परिकार खाने चलन छ ।

खीरलाई स्वादिष्ट बनाउन मरीच, ल्वाङ, सुकमेलगायत मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाइको खीर शक्तिबद्र्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ । हाम्रो मानव शरीरलाई चाहिने पोषकतत्व पूर्ति गर्न र समय अनुसार आहारको स्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन पहिलेदेखिनै छ । त्यही चलन अन्तर्गत साउन १५ मा खीर खाइन्छ ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०