English

अनुहारमा चमक ल्याउन चाहनुहुन्छ ? यस्ता छन् ७ घरेलु उपाय



आफ्नो अनुहार स्वस्थ र आकर्षक होस् भन्ने विषयमा महिलाहरू बढी सचेत हुन्छन् । अनुहारलाई आकर्षक र चम्किलो बनाइराख्न उनीहरू धेरै घरेलु तथा आधुनिक तरिका पनि अपनाउने गर्छन् । तर, आफ्नै घरवरपर पाइने विभिन्न जडीबुटी तथा फलफूललाई सौन्दर्य सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा धेरैलाई थाहा नहुन सक्छ । यस्तो जानकारी विभिन्न ब्युटिपार्लर या सौन्दर्य विशेषज्ञसँग लिएर घरैमा अनुहार चम्काउन सकिन्छ । यसै विषयमा ब्युटिसियन मेनुका चामलिङले यस्तो सुझाव दिएकी छन् ।

– एक चम्चा मह अनुहारमा लगाएर १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।

– अनुहारमा चाया आएको छ भने काँक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।

– निमको पातलाई पिसेर लेदो बनाएर लगाउँदा छालाको रोगप्रतिरोधी क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ ।

– पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपना हटाउँछ र छालालाई कसिलो बनाउँछ ।

– काँचो दूधमा मह र चामलको पिठो मिसाएर अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ ।

– काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।

– अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपना पनि हराउँछ ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्