English

यस्ता हुन्छन् हृदयघातका लक्षण, कसरी बच्ने ?



हरेक मानिसलाई हृदयघातका बारेमा जानकारी हुन जरुरी छ । अझै हृदयघात भएको अवस्थामा प्रारम्भिक उपचार के गर्ने ? भन्ने विषयमा जानकारी भयो भने आफ्नो परिवार, छरछिमेक र इष्टमित्रको ज्यान जोगाउन सकिन्छ । यसै विषयमा मुटु रोग विषेशज्ञ डा. ओममुर्ति अनिलले दिएको सुझाव यस्तो छ ः

हृदयघात के हो ?

मुटुले रक्त प्रवाह गर्दा मुटु खुम्चना साथ शरीरको सम्पुर्ण भागमा विभिन्न रक्तनलीहरु भएर रगत जाने गर्छ । ठीक त्यसरी नै मुटुको मांशपेशीलाई प्रत्येक सेकेन्डमा पोषणत्तत्व र अक्सिजन चाहिन्छ । मुटुको मासंपेशीलाई रक्तसंचार गर्ने रक्तनलीलाई कोरनरी नली भनीन्छ । यो कोरनरी नलीमा केही कारणले ब्लक भएको हुन्छ । त्यो बल्क भएको ठाउँमा यदि कल्ट बन्यो भने अचानक रगत प्रवाह हुन रोकिन्छ ।
रक्तप्रवाहमा अचानक आएको रुकावटको कारणले मांशापेशी मर्न थाल्छ । जति लामो समयसम्म रक्त प्रवाह रोकिएको हुन्छ त्यति नै मांशापेशी बिग्रदै जान्छ ।

हृदयघातका लक्षण

– छातीको बिच भागमा ठुलो एरियामा दुख्नु र पोल्नु
– कसैले थिचेको जस्तो वा दबाब महसुस हुनु
– यो दुखाई कहीले पेटको माथिल्लो भाग, कहिले घाँटीमा र कहिले देब्रे हात तिर दुख्ने
– मुटु धेरै ढुकढुक हुने र स्वाःस्वाः हुने
– पसिना आउने, वाकवाकी लाग्ने र डर लाग्ने हुन्छ
– कहीलेकाँही दाहिने हात, कुम र दाँत दुख्ने पनि हुन्छ

कारणहरु

– कोलेस्ट्रोल
– धुम्रपान
– मद्युमेह
– उच्च रक्तचाप
– मोटोपना
– शारीरिक निस्क्रियता
– अस्वस्थकर आहार
– वंशाणुगत कारण
– तनाव, डिप्रेसन
– प्रदषण आदि हुन्

प्राथमिक उपचार

– बिरामीलाई ३०० एमजी एस्पिरिन औषधी सेवन गर्न दिने
– यो औषधी दिइसकेपछि बिरामीलाई तुरुन्त अस्पताल लैजाने
– अस्पताल लगेर बिरामीको इसिजि गर्ने
– इसिजि पछि हृदयघात प्रमाणित हुना साथ चिकित्सकले बन्द भएको रक्तनलिलाई खोल्नु नै यसको प्रमुख उपचार हो
– लक्षण देखिएने बित्तिकै चाडो भन्दा चाडो बिरामीको उपचार गर्न सक्यो भने मृत्युको जोखिमलाई कम गर्न सकिन्छ ।

बच्ने उपाय

– रगत पातलो गर्ने औषधी एस्पिरिन र कोलेस्ट्रोलका औषधी चिकित्सकको सल्लाह अनुसार सेवन गर्ने ।
– प्रशस्त फलफूल, हरियो सागसब्जी खाने
– चिनी, नून र चिल्लो एकदम कम खाने्
– नियमित शारिरीक कसरत/व्यायाम गर्ने
– धुम्रपान तथा मद्यपान सेवन नगर्ने



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्