English

दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन



दीपीका प्रसाईं, अभिनेत्री

मैले २०६७ सालमा कपनस्थित चाहना इन्टरनेशनल स्कुलबाट प्रथम श्रेणीमा एलएलसी उत्तिण गरें । एलएलसीपछि कलेज पढ्न एकदम उत्साहित थिएँ । परिवार र साथीभाईसँग प्लस टुमा के पढ्ने ? भनेर सल्लाह गरें । सबैले मानविकी संकाय पढ्न राय दिनुभयो । मेरो रुची पनि यसैमा भएकाले बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा अंगे्रजी र मनोविज्ञान विषय लिएर पढ्न थालें ।

कलेजमा साथीहरुसँग रमाइलो पनि गरियो । बिहानको कक्षा सकिएपछि घुमौँ, रमाइलो गरौँ भन्ने मानसिकता हुन्थ्यो । स्कुले जीवनमा पढ्नुपर्छ, धेरै नम्बर ल्याउनुपर्छ भन्ने लाग्थ्यो । तर, प्लस टु मा पुगेपछि रहरहरु फेरिन थाले । आफ्ना मिल्ने साथीभाईहरुसँग भेटघाट गर्ने, घुम्न जाने, चलचित्र हेर्न जाने, किनमेलका लागि जाने गरिन्थ्यो ।

कलेजको नियम कडा भएर होला बंक गर्ने हिम्मत कहिल्यै आएन । मिल्ने साथीहरु कलेजको क्यान्टिनमा पकौडा, चिया, समोसा, चाउमिन, मम, रोटी, तरकारी जे पाइन्थ्यो त्यही खाजा खाने गरिन्थ्यो । तर, मैले प्रायजसो चाउमिन र चिया नै खान्थें ।

कलेजका दिनहरुमा केही ठाउमा भ्रमण गरियो । लुम्बिनी र पोखरा गएको मैले अझैं भुलेकी छैन । एकदमै नजिकका साथीहरु, त्यसमाथि शिक्षकहरु पनि रमाइलो गर्न मन पराउने खालका । उहाँहरुसँगै घुम्ने, फोटो र सेल्फी खिच्ने गरियो जसकारण साथीहरुसँगै भ्रमण गएको महशुष भएको थियो । त्यो मेरो लागि अविस्मरणीय छ ।

यो उमेरमा फेसनेबल ड्रेस र मेकअप गर्न मन लाग्ने भए पनि मेरो स्कुल र कलेजको नियम एकदमै कडा भएकाले म सामान्य नै थिएँ । पाइन्ट, सर्ट, टाई, मेकअप गर्न नपाइने नियम थियो । कपालको रबर पनि कालो नै हुनुपथ्र्यो । कलेजको नियम कडा भएर होला बंक गर्ने हिम्मत कहिल्यै आएन । मिल्ने साथीहरु कलेजको क्यान्टिनमा पकौडा, चिया, समोसा, चाउमिन, मम, रोटी, तरकारी जे पाइन्थ्यो त्यही खाजा खाने गरिन्थ्यो । तर, मैले प्रायजसो चाउमिन र चिया नै खान्थें ।

मैले बानेश्वरस्थित के एण्ड के ईन्टरनेशनल कलेजमा बिएसडब्लु (ब्याचलर्स इन् सोसल वर्क) विषय लिएर स्नातक तह अध्ययन गरें । यस कलेजमा पढ्दाखेरी नै मेरो कलाकारिताको जीवन सुरु भयो ।

मेरो इच्छा भन्दा शिक्षकहरुको चाहनाले म आज चलचित्र क्षेत्रमा छु । कलेजमा म ज्ञानी थिएँ । उहाँहरुले मेरो सुन्दरता देखेर अभिनेत्री बन्न प्रोत्साहन गर्नुहुन्थ्यो । ‘तिमी प्रतिभाशाली छौ, अभिनेत्री हुनुपर्छ ।’ भनेरै हौसला दिनुहुन्थ्यो । तीन वर्षको अध्ययनको आखिरी दिनमा सरहरुको हौसलाले मलाई पनि यस क्षेत्रमा लाग्नुपर्छ भनेर रुची बढ्यो । र, म नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरें ।

कलेज पढ्दा मलाई माया गर्ने, प्रेम प्रस्ताब राख्ने धेरै थिए । मेरो भने कसैसँग प्रेम बसेन । पहिलो र अन्तिम प्रेम नै मेरो श्रीमान हुनुहुन्छ । त्यो बेला मैले कसैको प्रेम प्रस्ताव स्वीकार्दिन थिएँ । अहिले नै माया गर्ने मेरो उमेर होइन, मायाको कुरा बुझ्दिन भनेर टार्ने गर्थें ।

तीन बर्षे अध्ययनको क्रममा सामाजिक काम गर्नु पर्ने भएकाले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका संस्थाहरुमा काम गर्ने अवसर पाएँ । कलेजले भ्रमण पनि लगेको थियो । त्यो भ्रमणमा कारणवस म सहभागी हुन सकिनँ । तर, कलेजले प्रयोगात्मकमा दैनिकी रिपोर्ट बनाउन दिएको थियो । त्यो मैले पुरा गरें । स्नातक तहको पहिलो वर्ष अलि गाह्रो भयो । तर, दोस्रो र तेस्रो वर्ष सामाजिक काम गर्न साथीहरुसँग रमाइलो भयो । कलेजमा आफूलाई मन पर्ने विषयको बारेमा प्रिजेन्टेशन गर्ने, कार्यक्रमहरु आयोजना गर्ने गरिथ्यो । यस्ता कार्यक्रमहरुमा सहभागी भएर मैले आफ्नो व्यक्तित्व विकास गर्ने पाएँ ।

कलेज पढ्दा मलाई माया गर्ने, प्रेम प्रस्ताब राख्ने धेरै थिए । मेरो भने कसैसँग प्रेम बसेन । पहिलो र अन्तिम प्रेम नै मेरो श्रीमान हुनुहुन्छ । त्यो बेला मैले कसैको प्रेम प्रस्ताव स्वीकार्दिन थिएँ । अहिले नै माया गर्ने मेरो उमेर होइन, मायाको कुरा बुझ्दिन भनेर टार्ने गर्थें ।

प्लस टु पढ्दै गर्दा पढेकै कलेजमा काउन्सिलिङ् गर्ने काम गरँे । जुन एउटा सिकाइको पाटो थियो । हिमालय टेलिभिजनले समाचार वाचिकाको तालिम प्रदान गरेको थियो । मैले पनि त्यो कोर्स लिएँ । यसरी आफूलाई मन लागेका, खुसी मिल्ने र सीप विकास गर्ने थुप्रै काम गरें । तर, कलेज लाइफमा मैले जागिर गरिनँ ।

कलेज लाइफमा म सबैसँग बोल्थें । मलाई पनि सबैले राम्रो मान्थे । स्कुलदेखि अहिलेसम्म मेरा साथीहरु सिमित नै हुनुहुन्छ । कसैलाई मलाई समस्या परेमा हामी अहिले पनि एकअर्कालाई सहयोग गर्छौं ।

मैले के एण्ड के कलेजबाट लैङ्गिक अध्ययन (जेन्डर स्टडी) मा स्नातकोत्तर गरें । त्यो समयमा कलाकारिता क्षेत्रमा व्यस्त भईन्थ्यो । क्लास लिन भने गईन्थ्यो । साथीहरु पनि खासै चिनिएन । यसरी नै सरल तरिकाले नै कलेज जीवन बिताइयो ।



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।