English

विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा सुनिता दुलाल र प्रकाश सपुत नियुक्त (भिडियोसहित)



राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायिका सुनिता दुलाल र गायक प्रकाश सपूतलाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ घोषणा गरेको छ । काठमाडौं सिंहदरबारमा आयोजित एक समारोहकाबीच प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यिनलाई एक वर्षका लागि ‘सद्भावना दूत’ नियुक्त गरेका हुन् ।

गीतसंगीतका माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकाले उनीहरूलाई दूत नियुक्त गरिएको पोखरेलले बताए । सपुत बाग्लुङ र दुलाल सिन्धुपाल्चोक निवासी हुन् । सोही समारोहमा दुलाल र सपुतको स्वरमा सजिएको सन्देशमूलक गीत ‘बाढी पहिरो, हाम्लाई चिन्ता गहिरो’ समेत सार्वजनिक गरिएको थियो ।

राइज मिडिया नेटवर्क प्रा.लि.की निर्देशकसमेत रहेकी गायिका दुलालले प्राधिकरणले यस्तो महत्वपूर्ण अवसर दिएकामा खुशी व्यक्त गरिन् । गत वर्ष सिन्धुपाल्चोक र बाग्लुङमा मनसुनजन्य विपद्का कारणा ठूलो जनधनको क्षति भएको थियो । जनतालाई सुसुचित गरी यस्ता विपदका बेला जनधनको क्षती हुनबाट जाेगाउने उद्धेश्यले यस्ताे गीत तयार पारिएकाे गायिका दुलाल बताउँछिन् । ‘विपद् जोखिम न्युनीकरणका लागि हामी कलाकारहरुले विभिन्न माध्यमबाट सचेतनामुलक काम गर्दै आएका छौं,’ उनले भनिन्, ‘प्राधिकरणले सद्भावना दूत बनाएर कलाकारलाई सम्मान गरेकामा थप हौसला मिलेको छ ।’

गायक सपुतले प्राधिकरणले रचनात्मक काम गरेर पवित्र उद्देश्यमा जोडिदिएकामा खुशी व्यक्त गर्दै, गीत, सङ्गीत र सामाजिक सञ्जालका माध्यमबाट नागरिकलाई सचेत गराउन आफू पूर्ण प्रतिबद्ध रहेको बताए । उनले सरकारको दूत भएर काम गरेको यो पहिलो अनुभव भएकोसमेत सुनाए । उक्त समारोहमा प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले हालसम्म भएको विपद्जन्य घटनाको अवस्थाबारे जानकारी गराएका थिए ।

यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी पहिरोबाट बढी प्रभावित रहेको प्रवक्ता अर्यालले बताए । ‘त्यसको क्षतिको मूल्यांकन गर्ने काम भइरहेकोे छ,’ उनले भने, ‘सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाइसकेको छ ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुनिता र प्रकाशको स्वरमा तयार पारेको सचेतनामूलक गीत



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested