English

गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक



गायिका सुनिता दुलालको स्वरमा सजिएको ‘परदेशी छोरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ज्योति गुरुङको शब्द रहेको उक्त गीत जे.जी. क्रियसन युट्युब च्यानलमार्फत बिहिबार सार्वजनिक भएको हो ।

सो गीतमा सुरज लामिछानेको संगीत रहेको छ । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन पनि लामिछाने नै गरेका हुन् । गीतको भिडियोलाई लण्डनमा छायाँकन गरिएको हो । कुशल श्रेष्ठको निर्देशन, सम्पादन तथा छायाँकन रहेको उक्त भिडियोमा तेन्याङ रानाले नृत्य निर्देशन गरेकी छिन् ।

भिडियोमा गीतकार गुरुङसँगै, निरु कोइराला, आस्था जोशी, बिनु लामिछाने घिमिरे, रिमा कँडेल, गुरुङ रत्न, सरला पौडेल, सबु सेन, दिपिका श्रेष्ठ, दया गुरुङ, ममता राई, मुना राउत, काभ्या कृति, राधा गुरुङ, बिना राई, रोशन राई लगायतको अभिनय रहेको छ ।

गीतमा आमा र परदेशमा रहेकी छोरीको कथालाई प्रस्तुत गरिएको छ । त्यसो त गीतको सुरुवाती टुक्काले नै भन्छ ‘तीजैको दर पकाउँदी हौ आमाले, खाइदिने कोही छैन घरमा बरिलै… अभागी छोरी परदेशैमा रुँदै छु, के लेख्या रैछ कर्म बरिलै…।’ साथै, परदेशमा रहेकी चेलीले तीज आएपछि नेपाललाई कसरी सम्झिन्छिन् भन्ने कुरा पनि गीतमा पाइन्छ ।

भिडियो :



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested